5.8.17

Ram Prasad Khanal Honored and Felicitated by 12 Prestigious Organizations in Nepal


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल लगायत विभिन्न १२ वटा प्रतिष्ठित सस्थाहरुले सर्जक रामप्रसाद खनाललाई सम्मान अभिनन्दन गरेका छन । विगत तीन दशकदेखि लोकगीत, दोहोरीगीत, नेपाली लोकसस्कृति, साहित्य र पत्रकारितामा स्वदेश/ विदेशमा अतुलनीय योगदान पुर्याए वापत सर्जक खनाल सम्मानित अभिनन्दित भएका हुन ।

खनाल अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डी. सी. मेट्रो कमिटीका अध्यक्ष रहनुका साथै पत्रकार पनि हुन ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सो सम्मान अभिनन्दन समारोहमा अन्य सहभागी सस्थाहरुमा डा. हर्षबहादुर बुढामगर स्मृती प्रतिष्ठान, गुन्जन, अन्तर्राष्ट्रिय कलाकार मन्च नेपाल शाखा, महिला गीतकार संघ, वनिता त्रैमासिक, नारी स्वर,
नारी साहित्य प्रतिष्ठान, महिला सन्चार समुह, गोधुली साहित्य प्रतिष्ठान र जलेरिका साहित्य सेवा रहेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङाप्रसाद उप्रेती र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले सयुक्त रुपमा समारोहको उदघाटन गर्दै संयुक्त रुपमै लोकप्रिय लोक गायक, दोहोरी गायक, साहित्यकार र कलाकार राम प्रसाद खनाललाई अभिनन्दन गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो समारोहमा कुलपति सरुभक्त, उपकुलपति शम्भुजीत बास्कोटा, अध्यक्ष लेकाली, प्राज्ञ उन्नती बोहरा शीला, सम्मानित सर्जक रामप्रसाद खनाल, अन्तर्राष्ट्रिय कलाकार मन्च नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेल, अनेसास सदस्य पुष्पा खनाललगायतले आआफ्नो मन्तब्य राख्नु भएको थियो ।

सोही समारोहमा अनेसास कोलकाताका अध्यक्ष गणेश श्रेष्ठ, अनेसास वासिङ्टन डिसि मेट्रो सिटीका उपाध्यक्ष विमला निरौला र अनेसास नेपाल नारायणी समितिका अध्यक्ष लकास पौडेललाई पनि स्वागत सम्मान गरिएको थियो ।

समारोहमा अनेसासको इतिहास कुलपति सरुभक्त र कोलकाता च्याप्टरका अध्यक्ष श्रेष्ठलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा अनेसास सल्लाहकार माया ठकुरी, गुन्जनका अध्यक्ष गीता केशरीलगायत २०० भन्दा बढी स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
तस्बीरहरु आफै यसरी समाचार बोल्छन ।