1.4.10

Some published Interview, Poem, song and Gajal of Ram Prasad Khanal


गीत, संगीत, कला र संस्कृतिलाई अन्तराष्ट्रिय रुपमा लैजाने अभियानमा छु 

– रामप्रसाद खनाल, अध्यक्ष, अन्तराष्ट्रिय कलाकार मञ्च

Published by on March 25, 2012

उनको बारेमा बताउनु पर्दा धेरै विशेषणहरु जोड्नुपर्ने हुन्छ । प्रतिष्ठित पत्रकार, लोक तथा दोहोरी गीत क्षेत्रको गायक र नायक मात्र होइन धुर्वतारा, गीत, संगीत, साहित्य लगायत हर क्षेत्रमा राम्रो खुवी र प्रतिभा भएको व्यक्ति, अमेरिकी सरकारबाट, यिनै यिनै उत्कृष्ठताका लागि Extra Ordinary Abilty भएको विशेष अन्तराष्ट्रिय व्यक्तित्वको रुपमा ग्रीनकार्ड प्राप्त व्यक्ति हुन रामप्रसाद खनाल । नेपालमा दोहोरी गीत र लोकगीतको क्षेत्रमा तहल्का मच्याएका र आफ्नो अलग्गै इतिहास रच्न सफल भएका, २० वर्ष भन्दा बढी नेपालका सक्रिय पत्रकारिता गरेका खनाल नेपाल टेलिभिजनको वोर्डको संचालक, त्यस बाहेक कार्यक्रम निर्माता, निर्देशक र संचालकको रुपमा पनि नेपाल टिभी, रेडियो नेपालमा आफ्नो अमिट छाप छोड्न सफल छन् । २०६४ सालमा माओवादी अपहरणमा परी झण्डै मारिएका थिए उनी । राष्ट्रिय अन्तराष्ट्रिय मानवाधिकारवादी संघसंस्थाहरु, संयुक्त राष्ट्रसंघ, राष्ट्रिय मानवाधिकार आयोग, पत्रकार र कलाकारहरुको पहलमा माओवादी अपहरणबाट मुक्त भए पछि अमेरिका बस्दै आएका खनाल हाल पूर्ण रुपमा स्वतन्त्र भएर कला र संस्कृतिको लागि एउटा अन्तराष्ट्रिय अभियानको नेतृत्व गर्दैछन् । उनको अध्यक्षतामा बनेको र नेपालका प्रायः सवै बरिष्ठ कलाकारहरु सम्मिलित अन्तराष्ट्रिय कलाकार मञ्च मार्फत उनी अन्तराष्ट्रिय रुपमै क्रियाशिल छन् । दर्जनौं राष्ट्रिय, अन्तराष्ट्रिय पुरस्कार, सम्मान, अभिनन्दन पाइसकेका, १४ पुस्तक र ३८ वटा गीति एल्वम, १२०० भन्दा बढी लोक, आधुनिक, राष्ट्रिय गीत गाइसकेका खनाल (हेर्नुस् विस्तृत विवरण www.RamPrasadKhanal.com  मा) अध्यक्ष रहेको अन्तराष्ट्रिय कलाकार मञ्च (हेर्नुस् www.IAFAmerica.com मा) संसारका २२ वटा देशमा विस्तार भैसकेको छ भने यसको केन्द्रिय कार्यालय अमेरिकामै रहेको छ । नेपाल बाहिर अन्तराष्ट्रिय रुपमै चर्चित www.NepalMother.com /  www.Nispakshya.com का प्रधान सम्पादक÷प्रकाशक समेत रहेका यीनै बहु प्रतिभाका धनी रामप्रसाद खनालसंग अमेरिकाबाट प्रकाशन हुने हाम्रो समाज डट नेटका प्रधान संपादक ध्रुव थापाले लिनु भएको
अन्तर्वार्ता । 
 प्रश्नः के छ तपाई अध्यक्ष रहनु भएको अन्तराष्ट्रिय कलाकार मञ्चको हालखबर ?
उत्तरः हजुर, अन्तराष्ट्रिय कलाकार मञ्च अमेरिका सहित संसारका २२ वटा देशमा विस्तार गरेका छौं । अव यसलाई अझ विस्तार गर्दै जाने, संसार भर पुर्याउने, गीत, संगीत, कला, संस्कृति र साहित्यको क्षेत्रमा मञ्च क्रियाशील भएर काम गर्ने हाम्रो लक्ष छ ।
  •  प्रश्नः नेपालमा पनि मञ्चको विस्तार भएको छ क्यारे होइन ?
उत्तरः नेपालमा, वरिष्ठ हास्य कलाकार शिवहरी पौडेलको अध्यक्षतामा नेपालका ६० जना विभिन्न क्षेत्रका सुप्रसिद्ध कलाकारहरुको संलग्नतामा नेपाल शाखा बनेको छ ।
  •  प्रश्नः प्रसिद्ध कलाकारहरु सवै समेट्नु भएको छ त ?
उत्तरः हेर्नुस अन्तराष्ट्रिय कलाकार मञ्चको वेभसाईट धधध।ष्बाबmभचष्अब।अयm तपाईले सवै कुरा जानकारी पाउन सक्नुहुन्छ । नीर शाह, कृष्ण मल्ल, राजाराम पौडेल, हरि ब. थापा, मदन दीपवीम देखि हालसम्मका सुप्रसिद्ध कलाकारहरु प्रायः सवै समेटेका छौं । हामी मञ्चमा कुनै राजनितिक आस्थाका आधारमा होइनकि कला र संस्कृतिको गहिराइका आधारमा ५६ जना पुरानादेखि नयाँसम्म सवै कलाकार समेटेर केन्द्रिय समिति बनाएका छौं । जहाँ अमेरिकी कलाकारहरु समेटेर राखेका छौं । हामी कला र संस्कृतिको लागि काम गर्ने, मरिमेट्नेहरुलाई समेट्दै अगाडी बढ्ने नीति छ ।
  • प्रश्नः अमेरिकाका विभिन्न शहरहरुमा पनि आजकल तपाई आफ्नो एकल साँझ लिएर निकै क्रियाशिल हुनु भएको देखिन्छ कसरी संभव छ सवै कुरा ? त्यो पनि अमेरिका जस्तो ठाउँमा ?
उत्तरः म गत २५÷२६ वर्ष अघि देखि गीत संगीतको क्षेत्रमा पेशागत हिसावले लागेको मान्छे । गीत, संगीत, कलाकारिता, पत्रकारिता भनेका मेरा अभिन्न अंग हुन्, म यिनी बिना बाच्न सक्तिन । अनि म अल्छी मान्छे पनि होइन । तपाईंलाई थाहा छ अमेरिकाको जीवनचर्या कस्तो छ, व्यस्तता कस्तो छ भन्ने कुरा । यद्दपी मैले अहिलेसम्म सवै कुरा म्यानेज गरिरहेको छु । एकल साँझदेखि सामुहिक कार्यक्रम सम्ममा सहभागी हुन्छु । अमेरिकाका विभिन्न शहरबाट साथीहरुले बोलाउनु हुन्छ म अतिथि कलाकारका रुपमा पुग्ने गरिरहेकोे छु, संभव भए सम्म । तर पनि व्यस्तताले गर्दा सवै ठाउँ पुग्न सकेको छैन । अमेरिका बाहिर जस्तो युरोपका थुप्रै देशबाट साथीहरुले निम्ता गरिरहनु भएको छ एकल साँझका लागि तर पनि जान सकिरहेको छैन । अव अर्को वर्षदेखि म अन्तराष्ट्रिय स्तरकै दौडहामा निस्किने योजनामा छु ।
  • प्रश्नः अमेरिकामा के के गरिरहनु भएको छ अहिले ?
उत्तरः मेरो आफ्नै विजनेस छ, यस बाहेक रियल्टरको रुपमा कार्य गरिरहेको छु । नेपाल मदर डट कम र निष्पक्ष डट कम पनि संचालन गरिरहेको छु । सांस्कृतिक कार्यक्रमहरुमा पनि सहभागी भइरहेको छु ।
  •  प्रश्नः राजनितिबाट पूर्णतया अलग हुनुभएकै हो त ?
उत्तरः हो, म नेपाली राजनीतिबाट पूर्णतया अलग भएर स्वतन्त्र रुपमा बसेको पनि ५÷६ वर्ष भयो । नेपाली राजनीति प्रति मलाई अत्यन्त घृणा छ । तपाई आफै भन्नुस त नेपाली राजनीति के सही लाइनमा छ र म त्यसलाई समाएर हिडुँ !
  • प्रश्नः तर अमेरिकामा त झन बढी नेपाली राजनीति छ नेपालीहरुबीच !
उत्तरः तपाईंले ठिक भन्नुभयो । अमेरिका आएर पनि हामी नेपाली सुध्रिन चाहेका छैनौं, यहाँ पनि कांग्रेस, एमाले, माआवादी, मधेशवादी, राजावादी दलका भातृ संगठन खोलेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा त्यही नेपालको गन्धा राजनीति गर्दैछौं, नेपाली नेपालीबीच एकता र मेलमिलाप होइन गुटबन्दीको काम भइरहेको देख्दा मुटु चिरिएर आउँछ । अझ त्यसमाथि हरेक पार्टीका भातृ संगठन भित्र पनि गुट, उपगुट देख्दा त अझ घृणा लाग्छ । हामी अमेरिकामा बस्नेले गर्ने हो भने अमेरिकी राजनीति गर्ने हो, अमेरिकाबाट केही राम्रा कुरा सिकेर नेपाल र नेपालीलाई दिने हो, सिकाउने हो, अव हुँदा हुँदा यहाँ पनि फेरि नेपालकै राजनीति हेर्नुस त हामी नेपालीको बुद्धिमा बिर्को लाग्या ! म त अचम्ममा पर्छु कहिले काहिँ ।
  •  प्रश्नः अरु के के कुराले तपाईको मन छोएको छ अमेरिकामा ?
उत्तरः अमेरिकामा नेवार जातीका ५ वटा संगठन, गुरुंग, मगर, दलित, तामांग, लामा, क्षेत्री हरेकका आआफ्नै संगठन छन्, बाहुनहरुको संगठन बाहेक । अन्य केही संस्थाहरु पनि छन् जुन पूर्ण रुपमा राजनीतिकरण गरेर बर्बाद पारेका छन् हाम्रा साथीहरुले । यस्तो किन ? यहाँ पनि धरान, चितवन, गुल्मी, धादिंग, लुम्विनी आदि क्षेत्रगत, जातीगत, भाषागत संघसंगठन छन् नेपालमा जस्तै । सवै विभाजित छन, यो कुराले मलाई निकै चिन्तित बनाउँछ । हामी सवै जातजाती, भाषाभाषी, नेपाल भित्र जहाँका भए पनि नेपाली होइनौं र ? नेपाल र नेपाली यी २ वटा शब्द भित्र हामी सवै अट्न सक्छौं । तर हामी मुर्ख नेपालीहरु अमेरिकामा बसेर पनि जातजाती, भाषाभाषी, क्षेत्रगत, जातीगत, आधारमा विभाजित छौं । नेपाली राजनीतिको फोटोकपी गरेर विभाजित छौं । पृथ्वी नारायण शाहले एकिकरण गर्नु अघिको बाइसे चौविसे मनस्थितिबाट गुज्रिरहेका छौं । यो साह्रै दुःख लाग्दो पक्ष हो । अझ हाँसो उठ्दो कुरा त अमेरिकामा बसेर केही मान्छेहरु माओवादीको पक्षमा वकालत गर्छन् । यो पो बुझि नसक्नु छ बा !
  • प्रश्नः माओवादीको निकै खैरो खन्नुहुन्छ नि नेपाल मदर डट कम, अनि निष्पक्ष डट कममा, किन त्यति कठोर हुनभएको उनीहरुप्रति ?
उत्तरः पहिलो कुरा त म राजनीतिबाट पूर्णतया सन्यास लिएको व्यक्ति । म कसैको पक्षमा वा कसैको विपक्षमा छैन । मेरा निम्ति सवै समान छन तर जहाँसम्म माओवादीको विषयमा सोध्नुहुन्छ भने म माओवादीलाई राजनीतिक पार्टी मान्दिन, यो त हात हतियारधारी, बन्दुकधारी, वाइसिएलधारी, लडाकुधारी नेपालको ठूलो अराजक समूह हो जसका कारण सत्र हजारको ज्यान गयो । नेपाल तहशनहश भयो, अझै बढी तहशनहश हुँदैछ । यिनीहरुले के चाहीँ राम्रो गरेका छन र मैले माओवादीको प्रशंशामा कलम चलाउ ? तपाई आफै भन्नुस त ?! यिनीहरु सुध्रेछन भने, राम्रो काम गर्न थालेछन् भने त्यो दिन प्रशंशा पनि गरौंला ।
  •  प्रश्नः तपाईलाई माओवादीले अपहरण गर्नुको, दुःख दिनुको कारण के थियो ?
उत्तरः अपराधीहरुको जमातलाई मैले कहिले राजनीतिक दल मानिन, राम्रो भनेर लेखिन, उनीहरुको कथित जनयुद्धको पक्षमा कलम चलाइन, त्यसैकारण उनीहरु म माथि खनिए । मलाई मार्ने सम्मको योजना थियो उनीहरुको तर मार्न सकेनन् । अपहरण गरेर वेपत्ता पारे पछि पनि इज्यतका साथ रिहा गर्न बाध्य भए राष्ट्रिय अन्तराष्ट्रिय दवाव परेपछि । माओवादीले कसरी मान्छे मार्छन, कसरी लुट्छन, कुट्छन, अपहरण गर्छन भन्ने कुरा सवैलाई थाहा भएकै कुरा हो नि । के कारण चाहिन्छ र ! यिनीहरुलाई गुणगान र पैसा भए पुग्छ ।
  • प्रश्नः राजनीतिबाट सन्यास लिए पनि एउटा सचेत नेपालीको नाताले नेपालको राजनीतिलाई अहिले कसरी हेरिहनु भएको छ ?
उत्तरः प्रजातन्त्रवादी नेपाली कांग्रेस, एमाले लगायतका दलहरुलाई अपराधी मनोवृत्तीले ग्रसित, कब्जाको रोगले थलिएको माओवादीले एकपछि अर्को गर्दै चुकाउदै, खेलाउँदै र देशलाई सोमालिया, इराक, अफगानिस्तन, हाइटी, कंगो, बुरुण्डी सियरालियोन जस्ता असफल राष्ट्र झैं बनाउँदै अगाडी बढीरहेको छ । मान्नुस या नमान्नुस अहिले नेपालमा सफल छ भने माओवादी पार्टी मात्र सफल छ । हुन त उनीहरु भित्रै पनि द्वन्द छ, ढिलो चाँडो माओवादीहरु आफूआफूमै काटाकाट र मारामार गरेको दृश्य नेपालीले देख्नु पर्ने छ । त्यो दिन पनि नेपाली जनताले दुःख पाउने हुन । जंगलमा हुँदा पनि जनतालाई सताए, संसदमा, सरकारमा आए पछि पनि जनता सताउने काम उनीहरुबाटै भइरहेको छ । एमाले, कांगे्रस अन्य दलहरु निरिह देखिन्छन् । राज्यको ढिकुटीबाट लडाकुलाई अरबौं बाडेको माओवादी हर क्षेत्रमा आफूलाई फाइदा पुर्याउने र जनता झुक्याउने काममा क्रियाशिल भएको कुरा कसैबाट छिपेको छैन । माओवादीलाई तह लगाउन कांग्रेस, एमालेबीच कार्यरत एकता साना दलहरुको साथ जरुरी छ । होइन भने लेखेर राख्नुस् माओवादीले सब आँच्चै उनीहरुले भनेझैं सत्ता कब्जा गर्ने बेला आएको छ ।
  • प्रश्नः त्यस्तो हुन सक्ला र खनालजी ?
उत्तरः किन नसक्नु, बाँकी एउटा थियो नेपाली सेना त्यहाँ पनि साढे हजार अपराधीहरु सेनाको विल्ला भिराएर माओवादीले पठाउँदै छ । प्रहरी सशस्त्र प्रहरी, कर्मचारी यन्त्र सवै उसले भाँडी सकेको छ । न्यायालय र न्यायाधीशलाई धम्क्याउँदै हत्याराहरुलाई प्रहरीका हाकिमहरुसँग अगाडी पछाडी लगाएर उल्टै सुरक्षा दिइरहेको देख्नु भएकै होला । गणेशमानजीले भने झै नेपाली जनता भेंडा जस्ता छन् जसको शक्ति उसको भक्ति गर्ने चलन छ हामी नेपालीको । त्यसैले सदनदेखि सरकारसम्म, सडक देखि सुरक्षा निकायसम्म कर्मचारी यन्त्रदेखि न्यायालयसम्म माओवादी पन हावी गराउन सफल माओवादीका अगाडी अन्य दलको उपस्थिति कमजोर देख्दछु मैले । धम्क्याई धम्क्याई लडाकु, वाइसिएल, हात हतियारका बलमा माओवादीले सत्ता कब्जा गर्ने दिन नआउला भन्न सकिन्न । यो रोक्न कांग्रेस एमालले बुद्धि पुर्याएर लागे मात्र सम्भव छ ।
  •  प्रश्नः गीत÷संगीत, एल्वम प्रकाशनमा चाहिँ के गर्दै हुनुहुन्छ नि ?
उत्तरः ३८ वटा एल्वम प्रकाशन पछि रोकएको मेरो गीतसंगीत यात्रा नेपाल नफर्कदासम्म अवरोधले घेरिएको छ । अमेरिकामा नेपाली गीत गाउन, रेकर्ड गर्न, एल्वम निकाल्न सजिलो छैन त्यसका लागि नेपालनै जानुपर्छ । योजना गर्दैछु । गीतहरु लेखेर तयार गरेको छु ३ वटा एल्वमलाई पुग्ने गरी । छिटै ३९ औं एल्वम बजारमा ल्याउने प्रयासमा छु ।
  •  प्रश्नः तपाईं अमेरिका हिडेपछि नेपालका टेलिभिजनमा छाएको लोक दोहोरी हलचल हरायो भन्छन नि दर्शकहरु ?
उत्तरः नहराउनु पर्ने हो । मैले सयौं÷हजारौंको संख्यामा नयाँ पिंढीका भाई÷बहिनीहरुलाई तयार पारेर छोडेको हुँ । अन्यतिर उनीहरुले राम्रै गरेका छन् । टेलिभिजनहरुमा किन छाउन सकेनन् कुन्नी । फेरी सधै भरी एकजनाले मात्र थाम्न खोजेर पनि हुँदैन । नयाँ प्रतिभाहरुलाई पनि मौका दिनु पर्छ । नयाँ नयाँँ प्रतिभाहरु आउन्, मैले भन्दा पनि अझ राम्रो गर्न सकुन् भन्ने मेरो चाहना छ ।
  • प्रश्नः भावी लक्ष के छ नि ?
उत्तरः अन्तराष्ट्रिय कलाकार मञ्चलाई विश्वव्यापीकरण गरेर गीत, संगीत, कला, संस्कृति, साहित्यका लागि योगदान दिने, नेपाली घृणित राजनीतिमा कहिलै नफर्किने, गर्नै परे अमेरिकी राजनीति गर्ने लक्ष छ ।
  •  प्रश्नः अन्त्यमा अन्तर्वार्ताका लागि धन्यवाद !
उत्तरः तपाईलाई विशेष धन्यवाद, तपाईको मिडिया प्रति म आभारी छु जसले मेरा विचारहरुलाई संसारभरी मेरा दर्शक, श्रोता, पाठकबीच पुर्याउने पुलको काम गर्यो । जाँदाजाँदै फेरी थप्न चाहन्छु नेपालमा होस वा विदशकमा होस नेपाली नेपाली मिलेर बाँचौं । नेपाल र नेपाली नै हाम्रा लागी काफी छ । जातजाती, भाषाभाषी, क्षेत्रगत, वर्ण, जातीयताको राजनीति बन्द गरौं । नेपालको घृणित राजनीति विदशेमा पनि ल्याउन बन्द गरौं । राजनीति नै गर्ने भए जहाँ बस्छौं त्यहिको राजनीति गरेर नेपाल र नेपालीलाई अघि बढाऊँ । कला र संस्कृतिलाई माया गरौं । यति भन्दै र फेरि पनि तपाई र तपाईको मिडियालाई धन्यवाद दिँदै म पनि विादा चाहन्छु । नेपाल र नेपालीको सधै जय होस । धन्यवाद ।

"माओवादीले मलाई अपहरण गरेर ठूलो मानवीय अपराध गरेको छ"
-रामप्रसाद खनाल
 -"अनौठो यात्रा" र http://www.dcnepal.com/ लाई दिएको अन्तर्वार्ता
 खनाल पेसाले पत्रकार र कलाकार हुन्। बहुप्रतिभाका धनी खनाल अहिले अमेरिकामा कलाकार, पत्रकार, गायक सब क्षेत्रमा ह्याटि्रक गरेकै आधारमा अतिरिक्त प्रतिभाशाली व्यक्तित्वका रुपमा (Extra Ordinary Ability EB-1) अन्तगरत ग्रीन कार्ड प्राप्त गरेर आफ्नो...
व्यक्तित्वलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्�याएर चर्चा पाउन थालेका छन्। अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष, दक्षिण एशियाली पत्रकार महासंघका महा�सचिव खनाल अब नेपालमा मात्र होइन अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका करिब २०/२५ वटा देशमा पनि आफ्नो प्रतिभालाई उजागर बनाउने तयारीमा जुटेका छन्। �म नेपाल पनि छाड्दिन, अमेरिका देखि अन्तर्राष्ट्रिय जगतसम्म पुगेर नेपालको लोक संस्कृति, दोहोरी गीतलाई अन्तर्राष्ट्रियकरण पनि गर्दैछु� भन्ने खनाल निष्पक्ष राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक, नेपाल स्काउटका केन्द्रीय प्रेस तथा संस्कृति सल्लाहकार, रेडियो नेपालको विशिष्ट श्रेणीको लोक दोहोरी गायक, लुम्बिनी संगीत, कला तथा साहित्य समाजको महा�सचिव, राष्ट्रिय स्वर परीक्षा तथा स्क्रीन टेष्ट प्रतिष्ठानका प्रबन्ध निर्देशक, नेपाल प्रेस इन्स्टिच्यूटका प्रशिक्षक, रेडियो
लुम्बिनीका संस्थापक सदस्य, ईण्टरनेशनल मिडिया हाउसका अध्यक्ष पनि रहेका छन्।
विभिन्न १३ पुस्तक लेखि सकेका खनालका हालसम्म ३८ वटा गीति क्यासेट, सि.डी. भि.सी.डी. र करिब ६ सय भन्दा बढी लोकगीत, दोहोरी गीत, आधुनिक र राष्ट्रिय गीत समेत प्रकाशित भैसकेका छन्।
नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता, निर्देशक एवं सञ्चालकका रुपमा बसेर आफ्नो प्रतिभाको कमाल देखाएका रामप्रसाद खनाल पूर्व मेचि देखि पश्चिम महाकालीसम्म मात्र होइन अन्तर्राष्ट्रिय जगतसम्म पुगेर लोकगीत र दोहोरी गीतको माध्यमबाट नेपाल र नेपालीको शीर उचो बनाए। सायद त्यसैले होला अमेरिकाबाट उनलाई �वर्ष पुरुष २००४�को अनतर्राष्ट्रिय पुरस्कार समेत प्राप्त भयो।
नेपालको २/२ वटा राष्ट्रिय पुरस्कार प्रख्यात त्रिशक्ति पट्ट र गो.द.बा. सहित दर्जनौ सम्मान, पुरस्कार, अभिनन्दन पाएका खनालको अनुपस्थितीले लोक दोहोरी कार्यक्रम मात्र होइन, सिङ्गो नेपाल टि.भी. दर्शकले खल्लो महशुस गर्न थालेका छन्। वी.वी.सी. देखि रेडियो नेपाल, नेपाल टि.भी., छापा पत्रकारिता हर क्षेत्रको अनुभव संगाली सकेका खनाल समाजशास्त्रमा स्नातकोत्तर उत्तिर्ण छन्। उनीसँग लिइएको अन्तर्वार्ता तल प्रस्तुत गरिएको छ


० गीत संगीतको क्षेत्रमा यहाँको प्रवेश र विकासक्रम नि?
म जान्ने भए देखि (सानै देखि) लोकगीत, दोहोरी गीत, आधुनिक गीत, भजन किर्तन (धार्मिक गीत) गाउँदै आएको छु। तर औपचारिक रुपमा मैले २०४५ सालमा स्वर परीक्षा पास गरी घ, ग, ख, क हुँदै हाल विशिष्ट श्रेणीको गायकको रुपमा सरकारद्वारा सुचिकृत र मान्यता प्राप्त छु।

० 'लोक दोहोरी' को क्षेत्रबारे केही बताइदिनु हुन्छ कि?
लोक दोहोरी छाँयामा पर्न लागेको अवस्थामा २०५७ सालमा मैले ठूलो आँट र संघर्ष गर्दै नेपाल टेलिभिजनबाट शुरु गरेँ, मेरो त्यो अभियानसँगै अहिले नेपाल दोहोरीमय भएको छ। तपाई जहाँ जुन कार्यक्रममा जानुहोस त्यहाँ लोक दोहोरी सुन्न र देख्न पाउनुहुन्छ। मैले यो अभियान शुरु गर्दा नेपालमा १२ जना मात्र देखिएका दोहोरी गायक/गायिका रहेकोमा हाल दशौं हजार पुगेको छ। राम्रो विकास भएको छ, दोहोरी साँझ प्रशस्तै खुलेका छन, कलाकारहरु रोजगार प्राप्त छन्। खुबी हुनेहरु तानातान भइरहेका छन, काठमाडौ मात्र होइन काठमाडौ बाहिर र नेपाल बाहिर विदेशमा पनि दोहोरी साँझ खुल्ने क्रम बढ्दो छ। हिन्दी, छाडा, अंग्रेजी र पप विस्थापित हुँदैछन, यो राष्ट्रकै लागि समग्रमा खुशीको कुरा हो। तर चिन्ताको कुरा यस क्षेत्रमा विकृतिहरु पनि शुरु भएका छन्।

० लोक दोहोरीको माध्यमबाट नेपालले अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गर्न सक्ला त?
किन नसक्नु? अहिले नै हेर्नुस विदेशी पर्यटक नेपाल आएर दोहोरीमा रमाउन थालेका छन्। मैले २४ देश भ्रमण गरिसकेको छु। जहाँ जाँदा पनि नेपालीहरुबीच मात्र होइन विदेशीहरुकाबीच पनि दोहोरी लोकप्रिय छ। गीतमै तुरुन्ता तुरुन्तै सवाल जवाफ गरेको सुन्दा विदेशीहरु तिनछक पर्छन, यस्तो कला संसारमै नगण्यरुपमा पाइन्छ, भारतमा कवाली भनिन्छ, त्यो अलिकति मात्र हाम्रो मिल्छ यससँग अरु देशमा त यो सोंच्न पनि सक्तैनन्। यसले गर्दा यो हाम्रो देशको पहिचान र प्रतिष्ठा पनि बनेको छ।

० यस क्षेत्रमा राज्यको भूमिका कस्तो छ नि?
आँखा भएका र वास्तविक हेर्न सक्ने भित्री दृष्टि नभएका, सुन्ने तर वास्तविकता नसुन्नेहरुको सरकारमा सधै हाली मुहाली हुन्छ त्यस कारण यस लोक दोहोरीको क्षेत्रमा राज्यको भूमिका अत्यन्त गौण छ। उपेक्षित छ। वास्तविक आँखा देख्ने र काम सुन्ने, बुझ्ने क्षमता भएकाहरु सरकारमा गए भने त्यो दिन हेरौंला।

० तपाईले यो क्षेत्रमा उल्लेखनीय योगदान पुर्�याउनु भयो, के कस्ता सम्मान पाउनुभयो कुन्नी?
मैले अमेरिकाबाट लोक दोहोरी तथा पत्रकारिता र समग्र कलाकारिताको क्षेत्रमा पुर्�याएको योगदान वापत ुःबल या तजभ थभबच(द्दण्ण्द्धु (वर्ष पुरुष �२००४) को सम्मान र पुरस्कार पाएँ। यस बाहेक राष्ट्रप्रमुखका हैसियतले २०६० र २०६१ मा राजाबाट प्रवल गोरखा दक्षिण बाहु र प्रख्यात त्रिशक्तिपट्ट नामक राष्ट्रिय पुरस्कार प्राप्त गरे। यस बाहेक संयुक्त राष्ट्रसंघ (ग्ल्०, युनिसेफ, विश्व स्वास्थ्य संगठन , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रेडियो नेपाल, नेपाल टेलिभिजन लगायतका विभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रिय देखि स्थानीय तहसम्मका प्रतिष्ठित निकायहरुबाट सम्मान, पुरस्कार, अभिनन्दन, प्रशंसापत्र, पदक समेत प्राप्त गरेको छु। हालसम्म करिब २ सय भन्दा बढी त्यस्ता सम्मान पाइसकेको छु।

० पत्रकारिताका क्षेत्रमा लागेको कति भयो, कहाँ कहाँ काम गर्नुभयो?
मैले पत्रकारिता शुरु गरेको २ दशक भयो। यस बीचमा मैले १५ वर्ष देखि नियमित रुपमा आफ्नै निष्पक्ष राष्ट्रिय साप्ताहिक सम्पादन/प्रकाशन गरि आएको छु। वी.वी.सी. वर्ल्ड सर्भिस देखि रेडियो नेपाल, नेपाल टेलिभिजन र अन्य राष्ट्रि सञ्चार माध्यममा काम गरिसकेको छु। नेपाल टेलिभिजनमा त कार्यक्रम सञ्चालक देखि बोर्ड डाइरेक्टर सम्मको पदमा बसेर काम गरें।

० हालसम्म के कति गीत गाउनु भयो? एल्बमहरु निकाल्नु भयो?
आजसम्मैले 12 सय भन्दा बढी लोकगीत, दोहोरी गीत, आधुनिक गीत, लेखेको छु, संगीत गरेको छु र गाएको छु। मेरा ३८ वटा क्यासेट, सि.डी. र भी.सी.डी.हरु प्रकाशित भैसकेका छन्।

० पुस्तकहरु पनि प्रकाशन गर्नु भएको छ क्यारे होइन?
हजुर, हालसम्म 14 वटा गीति पुस्तक र अन्य २ पुस्तक गरि १३ वटा कृति प्रकाशित भैसकेका छन्।

० भविष्यको लक्ष्य?
एउटा आफ्नै अलग्गै टेलिभिजन स्टेशनको स्थापना गर्नु र त्यसलाई राष्ट्र, जनता, लोक संस्कृति सबै राष्ट्रिय स्वार्थमा प्रसारण गर्नु मेरो प्रमुख लक्ष्य हो भने समाजसेवा, गीत संगीत क्षेत्रको सम्वर्द्धन, लोक संस्कृतिको प्रचार प्रसार गरि नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्�याउन मद्दत गनुर्् मेरो अर्को लक्ष्य हो।


० देशको वर्तमान राजनीतिक परिस्थितिलाई कसरी हेर्नुहुन्छ?
मैले करिब १९�२० वर्षजति गीत संगीत, पत्रकारितासँगै राजनीतिको क्षेत्रमा पनि सक्रिय भएर काम गरें तर राजनीति गर्नु मलाई ठिक लागेन, मैले राजनीतिबाट सन्यास लिइसकेको छु। तर राजनीति गर्नेहरुलाई राष्ट्र र जनताको स्वार्थका लागि राजनीति गर्नुपर्छ भनेर सल्लाह दिन चाहन्छु, अहिलेको जस्तो अप्राकृतिक राजनीतिसँग मेरो कसरी सानिध्यता हुन सक्छ र! राजा देखि नेताहरुसम्म, काँग्रेस, एमाले देखि माओवादीसम्म कसैसँग पनि म सन्तुष्ट हुन सकिन त्यसैले राजनीतिबाट सन्यास लिएको हुँ। अब उप्रान्त रामप्रसाद खनाल विशुद्ध गायक, कलाकार, पत्रकार मात्र भएर बाँच्ने छ, कसैप्रति निकटता झुकाव हुने छैन, सबैलाई हेर्ने दृष्टिकोण र व्यवहार समान हुनेछ।

० यहाँ त अमेरिकी सरकारद्वारा �अतिरिक्त क्षमतावान व्यक्ति, प्रतिभा� को रुपमा ग्रीन कार्ड प्राप्त गरेर अमेरिका हुनुहुन्छ रे! सत्य हो?
हजुर सत्य हो। मलाई अमेरिकी सरकारले लोकगीत दोहोरी गीत क्षेत्रको उत्कृष्ठ गायक र पत्रकारका रुपमा उच्च मुल्यांकन गरेछ। यसैले मलाई Extraordinary ability (EB-1) Category अन्तरगत ग्रीन कार्ड प्रदान गरेको छ। म अब अमेरिकामै बसेर पनि लोकगीत, दोहोरी गीत र पत्रकारिताका माध्यमबाट नेपाललाई सधै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाइरहनेछु। म अमेरिका पनि बस्छु, नेपाल पनि आते जाते गर्छु। देशको तरल अवस्था स्थिर भयो भने म नेपाल छाड्ने पक्षमा छैन, म जहाँ जुन रुपमा रहे पनि नेपाल र नेपालीकै लागि कार्यरत रहनेछु। तर अमेरिका पनि अब मेरो अर्को कर्मभूमि भएको छ। म यस बाहेक अन्य अन्तर्राष्ट्रिय जगतसम्म पुगिरहने छु नेपालीत्वको भावना बोकेर।

० अमेरिकी ग्रीन कार्ड प्राप्त भए पछिको क्षण?
अमेरिका जस्तो विश्वको एक नम्बरमा पर्ने देशले गरीब देशमा जन्मिएको, सानो र अभावै अभावले खड्किएको देश नेपालमा जन्मिएको म जस्तो एउटा कलाकार/पत्रकारलाई उचो मूल्यांकन गरेर (Permanent Resident Card) अर्थात संसारका अतिरिक्त प्रतिभावान/क्षमतावान व्यक्तिको दर्जामा राखेर यसरी स�सम्मान, सपरिवार ग्रीन कार्ड ९एभच्कबलभलत च्भकष्मभलत ऋबचम० दिनु एकातिर असाध्यै मेरा लागि खुसी र गौरवको कुरा हो भने अर्को पाटोबाट हेर्दा मेरो सुन्दर, स्वर्गरुपी देशबाट म अलग बसेर कार्य गर्नुपर्ने भयो, म जस्ता केही खुबी हुने, गरिखान सक्नेहरु यसरी विदेशतिर आकर्षण हुनु पर्ने अवस्था आयो भने पछि मेरो मातृभूमिको यथार्थता के रहेछ? कस्तो देश कस्तो भएछ? यसै गरेर क्षमता भएका व्यक्तिहरु विदेशतिर बस्न थाले भने देश कतातिर जाला? यी र यस्ता प्रश्न र तिनका संभावित उत्तरहरुले म दुखी पनि छु।
अमेरिकी डि.भी. चिठ्ठा परेर जाने दाजु भाई दिदी बहिनीहरु मात्र सजिलोसँग त्यहाँ पुग्छन, तर अरु मापदण्ड पूरा गरेर अमेरिकी ग्रीनकार्ड पाउनु त्यहाँ निकै अप्ठ्यारो छ, मान्छेहरु ग्रीनकार्ड प्राप्त गर्नका लागि आमाबाबु, श्रीमती, श्रीमान, छोरा छोरी सबथोक त्योगर १५/२० वर्ष देखि लाखौं लाख खर्चेर लागि परिरहेका देखिन्छन तर सफल कम मात्रै हुन्छन्।
त्यसमा पनि मैले ग्रीनकार्ड प्राप्त गरेको दर्जा अन्तर्गत ग्रीनकार्ड पाउने नेपालीहरु त अत्यन्त नगण्य औलामा गन्न सकिने मात्र छन्। मलाई जानकारी भएसम्म, मैले पाएको जानकारी सूचना गलत छैन भने लोक गायक प्रेमराजा महत पहिलो नेपाली कलाकार हुन, जसले भ्द्य(ज्ञ अन्तर्गत ग्रीन कार्ड प्राप्त गरे। त्यसपछि नायक सरोज खनाल, नायिकाहरु करिश्मा मानन्धर, पूजा चन्द, कृष्टि मैनाली, सारङ्गा श्रेष्ठ हुँदै म आफु सम्म छु। मलाई प्राप्त जानकारी अनुसार हालसम्म हामी कलाकारहरु/गायक/गायिका गरेर १७ जनाले यो उच्च दर्जामा ग्रीन कार्ड प्राप्त गरेका छौ र अझ केही कलाकारहरु प्रोसेसमा छन्।
देश शान्त हुनछ भने, देशमा सुरक्षा हुन्छ भने, केही गरेर खाने पौरखी हातहरु बाँधीदैनन् भने, हत्या, आतंक, अपहरण, चन्दा, लुटपाटको अन्त्य हुन्छ भने म मात्रै होइन। मेरा सहकर्मी सबै कलाकार होउन वा पत्रकार जो केाही पनि नेपाल फर्किने मनस्थितीमा रहेको मैले बुझेको छु तर देश झन पछि झन अस्थिर हुँदै गइरहेको अबस्थामा विकल्प खोज्नै पर्ने रहेछ, यो बाध्यता हो जस्तो लाग्छ मलाई। म त दोहोर्�याएरै भन्छु� देशको तरल राजनीतिक अवस्था स्थिर होस, अपराधीहरुको राज नहोस, म तुरुन्त देश फर्किन र देशमा केही गर्न आत्तुर छु।

० अरु केही थप कुरा भन्न चाहनुहुन्छ कि?
�जननी जन्मभूमिश्च, स्वर्गादपी गरियसी�
हामी जहाँ सुकै रहौ जे सुकै गरौं, आफ्नो मातृभूमि सबैलाई प्यारो हुन्छ, प्यारो लाग्नु पर्छ। मैले संसारका २४/२५ देश घुम्ने क्रममा जहाँ जहाँ पुगेँ, नेपालीहरुलाई भेटे, एकादुई प्रतिशत छाडेर प्रायः राष्ट्रप्रति चिन्तित रहेको पाएँ। अमेरिका होस, स्वीजरल्याण्ड होस वा संसारको जुनसुकै आकर्षक देशमा रहेका भए पनि नेपालीलाई नेपालको माया हुनछ।
अमेरिकाको कुरा गर्दा मलाई यत्ति भन्न मन लाग्छ यदि स्वर्ग भन्ने छ भने अमेरिका स्वर्ग हो, त्यहाँको हरियाली, वातावरण, विकास त्यहाँका मान्छे हर क्षेत्रको वैज्ञानिक सिष्टम, सर�सफाई लगायत जुन कुरा हेरे पनि हाम्रा धार्मिक पुराणमा व्याख्या गरिएको स्वर्ग मैले त्यहाँ देख्छु तर त्यो स्वर्ग भन्दा पनि हामी जन्मेका नेपाल जत्तिसुकै अस्तव्यस्त भए पनि, हर क्षेत्रमा सिष्टम कोल्याप्स भए पनि, फोहोरका डङ्गुर देखि मानछेका दिमाग पनि फोहोरका डङ्गुर भन्दा बढी देखिए पनि हामीलाई हाम्रै मातृभूमि मन पर्छ, प्यारो लाग्छ।
बन्द र हड्ताल, स्वास्नी पोईल गए पनि चक्काजाम, दिनहुँ नानाथरीका नारा जुलुस, तोडफोड, उद्योग व्यापार टाट उल्टिएको अवस्था, अपहरण, चन्दा, हत्या, असुरक्षाको कहाली लाग्दो अवस्था दण्डहिनताले अपराधीहरु नै न्यायाधीश बन्न खोज्ने परिस्थिति, जसलाई जे मन लाग्यो त्यही गरिएको अवस्था, राजा देखि नेताहरुसम्म पूर्णतया देश सञ्चालनमा असफल रहेको अवस्था, जनता निरीह बनेको र तिनै जनताका नाममा मनपरी तन्त्र, संसारमा कहीं कतै नभएको राजनीतिक हाँडी जात्रा भैरहेको दृश्य, प्रजातन्त्रका नाममा त्यसको दुरुपयोग गर्दै राष्ट्र विखण्डनको आँगनमा पुगेको अवस्था यी सबै देख्दा हामीलाई हाम्रो मातृभूमि प्रति जतिसुकै माया भए पनि अब यसलाई असफल राष्ट्र हुन, हाईटी, कङ्गो, बुरुण्डी, सियरालियोन हुँदै अन्त्यमा सोमालिया हुनबाट कसले पो बचाउन सक्छ र! जस्तो आभाष हुन थालेको छ। राष्ट्रका हर्ताकर्ता राजा देखि नेतासम्म सबैको क्षमता हेरेपछि मलाई यस्तो आभाष हुन थालेको हो यदि मेरो बुझाई गलत छैन भने।
एउटा तानाशाहीको अन्त्य भयो भन्दै अर्को तानाशाही लाद्दै जनताको अधिकार नेताहरु आफैले अपहरण गरिरहेका दिनहुँका दृष्य देख्दा मैले आशा राख्ने ठाउँ देखिन। असफल राष्टहरुको इतिहास देखि वर्तमानसम्म अध्ययन गरें, केही असफल राष्ट्रको भ्रमण समेत गरें, वस्तुगत अवस्था बुझें, त्यसपछि त झन मलाई आफ्नो प्यारो मातृभूमि झन पछि झन असफल बन्दै गइरहेको र अझ विकराल रुप आउने लक्षणहरु मेरो मानसपटलमा झल्झल्ती आइरहन थालेका छन्। नेपाल पनि सोमालिया हुने खतरनाक दृष्य देख्न थालेको छु मैले। किनकी पहिलो कुरा अभिभावकत्व। भनिन्छ देश रहनका लागि, सफल ढङ्गले सञ्चालन हुनका लागि राम्रो अभिभावकत्व चाहिन्छ, हाम्रो देश र अभिभावक विहिन छ, यी वर्तमान अभिभावकहरु असफल, स्वार्थी, देश र जनताको हित विपरीतका अभिभावक सावित भए।
दोश्रो कुरा, धर्म। विश्वमा एउटा हिन्दु राष्ट्र थियो, त्यो पनि सकियो, हिन्दु धर्मले कसैको केही बिगार गरिदिएको थियो जस्तो मलाई लाग्दैन, केही त्यसमा कमी कमजोरी थिए भने सच्याउँदै लैजान सकिन्थ्यो अब त्यो जरैबाट उखेलियो। तेश्रो कुरा, हाम्रो नेपाली संस्कृति र परम्परा। अहिले पश्चिमा छाडा संस्कृतिले हाम्रो नेपाली संस्कृति र परम्पराको धज्जी उडाउँदै, बलात्कार गर्दै गर्दा हामी दङ्ग छौ। हरेक राष्ट्रको आफ्नै मौलिकता हुन्छ, संस्कृति र परम्परा हुन्छ अब त्यसको पनि चिरहरण भैसकेको आभाष हुन्छ।
चौथो कुरा, वैदेशिक चलखेल र हस्तक्षेप। अहिले हेर्नोस नेपालको हर क्षेत्रमा वैदेशिक निकृष्ट चलखेल र हस्तक्षेपछ। हाम्रा प्रधानमन्त्री, मन्त्री, दलका नेता सबैको घुमाउने घुम्ने साँचो विदेशीहरुको हातमा छ। विदेशीले लेफ्ट राईट गराउँदा लेफ्ट राइट गर्छन हाम्रा महाशयहरु।
पाँचौ कुरा, फोहोरी राजनीतिक खेल। अहिले सबै दलको राजनीति हेरौं, कसैलाई राष्ट्र र जनता प्रति माया भए जस्तो देखिदैन। लोकतन्त्र, प्रजातन्त्रका नाममा जनताका अधिकारहरु चिरहरण गर्दै आफुखुसी गर्ने अधिनायकवादी चरित्र भएका नेताहरु आफ्नो पार्टीगत, व्यक्तिगत स्वार्थ, कुर्सीको खेलमा मात्र मग्न देखिन्छन। यी र यस्ता कुरा हेर्दा, विश्लेषण गर्दा राष्ट्र नराम्ररी बिरामी परेको देखिन्छ। तर कुशल डाक्टर र औषधीको अहिलेसम्म मैले कुनै अत्तोपत्तो देखेको छैन। आशा शिवाय हामी गर्न के नै सक्छौं र! आशा गरौ निस्वार्थी नेता जन्मियोस, राष्ट्र र जनताको चित्कार सुन्ने अवस्था सिर्जना होस। राष्ट्रले प्राण पाओस।

० माओबादीले तपाईलाई कसरी अपहरण गरयो, बताइदिन सक्नुहुन्छ?
म ०६४ भाद्र २२ गते मेरो आमा सहितको परिवार भेटेर रुपन्देही रामापुर स्थित घरबाट काठमाण्डौ घर फर्किने क्रममा भैरहवा बिमानस्थल तर्फ जादै थिए। मेरो मित्र बुटवल मिलनचोक निबासी नबराज कुंवर वहाको आफ्नै निजी मोटरमा मलाई एयरपोर्ट पु्याउन जादै हुनुहुन्थ्यो। हामी दुईजना जादै गर्दा बिमानस्थल देखि १ कि.मी.वर शिशौ रुखहरु भएको एकान्त स्थलमा पुग्दा मोटर साईकल सवार माओबादी भातृ संगठन वाई.सी.एल.का आठ दश जनाले हाम्रो मोटर रोके। धम्कीपूर्ण शैलीमा तै होईनस् रामप्रसाद खनाल भन्दै गाडीबाट ओरालीयो। मलाई त्यहाबाट ओराले पछी हामी माओबादी हौं, तलाई जन कारबाही गर्ने हो भन्दै जवरजस्ती मेरो मोवाईल फोन समेत खोस्दै उनीहरुकै गाडीमा हालीयो। गाडीमा राखेर आखामा कालो पट्टी बाधेर अब तेरो खैरियत छैन भन्दै त्यहाबाट बेजोडले गाडी कुदाए उनीहरुले। चालक बाहेकका ४ जनाले मलाई गाडी भित्रै बिचमा च्यापेर अज्ञात स्थल तर्फ लगे भने म संगै गएका साथी कुंवरलाई वहाकै गाडीमा अज्ञात स्थलमा लागी ३ घण्टा मानसिक यातना दिएर रामप्रसाद खनाललाई अपहरण गरेको कुरा बाहिर सार्वजनिक गर्न नपाईने, गरे भौतिक कार्बाही हुने धम्की दिंदै छाडिएको रहेछ। वहा मुक्त भएपछि वहाँबाटै अपहरणको कुरा बाहिर आए पछि मिडियाहरुबाट अपहरणको समाचार प्रकाशमा आएको हो। समाचार प्रकाशमा आएपछि पनि पत्रकारहरुले माओबादी र वाई.सी.एल. रुपन्देहीका नेताहरुलाई अपहरण सम्बन्धि जानकारी माग्दा होईन भनि ढाटेको तर राती बाध्य भएर सूचनाका आधारमा भन्दै १२ बिभिन्न तथ्यहिन, भ्रामक आरोपहरु लगाउदै अपहरण गरेको र सुरक्षित रहेको प्रेस बिज्ञप्ती उनीहरुबाट आएको हो।

० यस पछि के के गरियो?
अपहरण पछि कालो पट्टी बाधेर गाडीमा हाली अज्ञात स्थल लगे पछि उनीहरुले चरण चरणमा बयान लिने नाममा चरम मानसिक र शारिरीक यातना समेत दिए। त राजाको मान्छे होस्, अमेरिका र दरवारले तलाई हाम्रो बिरुद्ध र राजाको संगठन गर्न पठाएका हुन भन्दै ज्ञानेन्द्र र पारसलाई कति चेलीबेटी सप्लाई गरिस्? माओबादीका नाममा भैरहवा मेडिकलबाट २३ लाख रुपैया उठाएर हिमालयन बैङ्कको तेरो खातामा किन राखिस्? यी र यस्ता अत्यन्त कपोलकल्पित आश्चर्य चकित हुने अनाबश्यक प्रश्न सोध्ने र भ्रामक कुरा गरेर मलाई मानसिक यातना दिए। पहिलो दिन, दोश्रो दिन यी र यस्ता अत्यन्त गैर जिम्मेवार प्रश्न सोध्ने, आरोप लगाउन,े मानसिक यातना दिने काम जारी राखे। दोश्रो दिन आफुलाई वाइ.सी.यलका केन्द्रीय सदस्यहरु हांै भन्ने २ जनाले साँझ ७ः३० बजे ती काल्पनिक र झुठ आरोपहरु स्वीकार गर्न, स्वीकार गरेर हस्ताक्षर गर्न दवाब दिंदै दुर्व्यवहार समेत गरे। �यी आरोपहरु ठिक हुन् म दोशी छु भन् होईन भने भोली बिहान उज्यालो भएको देख्न पाउदैनस्। तेरो लास पनि गायब पार्छौ� भन्न थाले ति अराजकहरुले। मैले यी काल्पनिक,झुठा हुन् , मैले गल्ती वा कुनै किसिमको अपराध गरेको छैन, यदी तिमीहरुले लगायका १२ आरोप मध्ये एउटा मात्रै पनि प्रमाणित भएमा म फ145ासी चढ्न तयार छु भन्दै प्रतिबाद गरिरहंे यसै गरी मानसिक र शारिरीक यातनाका श्रृङ्खलाहरु संगै तेश्रो दिन अपरान्ह ३ बजे म मुक्त भएँ।

० अपहरण पश्चात खाना, बस्न र उनीहरुको व्यवहार कस्तो थियो?अपहरित अबस्थामा मलाई सामान्य किसिमको खाना र बस्ने ब्यबस्था थियो। तर खाजा, रेडियो, टिभी,पत्रपत्रिकाबाट म टाढा बनाईए145। ३ दिन सम्म उनीहरुका मार्चपास, अभ्यासहरु संगै धाक धम्की सुन्न पनि म बाध्य पारिएं। ३ दिनको बिचमा २/३जना अत्यन्त राम्रो बोली ब्यबहार भएका माओबादी नेताहरु र ४/५जना कार्यकर्ताहरुले पनि मलाई भेटे भनंे अरु मलाई भेट्ने अधिकांश ब्यक्ति अत्यन्त क्रूर, जंगली स्वभावका थिए।

० तपाईलाई अपहरण पश्चात कहाँ राखिएको रहेछ, कस्तो थियो त्यहाँ?
म अपहरण मुक्त हुने बेला मात्र थाहा पाए मलाई राखिएको अज्ञात स्थल रुपन्देहीको जिल्लाको मधवलियाबाट २ कि.मी. भित्र रहेको लक्ष्मी बनस्पती घ््युू उद्योग लि. रहेछ। मलाई एउटा कोठामा झया्ल ढोका थुनेर राखिएको थियो। म संग एक माओबादीको नेता हु भन्ने ब्यक्तिले त्यहि बेलामा भने �तपाईंलाई त यो केहो र हामीले अरु ३०/४० जनालाई यहि राखेका छांै। यातना तपाईले भन्दा धेरै पाएका छन् भने भोक भोकै छन् उनीहरु� उनको त्यो धम्की थियो वा वास्तबिकता मलाई थाहा भएन तर चिच्याउने कराउने आबाजहरु सुनें। कलिला केटा केटी देखि ठुला सम्म कम्ब्याट र सिभिल ड्रेसमा त्यहा यता उता अभ्यास, मार्चपाश, खेलकुदमा ब्यस्त भएको मैले देख्न पाएँ।

० अरु के के भयो त?
अपहरणको तेश्रो दिन मलाई भने �हामीले लेख्छा,ैं रेकर्ड गर्छौं, तपाईँले बयान दिनोस्। हाम्रा आरोप स्वीकार गर्नुस नत्र तपाईलाई झन अप्ठ्यारो हुनेछ।� यो सुने पछि मैले भने, म पत्रकार मान्छे आफै लेख्छु, कापी कलम दिनोस् भने उनीहरुले कापी कलम दिए, मैले मौखिक मात्र होइन लिखित् रुपमा पनि माओबादीले लगाएका मिथ्या र झुठा ती १२ आरोपहरुको ठाडै खण्डन गरी लेखेरै उनीहरुलाई दिए। उनीहरुले त्यो देखेर यति रिसाएकी उनीहरुले मलाई मार्दा अप्ठ्यारो पर्ने भएकोले मात्र म जिबित रहे। �कमसेकम राजाबादी त हु भन् भन्दै थिए मैले लेखेरै दिए� २०४७ को संविधानले मानेको संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र मैले पनि मानेको हु। राजाको शासन काल भनिए बमोजिम सबैलाई समेटेर राम्रो सँग चल्न सकेन त्यसमा हामीलाई पनि दुख छ, भोलिको हकमा नेपाली जनताले गर्ने निर्णय हामीलाई पनि मान्य हुनेछ। म आरोप लगाईए जस्तो एक नम्बर पेशेवर दरबारीया राजाबादी ईत्यादी होईन म त एउटा जिम्मेवार पत्रकार र कलाकार हुँ�।
त्यस पछि उनीहरु नरम भएर भन्न थाले �सरी खनालजी बुझ्ने क्रममा तपाईलाई ल्याइएको हो। केही पाइएन छाड्दैछौं तर तपाईंले यहा भएका सबै कुरा बाहिर नलैजानुहोला, तपाईलाईनै खतरा हुन सक्छ। � उनीहरुले नरम बोलीमा मेरो ज्यान लिने धम्की दिंदै थिए र यदि सार्वजनिक गरे फेरि पनि तपार्इंलाई बोलाईने छ � जस्ता धम्की जारी राख्दै थिए।

० शान्ति प्रक्रियामा आएको, सरकारसंग बृहत शान्ति सम्झौता र २५ बुदे आचार संहिताको सम्झौता समेत गरेको, सदन र सरकारमा पनि सम्मिलित नेकपा माओबादी र उसको भातृ संगठन वाई.सी.एल.को यो अपहरण उनीहरुले गरेका अमानबिय कार्य धाक धम्की र यातना उपर के भन्नुहुन्छ?
म निकै चिन्तित भएँ उनीहरुको भय र त्रास कायम छ। उनीहरुले मलाई उक्त घटना सार्वजनिक गरे भौतिक कार्बाही गर्ने धम्की दिंदा दिंदै पनि उनीहरुको ज्यादतीको बिरोध र सार्वजनिक गर्ने काम गरें। मानब अधिकार, प्रेस स्वतन्त्रता, न्यायको सिद्धान्त बिपरित म माथि ज्यादती गर्ने माओबादी र उसको भातृ संगठनका आगामी दिनमा हुन सक्ने संभाबित आक्रमण अपहरण वा कुनै अप्रिय कार्य प्रति सजक बनाईदिन र म जस्तै अर्को कुनै निर्दोषले यातना नपाउने कुरामा ग्यारेण्टी गर्न दबाब सिर्जनाका लागि सम्बद्ध सबै मानबअधिकारबादी संघ,संस्था ब्यक्ति सबैमा म हार्दिक अनुरोध गर्दछु भन्दै अपहरणबाट मुक्त भएपछि अनमीन, संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तको कार्यालय, राष्ट्रिय मानवाधिकार आयोग, इन्सेक, एम्नेष्टी लगायत क्रियाशिल मानवाधिकारसँग सम्बन्धित संघ संस्थालाई लिखित रुपमा अपहरण र ज्यादतीको विवरण पठाएको छु।

० अपहरण मुक्त पछि जनतासँग केही भन्नु छ?
 जिन्दगीमा केही गर्नु पर्छ भनेर सधै संघर्ष गरिरहेको म जस्तो एउटा गरि खाने उत्साहीलाई नेकपा माओवादी र उसको भातृ संगठन वाई.सि.एल. ले अपहरण गरेर ठूलो मानवीय अपराध गरेको छ। २/४ जना ठेउकेहरुको बतासे सूचनाका आधारमा भनी काल्पनिक झुठ्ठा आरोप लगाएर मेरो मानमर्दन गर्न खोज्नु मानवीय अपराध होइन र?
मैले आज सम्म आरोपमा भनिए जस्तो कुनै किसिमको अपराध गरेको पनि छैन र गर्ने पनि छैन। यदि गरेको प्रमाणित हुन्छ भने म फेरि पनि भन्छु खुल्ला मञ्चमा फाँसीमा झुण्डिन तयार छु। देशको कानून बमोजिम जस्तोसुकै सजायँ भोग्न सदा सदा तयार छु भनी प्रमाणित गर्न चुनौती दिन्छु।
मेरो अपहरण पश्चात शालिन र जिम्मेवार ढङ्गले प्रस्तुत भएका केही माओवादी नेता तथा कार्यकर्तालाई धन्यवाद पनि दिइसकेको छु। मसँग अपहरण पश्चात केही माओवादी जिम्मेवार नेता तथा कार्यकर्ताले भेटेरै होस वा फोनमा होस �गल्ती भयो हाम्रा साथीहरुबाट, कृपया अन्यथा नमानी दिनु होला, हामीलाई पनि तपाईको अपहरण प्रति खेद छ� भनेर माफी मागे। केही यस्ता जनावर भन्दा पनि तल्लो दर्जामा राख्न मिल्ने माओवादी नेता कार्यकर्ता भेटें उनीहरु कहिले मान्छु हुन सक्दैनन्, उनीहरुको कारण माओवादीलाई ठूलो घाटा पुग्छ हेर्दै जानुहोला भन्दिएको छु उनीहरुका जिम्मेवार नेताहरुलाई।

० अन्यायपूर्वक अपहरणमा परेपछि माओवादीको ज्यादती भोगेपछि तपाईले अरु कस्तो कस्तो महशुस गर्नुभयो?
बिना कारण, बिना गल्ती अपहरण, यातना पाउँदा नेपाल साँच्चै शतीले श्राप गरेको देशनै रहेछ भन्ने लाग्यो। यो देश संसारको सबैभन्दा स्वर्ग भए पनि आज किन नर्क जस्तो भैरहेको छ? कहिले सुधि्रने होला? मानिसहरु विदेश पलायन हुने यी र यस्तै कारण रहेछन भन्ने कुरा पनि मनमा उब्जी रहन्छ। जे होस, मैले अपहरणको पींडा भोगिसकें, अब नपरोस मेरो आग्रह छ।

० अरु केही छुट भनाई छन कि?
म अपहरण हुँदा खुसीमनाउने एउटा झुण्ड मान्छे नामका कु मान्छे पनि देखियो भने दुख मनाउने, सहानुभूति व्यक्त गर्ने, अपहरणमुक्त गर्न दबाब दिने लाखौ लाख देखें, मेरा सबै शुभचिन्तक प्रति म आभारी छु। अन्त्यमा ती मेरा सबै शुभचिन्तकहरुलाई फेरि दोहोर्�याएर वचन दिन चाहन्छु कि �रामप्रसाद खनालले आजसम्म कुनै किसिमको अपराध गरेको पनि छैन र गर्ने पनि छैन, मेरा कारणले मेरा कुनै शभचिन्तकले कुनै पनि दिन लौ यो गल्ती गरेछ भनेर सुन्नु पर्ने, नाक खुम्च्याउनु पर्ने दिन आउने पनि छैन, ढुक्क रहनु भएहुन्छ, जंगली राज, जर्बजस्ती सधै चल्ने पनि होइन, नखाएको विष लाग्दैन, सत्य ढिलै होला सत्य नै ठहर्छ र असत्य असत्यनै ठहर्छ�। जनताले न्याय गरुन। मेरा श्रोता, दर्शकले म माथि सधै न्याय गरेका छन्। नबुझेका बाँदरे प्रवृत्तिका खुट्टा तान्ने ईर्श्यालुहरुले मेरा पाइलाहरु रोक्न सक्ने छैनन्, राजनीतिबाट पूर्ण रुपमा अलग भैसकेको म सधै स्वतन्त्र निष्पक्ष भएर कलाकारिता, पत्रकारिता र आफ्नो कर्म प्रति सजक हुँदै अगाडी बढ्नेछु। मलाई कुनै ....वादी होइृन नेपालवादी भनेर सबैले बुझ्न यही आग्रह गर्न चाहन्छु। मलाई कतै पनि नमुछिदिनोस, विशुद्ध पत्रकार, कलाकार र गायकको रुपमा भूमिका निर्वाह गर्न दिनोस, माया गरिदिनोस भनेर मेरा सबै शुभचिन्तकसँग आग्रह गर्दै मेरा विचारहरु तपाईको यो प्रकाशनमा समेटिदिनु भएकोमा तपाई प्रति आभारी छु।   


ब्लग भित्र ब्लगमा राम प्रसाद खनाल

ब्लग भित्र ब्लगमा दौंतरीले बिभिन्न ब्लगरहरुसंगको कुराकानी प्रस्तुत गर्ने गरेको सबैलाइ थाहै छ। पहिलाका ब्लगरको भलाकुसारी हेर्न ब्लग भित्र ब्लग स्तम्भमा जानुहोला। यस पटक nepalmother.com का ब्लगर राम प्रसाद खनाललाइ प्रस्तुत गरिएको छ। तर संबाद प्रस्तुत गर्न पहिले नै पेचिला कमेन्टहरु आइसकेका छन। सके सम्म यस्ता अप्रिय कमेन्ट नआउन भनेर सबैखाले प्रश्न राखिएको थियो। हुन त सबै प्रश्नको उत्तर प्राप्त भएन तर पनि यो संबादलाइ एक ब्लगरको संबाद ठानेर त्यसै अनुरुप कमेन्ट गरिदिनुहोला। समग्रमा यि ब्लगरलाइ कुनामा पेल्ने वा पाठकलाइ पनि मनका कुरा भन्न नदिने यो संबादकर्ताको आशय होइन।
राम प्रसाद जी हिजो आज के गर्दै हुनुहुन्छ?
- नेपाल मदर डट कम को सम्पादन, गीत लेखन, हात मुख जोर्न काम गर्नै पर्छ अमेरिकामा, त्यसैले वाल मार्टमा काम पनि गर्छु हप्ताको 40 घण्टा, कस्टमर् सर्भिस म्यानेजरको रुपमा ।

ब्लग तिर कसरी आइपुग्नुभयो? मदरनेपाल कस्तो साइट हो? -बिगतमा २० बर्ष पत्रकारिता गर्दा को नसा ले अमेरिकामा पनि छाडेन, केही लेख्न, बोल्न मन लग्ने के गर्नु अनी शुरु भयो http://www.nepalmother.com/ . यो मेरो मनको तर राष्ट्रप्रतीको बह पोख्ने थलो हो भन्दा हुन्छ । नेपालमा बस्ने हुन वा बाहिर, सबैको साईट..."नेपाल आमा डट कम" का रुपमा बिकास गर्दैछु ।

तपाइको साईट त्यती ब्यबस्थीत रैनछ भन्दा चित्त दुख्ला?
-किन दुख्नु ? स्वाभाबिक हो । म कम्प्युटरको, नेटको नयाँ विद्यार्थी, अमेरिकामै आएर सिकेको, सबै आँफै गर्छु त्यसकारण सुरु सुरुको मेरो यो प्रयास तपाईंले भने जस्तै हुनसक्छ ।

ब्लगमा नित्तान्तक ब्यक्तीतक देखी नित्तान्तक राजनैतीक सामाग्री राख्नुभएको रहेछ यस्लाइ कसरी परिभाषित गर्नुहुन्छ?
- http://www.nepalmother.com/ यो मेरो न्युज साइट हो , यसमा तपाईं सबै चिज देख्न सक्नुहुन्छ तर http://www.ramprasadkhanal.blogspot.com/ भने मेरो नितान्त ब्यक्तिगत ब्लग हो, त्यसमा तपाईं मेरो बारेमा, मेरा गीत, सबै हेर्न सक्नुहुन्छ ।

तपाइको पुस्तक गुल्मी देखी अमेरीकासम्मको गुदी कुरो बताइदिनुहोस न? - रामप्रसाद खनाल को हो ? कसरी रामप्रसाद खनाल भयो ? जान्ने एउटा सजिलो माध्यम हो "गुल्मी देखी अमेरीकासम्म" ।

नेपालमा गायक, पत्रकार, राष्ट्रिय मिडियामा काम गर्ने मान्छे कताबाट अमेरीका आइपुग्नुभयो? - देशको हालत, शान्ति सुरक्षाको बिग्रदो अवस्था, अपराधीहरुको राज र धाकधम्की, काम गरेर खान पनि नपाईने अवस्था,सबैलाई थाहा भएकै कुरा होनी। त्यसैले अमेरिकामा बसेर नेपाल सम्झिरहनु पर्छ, मैले मात्रा होइन धेरै नेपालीले ।

नेपालका पदक र प्रमाण पत्रको महत्व अमेरिकामा होला र ?
- जान्ने लाई श्रीखन्ड नजान्ने लाई खुर्पाको बिड भनेझै हो अनुभब, प्रमाणपत्र, खुबी । नेपालको खुबी अमेरिकामा पनि काम लाग्छ अन्यत्र पनि काम लाग्छ, महत्व छ ।

कस्तो लाग्यो सुनिने र देखिने नेपाली अमेरीकिको जिबन?
- म पहिला पनि १२, १३ पटक अमेरिका आउनेजाने गरेको हो, अमेरिका सहित् २६ देश को भ्रमण्मा धेरै तिता मिठा अनुभब पनि छन । नेपाली आमिरीकन जिबन सुख दु:ख दुबइ मिस्रित छ । मेरो गीत "अमेरिका ग्रीन कार्डको खेल" सुन्नुस उत्तर त्यहा छ ।

नेपाली ब्लग जगत कस्तो लाग्यो बताइदिनुहोस न? के कस्ता छन नेपाली ब्लग र ब्लगरका राम्रा नराम्रा पक्ष?
- नेपाली माझ ब्लग, यो नौलो प्रयोग हो । तर एकाध बर्षमा यस्को लोकप्रियता बढ्दो छ । तर स्तरियतामा कमि छ । ब्लग को दुरुपयोग् पनि बढ्दो छ, समय ले आँफै फिल्टर गर्दै जान्छ जस्तो लाग्छ ।

तपाइलाइ संसारलाइ एउटा कुरा भन्न मन लागे के भन्नुहुन्छ?
- बाँच, बाँच्न देउ, काम गर, काम गरेर खान देउ ।

दौंतरी हेर्नेगर्नु भएको छ? दौंतरीलाइ सल्लाह सुझाब के दिनुहुन्छ? - यस्को स्तरियता को म प्रसंसक हुँ । मलाई मात्र होइन सबैलाई यो साइट मन पर्नु पर्छ जस्तो लाग्छ ।
केही मैले भन्न छुटाएका तर तपाइला भन्न मन लागेका कुरा केही छन कि?
- म एउटा कलाकार हुँ, पत्रकार हुँ, मलाई कृपया स्वतन्त्र रुपमा कलाकारिता, पत्रकारिता, गीत संगीत को काम गर्न देउ, कुनै बाद् सँग नजोडीदेउ, काम गरेर खान देउ बश । यही हो सबैसंग भन्न मन लागेको कुरा। 
********************************************************** 

अन्तर्वार्ता : मलाई अमेरिका भन्दा नेपालनै मन पर्छ तर के गर्नु ?!

Published by Hamrosamaj on October 13, 2010

अन्तर्वार्ता : मलाई अमेरिका भन्दा नेपालनै मन पर्छ तर के गर्नु ?!
- लोक दोहोरी गायक रामप्रसाद खनाल -अध्यक्ष, अन्तर्ररास्ट्रीय कलाकार मञ्च

- हालसम्म कति गीत गाउनु भयो ?
० करिब एक हजार लोक, दोहोरी, आधुनिक, राष्ट्रिय सबैखाले गीत गाइरहेको छु ।
- एल्वम कति निकाल्नु भयो नि ?
० ३८ वटा निकाली सकें सबै बजारमा छन्, अब ३९ औं एल्वमको तयारीमा छु ।
- तपाई गीत गाउनु मात्रै हुन्छ कि, म्युजिक तिर पनि ?
० म आफै गीत लेख्छु, संगीत दिन्छु, गाउँछु ।
- लोक दोहोरीमा त नेपालमा तहल्कानै मच्चाइदिनु भयो नि ?
० हजुर !, मूल्यांकन गर्ने जिम्मा तपाई दर्शक, श्रोता, पत्रकार सबैको । राम्रै गरियो कि भन्ने लाग्छ ।
- अहिले नेपालबाट अमेरिका आउने बृद्ध बृद्धादेखि भर्खर सम्मका सबैले रामप्रसाद खनाल विनाको लोकदोहोरी र नेपाल टि.भी. खल्लो भयो भन्छन् नि ?
० यस्तै हो समय वलवान हुँदो रहेछ, मेरो वेला मैले गरें, अब मेरा चेलाहरु, भाई वहिनीहरुले गर्नुपर्छ, थाम्नु पर्छ । दर्शक श्रोताले मलाई भन्दा पनि मैले दर्शक श्रोतालाई मिस गरिरहेको छु ।
- अमेरिका आएको ३ वर्षनहुँदै अरु कलाकार भन्दा झन जम्नु भएको, लोकप्रीय हुनु भएको छ त ?
० त्यो त मलाई भन्दा तपाईहरुलाई थाहा हुन्छ । अमेरिकामा पनि म लोकगीत, दोहोरीगीत, लोक संस्कृतिका लागि, खटिरहेकै छु, यो व्यस्त अमेरिकामा चाहे जति गर्न गाह्रो रहेछ ।
- अन्तर्रर्ााट्रय कलाकार मञ्चको स्थापना गरेर, लगातार कार्यक्रम गरेर निकै सक्रियता देखाउनु भा छ नि ?
० अमेरिकामा गीत संगीत क्षेत्रको कलाकारिता क्षेत्रको संस्थाको अभाव थियो, हामी यहाँ रहेका प्रायः सबै कलाकार मिलेर अन्तर्रर्ााट्रय कलाकार मञ्च स्थापना गर्यौं । म संस्थाको अध्यक्ष रहि काम गरिरहेको छु ।
- रामप्रसाद खनाल नेपालमा मात्र होइन अमेरिकामा पनि त्यत्तिकै जमेको छ, स्थापित भयो भन्छन् नि, तपाईलाइ कस्तो लाग्छ ?
० खोई ! म सडकमै छु जस्तो लाग्छ मैले आप\mनै देशमा बसेर यो भन्दा धेरै गर्न सक्थे, के गर्ने सतिले श्राप गरेको देश रहेछ, हामी जस्ता इमान्दार, गरिखाने केही गर्नेलाई अपराधीहरुले टिक्नै गाह्रो वनाइदिए ।
- एउटा त्यस्तो चर्चित लोक तथा दोहोरी गायक, नेपालको लोक दोहोरी क्षेत्रको नायक तर अमेरिका पलायन हुनु भयो नि ?
० म अमेरिका पलायन भएको होइन, माओवादी अपहरण, मानसिक यातना पछि अमेरिका केही समयमा लागि बसेको हुँ ।
- ए, भने पछि नेपाल फर्किनु हुन्छ ?
० निश्चित रुपमा ! तर जीउ ज्यानको सुरक्षाको ग्यारेन्टी त हुनु पर्यो नि ।
- माओवादीले तपाईलाई किन तारो बनाए ?
० मैले माओवादीले गरेका हत्या, अपहरण, चन्दा आतंक, आतंकवादलाई न पत्रकारका रुपमा सघाएँ न त कलाकारका रुपमा, न जनताका रुपमा त्यसैले होला ।
- अपहरणमा पनि पर्नु भयो हगी ?
० हो अपराधीहरुले मलाई अपरहण गरेर ३ दिनको मानसिक यातना पछि यु.एन्, मानवाधिकारवादी संघ संस्था, पत्रकार, कलाकार लगायत हर क्षेत्रको दवाव पछि मुक्त गरेका हुन् ।
- उनीहरुको माग के थियो तपार्ँइ संग -
० पहिला १ करोड, पछि ५० लाख चन्दा माग, म माओवादीमा प्रवेश गर्नुपर्ने रे, त्यस्तै ! त्यस्तै !
- मान्नु भएन, बरु देशै छोड्नु भयो हगी ?
० म आत्मदाह गर्न सक्छु तर अपराधीहरुको जत्थामा कदापि जान सक्दिन ।
- माओवादीलाई के भन्न खोज्नु भएको ?
० हो, कुनै शंका छ र – मान्छेलाई खसी बोका जसरी घाँटी रेट्ने, काट्ने, मार्ने रुखमा झुण्डयाएर गोली हान्ने, लुट्ने, कुट्ने, अपहरण गर्नेलाई अपराधी नभनेर के भनौं खोई -
- अमेरिका के गरेर बसिरहनु भएको छ ?
० मैले पहिला त संसारकै ठूलो व्यापारिक संस्था वालमार्टमा कस्टमर र्सर्भिस म्यानेजरका रुपमा काम गरे । हाल अमेरिकामै पढेर, यहाँको स्टेट, फेडरल गोभरमेन्ट परीक्षा पास गरेर रियल स्टेट विजनेसमा रियल्टरका रुपमा संसारकै नम्वर एक लिडिङ्ग संस्था लङ्ग एण्ड फोस्टरसंग आवद्ध भई काम गर्दैछु ।
- खुसी हुनुहुन्छ अमेरिकामा ?
० वास्तवमा म खुसी छैन, मलाई मातृभूमी नेपालमा रमाउन पाए हुन्थ्यो भन्ने लाग्छ ।
- नेपालको राजनीतिक अवस्थालाई कसरी हर्ेर्नुहुन्छ ?
० म राजनीतिबाट अलग रहेको, स्वतन्त्र बसेको ५ वर्षभयो । म अब भुलेर पनि फेरि राजनीतिमा जान्न । मैले राजनीतिबाट सन्यास लिई सकंे ।
- तर पनि हालको परिस्थितिलाई कसरी नियाली रहनु भएको छ ?
० यो तपार्ँइ हामी सबैको अगाडी र्छलङ्ग छ नि !, राजादेखि दलसम्म सबै असफल भए, पृथ्वीनारायण शाहले एकीकरण गरेको देश आज भागविला लाएर जातजाती, भाषाभाषि, क्षेत्रीयतावाद, संघीयताका नाममा लुछाचुँडी गरिदैछ । देश छिन्नभिन्न हुन थालेको टुलुटुलु हर्ेर्नु परिरहेको छ । यो भन्दा दुःखको कुरा के हुन्छ र !
- पहिला र अहिलेमा तुलना गर्दा देश कस्तो छ त उसो भए ?
० पहिला पनि २०५ ले खाएकै थिए, अहिले २०५ बाट बढेर ६०१ पुगेका छन् । सबैको प्रयोगशाला भएको छ देश । जो जसले सत्ता चलाए सबै पर्ूण्ा असफल, देश र जनताका लागि अभिसाफ सावित भए जस्तो लाग्छ ।
- के होला त समाधानको उपाय ?
० माओवादी हतियार त्याग, हत्या आतंक गुण्डागर्दी बन्द गर । कांग्रेस एमाले लगायतका सबै दलहरु माओवादी समेतलाई साथ लिएर कर्ुर्सर्ीी लागि मात्र होइन देश र जनताको स्वार्थ हेरेर काम गर । त्यसैमा छ समाधान ।
- देशको भविश्य राम्रो होला भन्ने लाग्छ ?
० आशा छ तर नेता र दलका क्रियाकलाप हर्ेदा आशा गर्न पनि गाह्रो छ । तर नेताहरुको बुद्धि फिरे नेपाल सप्रिन वेर लाग्दैन ।
- कसरी ?
० नेपाल सानो छ, सबै मिल्ने, देश विदेश भएका सबै नेपाली आप\mनो मातृभूमी बचाउन, राम्रो बनाउन एक हौं भन्ने नाराका साथ अघि बढे ५ वर्षभित्र नेपाल सोंचे भन्दा बढी राम्रो हुन सक्छ, यो कुरा कांग्रेस, एमाले माओवादीहरुको हातमा छ । पर्यटन विकास, हाइड्रो पावर, पलायन भएको जनशक्ति स्वदेश फिर्ता, लगानीका अवसर भए कति वेर लाग्छ र – नेपाल त अमेरिकाको एउटा स्टेट जत्रै त हो नि -
- अन्त्यमा अरु केही भन्नु छ ?
० नेताहरुको बुद्धि फिरोस, नेपाली एक अर्कामा खुट्टा तान्ने काम छाडेर, मिलेर अगाडि बढुन, सकारात्मक सोंच सबैमा आओस, देशले शान्ति पाओस, भारतले नेपाल नखाओस, सबैलाई चेतना भया । धन्यवाद ।

हेर्दाहेर्दै कस्तो भयो देश !!, बाध्यताले विदेशमा भए नि प्यारो लाग्छ आफ्नै भाषा भेष...

-रामप्रसाद खनाल , कलाकार एबम पत्रकार (अध्यक्ष्य - अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिका)

रामप्रसाद खनाल अमेरिका पलायन भयो भनेर केहीले भन्छन् नि, तपार्इं यसमा के भन्नुहुन्छ ?
- शान्त नेपाल अशान्त हु“दै गएपछि, सजाय पाउनर्ुपर्ने अपराधी सजाय दिने ठाउ“मा पुगेपछि, दण्डहीनताले परकाष्टा नाघेपछि, जीउज्यानको सुरक्षा नभएपछि, काम गरेर खाने वातावरण हराउ“दै गएपछि रामप्रसाद खनाल बाध्यतावस अमेरिका बस्न थालेको हो, रामप्रसाद खनाल मावै होइन ऊजस्ता थुप्रै कलाकार, पत्रकार, बुद्धिजीवी, गरिखानेहरू नेपाल बस्ने वातावरण नदेखेपछि अमेरिका बस्न थालेको सा“चो हो । तर, पलायन भएको, भासिएको पक्कै होइन ।

- तपाईं अमेरिकामा स्थायी बसोवास गर्ने मान्छे नेपालको किन चिन्ता लिनुहुन्छ ?
- म अमेरिकामा बसे पनि मेरो मन हरेक पल नेपालमै छ, प्राकृतिक सौर्न्दयता, जलस्रोतदेखि हर कुराले सम्पन्न तर हाल अपराधीकरण गर्न खोजिएको मेरो प्यारो मातृभूमिको यादले मलाई सधंै सताउ“छ । बिहान, दिउ“सो, सा“झ कम्तीमा म तीनपटक इन्टरनेटबाट नेपालमा पुग्छु, हर्ेछु, समाचारमा नेपाल देख्दा मेरो मन धुरुधुरु रुन्छ, हरेक दिन केवल राष्ट्रका लागि अशोभनीय खबर देख्छु, शोभनीय, खुसी लाग्ने कुनै समाचार देख्दिन“, दिक्क लाग्छ, फेरि सोच्छु कस्तो नेपाल कस्तो भयो - हर्ेदाहर्ेदै कता गयो ††-- नेपालभित्रै छु म अमेरिकामा भए पनि, अमेरिका बर्साई मेरो स्थायी होइन, देशमा शान्ति बहाल भए, काम गरेर बस्ने वातावरण बने सबैभन्दा पहिला अमेरिकाको ग्रिनकार्ड त्यागेर सपरिवार नेपाल फर्किने रामप्रसाद खनाल पहिलो व्यक्ति हुनेछ

- अमेरिका बसेर नेपालप्रति भक्तिभाव देखाउनु नेपालप्रतिको अपमान होइन र ?
- रहर होइन, म र म जस्ता कलाकार, पत्रकारलगायतका सचेत वर्ग बाध्यताले विदेशिएका छन् तर बाध्यताले विदेशी भए पनि नेपालप्रतिको मायामा कुनै कमी आउ“दैन । भर्खर मैले अमेरिकामा अर्काे एउटा नेपाली गीतको एल्बम निकालेको छु, त्यसको एउटा अंश यहा“ उद्धृत गर्छु 'बनाउनु पर्छ अफ्नै देश, बाध्यताले विदेशमा भए नि प्यारो लाग्छ आफ्नै भाषा भेष...।' विदेशमा बसेर आफ्नो मातृभूमि, भाषा भेष भूले अपमान हुन्छ तर नेपालप्रति भक्तिभाव हुनु त सम्मान हो, प्रशंसनीय कुरो हो ।

- अमेरिकामा बसेर नेपालप्रति तपाईंको योगदान के ?-
हर्ेन्ाुस्, अमेरिकामा बसे पनि मेरो मन नेपाली नै छ, नेपाली गीत गाउ“छु, आफ्नो २० वर्ष पत्रकारिताको इतिहासलाई निरन्तरता दिंदै 'नेपालमदर डट कम' नामक नेपाली वेबसाइट चलाएर नेपाल र नेपालीका खबर देश/विदेशमा पुर्‍याउ“छु, अमेरिकामै एल्बम निकालेर नेपाली गीत/संगीतको अन्तर्रर्ााट्रय पर््रवर्द्धन गर्दैछु । प्रत्यक्ष अप्रत्यक्ष धेरै कुरामा मैले नेपालप्रति योगदान दिएकै छु नि, होईन र ?

नेपालको राजनीत्रि्रति निकै चासो लिनुहुन्छ नि, कारण के हो ?
- देशको भविष्य राजनीतिस“ग गा“सिएको हुन्छ । राजनीतिक संस्कार गलत हुनाले आज नेपालको यस्तोे स्थिति भएको हो । राजादेखि नेताहरूसम्म सबैको दूर दृष्टि नहुनाले देश यो अवस्थामा पुगेको हो । राष्ट्रभक्त नेता कोही जन्मिएको अहिलेसम्म देख्न सकिएन व्यवहारमा । सबैलाई कर्ुर्सर्ीीेह छ, सबैको हालत देखियो । २०५ को संसद्लाई ६०१ पुर्‍याएर बा“डीचु“डी खाने, आफूहरू मात्रै रमाउने, देशलाई हरिकङ्गाल बनाउन ेशिवाय केही देखिएन । पहिले आफूले पनि राजनीति गरेका कारण चासो लाग्दोरहेछ तर हाल म राजनीतिबाट पर्ूण्ा अलग रही एउटा पत्रकार, कलाकारका रूपमा मात्र आफूलाई प्रस्तुत गर्न चाहन्छु र भन्छु- 'कृपया रामप्रसाद खनाललाई एउटा कलाकार र पत्रकारका रूपमा मात्र हेरिदिनुस्, कुनै वाद वा वादी भनेर नजोडिदिनुस्े मात्र नेपालवादी भनेर जोडिदिनुस् ।
'
एउटा पत्रकार र पत्रकारका रूपमा नेपालको भविष्य कस्तो देख्नुहुन्छ ?
- मैले हाइटी, कङ्गो र बुरुण्डीजस्ता असफल राष्ट्रहरूको भ्रमण सकेर नेपाल र्फकेपछि चार वर्षअगाडि लेखेको भनेको कुरा फेरि आज चार वर्षछि देाहोर्‍याउ“छु
यदि हाम्रा राजनीतिक दलका नेता र दल अब पनि सुध्रिएनन् भने कर्ुर्सर्ीीे मोहमा लागेर हुने नहुने, मिल्ने नमिल्ने जे-जे गरिरहेका छन्, अहिले पनि त्यसलाई कायम राखे भने, सेना, प्रहरी, सशस्त्र प्रहरी यसरी नै चुप लागेर बस्ने प्याराल्ााइज हुने हो भने वाईसीएल, युथफोर्स लगायतका युवा जमातमा देखिएका क्रियाकलाप जारी रहे भने , लेखेर राख्नुहोस् दर्ुइ/तीन वर्षभत्रै नेपालमा फेरि अर्काे प्रतिक्रन्तिको खतरा, गृहयुद्धको खतरा र मुलुक सोमालिया बन्ने खतरा छ, मान्छेले मान्छे मार्ने त अहिले नै सामान्य कुरा भएको छ । नेपालमा अब मान्छेले मान्छेकै मासु खाने दिन पनि नआउला भन्न सकिंदैन । तर्सथ, सबैले मिलेर अघि बढ्नु, चेत्नु पर्ने अवस्था छ, सबैलाई चेतना भया... ।

अन्त्यमा अमेरिकामा बसेर अन्तर्रर्ााट्रय कलाकार मञ्च स्थापना गरेर अगाडि बढ्न खोज्नुका कारण पनि बताइदिनुहुन्छ कि ?

- मैले राजनीतिबाट अलग रहेपछि कला, संस्कृतिका लागि काम गर्ने र नेपाली कला, संस्कृतिलाई अन्तर्रर्ााट्रयस्तरमा पुर्‍याउने अठोट गरेर यो कन्सेप्ट बनाएको हु“ । नायक, नायिका, गायक, गायिका हास्यव्यङ्ग्य कलाकार, नाटक वा जुनसुकै कलास“ग सम्बन्धित, कलाकारहरूको विधा अर्न्तगत पर्ने क्रियाशील सबैलाई समेटेर अन्तर्रर्ााट्रय स्तरको मञ्च बनाउने क्रममा अन्तर्रर्ााट्रय कलाकार मञ्च अमेरिका गठन भएको हो । यसमा सबै क्षेत्रका राष्ट्रिय/अन्तर्रर्ााट्रय ख्याति कमाएका कलाकारिता गर्ने साथीहरू हुनुहुन्छ । यसको केन्द्रीय कार्यालय र केन्द्रीय समिति अमेरिकामा छ र अब हरेक देशमा हामी यसका शाखाहरू विस्तार गर्दैछांै, काम सुरु भइसकेको छ । यो विशुद्ध कलाकारहरूको हकहितका लागि, कला र संस्कृतिका लागि खोलिएको संगठन हो । राजनीतिको 'र' पनि यहा“भित्र छिर्न पाउ“दैन । धन्यवाद

काठमाडौंबाट प्रकासित् हुने राष्ट्रिय पत्रीका साप्ताहिक आवाजका प्रधान सम्पादक यज्ञ ढकालले लिनुभएको र डिसेम्बर १४ गते सोही पत्रीकामा प्रकासित् रामप्रसाद खनालसँगको यो अन्तर्वार्ता साप्ताहिक आवाजबाट साभार् गरी यहाँ प्रकाशन गरिएको जानकारी गराइन्छ.
 



********************************************************


 

कबिता, गजल र गीतहरु

कठै मेरो नेपाल !
- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका   
 
 नयाँ नेपाल चिर्दै चिर्दै एघार पो गराउने रे
बाउन छेत्री सबैलाई दैलेख तिर भगाउने रे
जात जातिका नाममा सबले राज्य पाउने भए
थाहा छैन नेपालका नेपाली ति कता गए
नेवार, मगर, गुरुङ, तामाङ्, लिम्बु, दलित सबलाई भाग
स्वायत्त मधेश एक प्रदेश पुरा हुने भयो माग
जात जातिका आधारमा देश टुक्रा पर्ने भयो
हेर्दा हेर्दै मेरो सुन्दर शान्त नेपाल कता गयो
काँक्रो चिरे जस्तै चिर्दै देश बाँडी खाने भए
नेपाल र नेपालीको अस्तित्वनै लाने भए
राष्ट्रिय त्यो पोशाक र हिन्दू धर्म पनि खाए
देश चिर्दै नेताहरु भाग बिला पनि लाए
लोकतन्त्र गणतन्त्र भन्दै देश लाई यहाँ ल्याए
कठैबरा हाम्रो नेपाल नेताले त भ्याउनुभ्याए !     
 आजकलका ठिटा ठिटी
बुवा आमा भन्ने लाई हाय भनी बात गर्छन्
आदर भन्ने कुरै छैन हात मिलाउदै घात गर्छन्
ढाम मार्दै कुममा हात राखी अपमान गर्छन्
आजकलका ठिटा ठिटी यस्तै यस्तै काम गर्छन्
मान्यजनको अपमान हुने सधै कुरा गर्छन्
२० / २५ का अल्लारेले ८४ का कुरा गर्छन्
चिट्ठा पर्या ग्रीन कार्डले संसार हाँक्या कुरा गर्छन्
छोइसक्नु छैनन हजुर उन्कै ठुला कुरा गर्छन्
मान सम्मान र इज्यत के हो भन्ने कुरो अत्तो छैन
आफ्नो बिगत चट्ट भुल्छन हैसियत को पत्तो छैन
बुढाबुढी मान्यजनले बरु उल्टै लाज मान्छन्
उल्टो उल्टो गर्ने हरु बहादुरीको काज मान्छन

          Feb. 4, 2012  


                   यसो भने कसो होला ? - रामप्रसाद खनाल 

नपर्दा त "ज्यान दिन तयार छौं है" भन्नेहरु
पर्दा खेरी खुट्टा तान्दै सुइकुच्चा ठोक्नेहरु
लडाउन एक अर्कालाई काइते कुरा बोक्नेहरु
स्वार्थ सिद्ध गरेपछी जोड जोडले भुक्नेहरु
चाहिएको बेला दुला पसी सधैं लुक्नेहरु
एकैछिनको खहरे खोला सुके जस्तै सुक्नेहरु
स्वार्थ सिद्ध गर्न मात्र लल्याक लुलुक भुक्नेहरु
यस्ता "महान"हरुबाट शिक्षा सधैं लिनुपर्छ
शिक्षा दिएकोमा उनलाई धन्यवाद दिनुपर्छ
साँचो कुरा बोल्ने यहाँ सधैं धोका खाइराछ 
यसो भने कसो होला ? भन्ने हाम्लाई लाइराछ ! 


****************************************

मेरो त्यो “एक बर्ष” आउने भएन ! 

 - रामप्रसाद खनाल - 

"शान्तीबादी" पार्टी माओवादीबाट 

बिना कारण अपहरणमा परी 

झण्डै मारिएको म !

यु एन देखी इयू लगायतका 

सारा  मानबाधिकारबादीहरुको पहलमा 

अपहरण मुक्त त भएँ 

तैपनी छोडेनन धम्काउन "शान्तिबादीहरु" !

जिउ ज्यानकै ठर ठेगाना नभएपछी 

बिबश भएर नेपाल छाडेको म 

बाध्यताले परदेशी बन्न पुगेँ        

चार बर्ष अंघि रुंदै नेपाल छोड्दा 

सोँचेको थिएँ 

एक बर्षमा कसो शान्ती बहाल नहोला ?

अनी फर्किउंला स्वदेश

बस्दिन बिदेश 

तर, 

तर मेरो त्यो एक बर्ष आउंदै आएन

चार / पाँच बर्ष बित्दा पनि 

मेरो एक बर्षले चालै पाएन 

सम्झौतै सम्झौताका रास 

थाहा छैन हाम्री शान्तिको 

कहां छ बास !?

कला र सँस्क्रितिको लागि

लोक गीत र दोहोरी गीतको लागि 

केही गर्नुनै मेरो अपराध साबित भएछ 

दुई दशक लामो पत्रकारिता मार्फत 

जनताका आँखा खोल्नु गलत भएछ 

"शान्तिबादीहरु" लाई लागेछ  

लोक गीत र दोहोरीमा मैले बिक्रिती ल्याएँ 

उनिहरुका “क्रान्तिकारी गीतहरु” धमिल्याएँ 

उनी “शान्तिबादीहरु”का कुरालाई 

मेरो पत्रकारितामा राम्रो भन्न सकिन 

बास, बास 

त्यहा भन्दा ठुलो गल्ती मैले के नै गर्नु पर्यो ?! 

"शान्तीबादीहरु" आजकल सिंहदरबारमा छन 

त्यती मात्र होइन “लुम्बिनी” तिर लागेका छन 

घर जग्गा खोसिएर रुंदै हिंडेका जनता जस्तै 

म पनि बिदेशमा रोइरहेको छु 

मन का दु:ख र पिंडाहरु

आँशुले धोइरहेको छु !

हेरेको थिएँ शक्तिखोरको प्रचण्डको भिडियो 

उनको शान्ती र संबिधानको फेहरिस्त 

देख्दैछु अहिले त्यही "शान्तीपथ"

सुन्दैछु नयाँ नेपाल र संबिधानका गफ

फेरी ६०१ को म्याद थप !

मेरा हरेक दिन र रातहरु 

यसै भन्दै र छट्पटाउँदै बित्दै छन !

मुस्ताङ गाडीका अगाडि र पछाडि 

टोयोटा र पजेरोहरुका लाँबा लस्कर 

हिसिला माताका करामत 

बाबुरामका माफी सिफारिसहरु

प्रचन्डका घर जग्गा फिर्ता हरु 

बैद्यका घर जग्गा कब्जाहरु 

मन्त्रीहरुका भ्रस्टाचारका कहानीहरु 

बाबुरामको बिद्वता र निर्णयहरु 

स्कुले बालकका सुटकेशमा लाशहरु 

यस्तै यस्तैका बिचमा 

शुशिल दाई र शेरबहादुरका जुहारीहरु 

झलनाथ र केपी माधबका जुहारीहरु 

बिदेशमै इज्जत लुटिएर रोइरहेका बुहारीहरु

यस्तो देख्दा मलाई लाग्छ 

चार बर्ष अघी मैले नेपाल छाड्दाको 

मेरो त्यो “एक बर्ष” आउने भएन !                 

- रामप्रसाद खनाल  (11/11/11, US)

जँगलमा बस्ने जँगली जनावरहरु
बरु एक आपसमा मिलेर बस्छन
एक जनावरलाई कष्ठ आइपरे
घेरो हालेर, शत्रु सँग जुध्न घुँडा धस्छन
तर हाम्रा प्राणीमा उत्तम "मान्छेहरु"
एकले अर्को सिध्याउन गौँडो कुरेर बस्छन !
* * * * * *
पहिले जँगली जनावर सँग मात्र हुन्थ्यो रे डर
मान्छेले मान्छे सँग गर्थे अरे भर
आजकल, आजकल जमाना नै उल्टा छ
मान्छेले जँगली जनावर सँग मान्न छाडे डर
मान्छेलाई मान्छे सँग छैन कुनै भर
जसलाई जे मन लाग्यो गरे हुन्छ गर !
* * * * * *
जँगली जनावरबरु सम्बेदनशील देखिन थाले
"बाबु कलीमा यस्तै हुन्छ" भन्थे बुढाबाले
सत्य, धर्म, न्याय सबै हराउन थालेपछि
कस्तो आशा गर्नु अब हामीले
गोमन सर्प लाई दुध पिलाई पालेपछी
चोरलाई चौतारो साधुलाई शुली हुन थाले पछी
थलिनै पर्दो रहेछ एक दिन रोग धेरै पालेपछी
कसरी निको होस घाऊ  उल्टै नुनचुक हालेपछी
अन्त्यमा कोही बाँकी हुने छैनन आतंकले घर बालेपछी
* * * * * *
के होला यहाँ भोली, आम माफी दिन थाले पछी
को नै बाँच्ने होला यहाँ रोगले झन झन गालेपछी
कस्तो होला देश भोली गलगाँड पालेपछी
मान्छे मार्नेहरु सेना र मन्त्री बन्न थाले पछी
आतंकबादका नाइके बुद्धको लुम्बिनीमा लागेपछी
कस्तो होला देश अब सबै बिदेश भागेपछी ...!
* * * * * *






   "प्वाक्क मुखमा हानिदेउ" "परेको म बेहोरौंला" !
                                                        -  रामप्रसाद खनाल -
(Updated .....आजकाल हाँस्य टेलिसिरियल हरुले नयाँ नयाँ थेगो र शब्द प्रयोग गर्दै मान्छे हसाइ रहेका बेला तिनै थेगो लाई प्रयोग गरेर एउटा सानो कबिता कोरेको छु यहाँ, ति सिरियल का थेगो र नाम का आधार मा कबिता लेख्दा कबिता यस्तो पो बन्यो ! त्रुटी भए माफ पाउँ है ! )
"प्वाक्क मुखमा हान्दिउ जस्तो" लाग्छ
यी "मुलाका साग"  हरुलाई
देश वर्वाद पार्ने "दुवा तिर्कीहरुलाई"
देश बनाउछु भन्छन् खाएर नअघाउने
यी चण्डाल "भोके" हरु
वंगलादेशी "राता मकै" ज्वाईहरु
रुप फेरि रहने "असिनेहरु"
असिनेका मतियार "ठूली" हरु
"पार्टिलाइ  सहयोग गरेका
समानुपातिकमा परेकाहरु"
"नियम कडा बनाउने जुंगे हवल्दार" हरु
देश खोक्रयाउने "खुराफाती" थुप्रै छन् अरु
"हामीलाई लाइराछ" भन्ने हरु देख्दा
महंगी, अशान्ति, असुरक्षा भोग्दा
नबुझ्ने 
हरु छन् "गाला" मा ठोक्दा
त्यसैले होला मलाई पनि भन्न मनलाग्छ
ठोकिदेउ अर्को गालामा पनि
"परेको म बेहोरौंला"
उट्पट्याङ  गर्ने "धर्मुसे" र "सुन्ते" हरु
ग्राहक ठग्ने "माइला साहु" हरु
"वडा अध्यक्ष" "गोप्ते काजी" र "थालमुखे" हरु
विचरा "माग्ने बुढा" हरु संग के नै छ र अरु ?
चल्दैन देश  "हर्के हवल्दार"
हरु वाट
आखिर  देश जान्छ कि जस्तो छ "घाट"

यो "तितो सत्य" हो जनता
बन्नै पर्छ अब "जिरे खुर्सानी"
सधैं "मेरी बास्सै" भनेर मात्र के गर्ने
"हिजो आजका कुरा" "गोलमाल" छन
नेताले जनतालाई सधैं "झ्याइँकुटी झ्याइ"
"तात्तो न छारो"
को  नेता गर्छन् मपाईँ
जल्ने र इर्श्या गर्नेहरुमा समर्पित गजल
- रामप्रसाद खनाल
कुरा काट्ने जल्नेहरु, कति सक्छौ जल्दै गर
इर्श्या डाहा गर्नेहरु, इर्श्या डाहामै मर्दै गर
कौवाले कान लग्यो भन्दा, दौडिने हो दौड्दै गर
कल्पनाको सागरमा, पौडिने हो पौड्दै गर !

खुट्टातान्न रम्नेहरु, खुट्टा तान्दै रम्दै गर
मलाई गाली गर्दा खुसी, लाग्छ भने गर्दै गर
पापको घैंटो भर्नेहरु, कति सक्छौ भर्दै गर
बाँदरको देखासिकी, गर्नेहरु गर्दै गर !


सुल्टो गर्दा उल्टो हेर्ने, अझै उल्टो हेर्दै गर
राम्रो गर्न खोज्दा उल्टो, देख्नेहरु देख्दै गर
कुरा काट्दा रम्नेहरु, अझ तिमी रम्दै गर
उडाउनमै जम्नेहरु, अझै तिमी जम्दै गर !

अघि ठिक्क चिप्लो बोल्ने, अझै चिप्लो बोल्दै गर
मलाई पोल्दा शितल भए, हुन्छ अझै पोल्दै गर
वास्तविकलाई अवास्तविक, भन्नेहरु भन्दै गर
तिम्लाई निको लाग्छ भने, मलाई दोषी गन्दै गर !

मलाई भीरमा ठेल्दा तिमी, बाँच्छौं भने ठेल्दै गर
खुट्टातान्ने, कुरा काट्ने, हरु अझै पेल्दै गर
झूठो कुरा साँचो भई, साँचो कहिले झूठो हुन्न
खुट्टा तान्ने तान्दै जाउ, बुझेको छु मत रुन्न !


फुर्सदका बेला दुई हरफ !

- रामप्रसाद खनाल


जसलाई आफ्नो सम्झन्छु म, उही फर्की टोक्न आउंछ
विश्वाशघात मात्रै होइन, छेक्ला भन्दा ठोक्न आउंछ
कुरा काट्दै तथानाम, इर्स्यालुकै घर धाउंछ
खुट्टा तान्दै, उडाउँदै, पँधेर्नी झै गीत गाउँछ
आफू आफ्नो धरातल, बिर्सनेले धोक्का पाउँछ
इर्स्यालु हो ख्याल गरे, तिम्रो रुने दिन नि आउंछ !

__________________________________________

भो अब यहाँ भन्दा बढी नयाँ नेपालको कुरा नखोलम !!!

बाउन्न साल अघिको शान्ति कता गयो ?
मेरो देश आज सबैको प्रयोगशाला भयो !
चारतारे आए प्रयोग गरे खानु खाए
त्यसपछि हंसिया हथौडा आए राम्रै पालो पाए
भएन भनेर सबै मिले माकुरे जालो लाए
महाराज पनि के कम आए नभएको पगरी लाए
समग्रमा देश पालै पालो सबैले चलाए
देश चलाए, आफु पनि पलाए, आफ्ना पनि पलाए
खरानीका लागि युद्ध, मट्टितेल छर्कदै देश, झन पछी झन जलाए !
जनताका नेता कपालमा जेल, पजेरो र महँगा पलङ
उनिहरुबिचमै एक अर्कामा जलन, जप्दै शान्तिको मलम
बन्दुकको डर, जनता भन्छन कसरी बोलम
भो अब यहाँ भन्दा बढी नयाँ नेपालको कुरा नखोलम !!!

- रामप्रसाद खनाल