काठमाडौं, नेपाल। नेपाली लोकसङ्गीत, दोहोरीगीत, कला, साहित्य, पत्रकारिता तथा सांस्कृतिक क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय वरिष्ठ लोकगायक, गीतकार, सङ्गीतकार, साहित्यकार, पत्रकार, कलाकार तथा बहुआयामिक व्यक्तित्व रामप्रसाद खनाललाई नेपालमा एकपछि अर्को तीन महत्त्वपूर्ण सम्मान प्राप्त भएका छन्।
नेपाली मौलिक लोककला, सङ्गीत, साहित्य, पत्रकारिता र संस्कृतिको संरक्षण, संवर्द्धन तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा पुर्याएको दीर्घकालीन योगदानको कदर गर्दै नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको सांस्कृतिक संस्थानले विशेष अभिनन्दन गरेको छ भने ग्लोबल स्टार अवार्ड आयोजकहरूले उनलाई ‘लोकगीत, दोहोरीगीत, सङ्गीत, पत्रकारिता र साहित्य क्षेत्रको अति विशिष्ट सम्मान–२०२६’ प्रदान गरेका छन्। यसैगरी पोखरामा विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाहरूले समेत उनलाई विशेष सम्मान गरेका छन्।
यी तीन सम्मानले खनालको चार दशकभन्दा लामो सिर्जनात्मक साधना, नेपाली मौलिक संस्कृतिप्रतिको समर्पण तथा स्वदेशदेखि प्रवाससम्म नेपाली कला, भाषा, साहित्य र पत्रकारिताको विकासमा उनले पुर्याउँदै आएको योगदानलाई थप उजागर गरेका छन्।
नेपाल सरकार मातहतको सांस्कृतिक संस्थानद्वारा विशेष अभिनन्दन
सांस्कृतिक संस्थानको ५४औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा खनाललाई नेपाली लोककला, लोकसङ्गीत र मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन, प्रवर्द्धन, दस्तावेजीकरण तथा नयाँ पुस्तामा हस्तान्तरणका लागि सिर्जनशील कलामार्फत पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै ‘हार्दिक आभार तथा सम्मानसहित अभिनन्दन’ गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’को प्रमुख आतिथ्य तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं कलाकर्मी किरण बाबु पुनको सभाध्यक्षतामा सम्पन्न समारोहमा खनालसहित नेपाली कला र संस्कृतिका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न स्रष्टा तथा कलाकारहरूको सम्मान गरिएको थियो।
संस्थानले खनालको सिर्जनशील यात्रालाई व्यक्तिगत उपलब्धिको रूपमा मात्र नभई नेपाली मौलिक लोकसंस्कृतिको जगेर्ना र पुस्तान्तरणमा पुर्याएको महत्त्वपूर्ण योगदानका रूपमा मूल्याङ्कन गरेको छ।
ग्लोबल स्टार अति विशिष्ट सम्मान-२०२६
यसैबीच, नेपाली कला, सङ्गीत, साहित्य र पत्रकारिताका विभिन्न विधामा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै खनाललाई ग्लोबल स्टार अवार्डअन्तर्गत ‘लोकगीत, दोहोरीगीत, सङ्गीत, पत्रकारिता र साहित्य क्षेत्रको अति विशिष्ट सम्मान–२०२६’ प्रदान गरिएको छ।
नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह, वरिष्ठ हास्य कलाकार एवं अभिनेता मदनकृष्ण श्रेष्ठलगायतका अग्रज कलाकारहरूको सहभागिता रहेको सम्मान कार्यक्रममा खनाललाई उक्त सम्मानका लागि चयन गरिएको थियो।
तर, चलचित्रको छायाङ्कनमा व्यस्त रहेका कारण उनी निर्धारित समारोहमा उपस्थित हुन सकेनन्। त्यसपछि आयोजकहरूले उनको निवासमै पुगेर सम्मानपत्र, पदक तथा अन्य सम्मान सामग्री हस्तान्तरण गरेका थिए।
सम्मान ग्रहण गर्दै खनालले आयोजकहरू, वरिष्ठ कलाकार नीर शाह, मदनकृष्ण श्रेष्ठलगायत सम्पूर्ण अग्रज कलाकार तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरे। उनले चलचित्र छायाङ्कनका कारण समारोहमा उपस्थित हुन नसकेकोमा क्षमा याचना गर्दै आयोजकहरूले निवासमै आएर सम्मान हस्तान्तरण गरेकोमा विशेष कृतज्ञता प्रकट गरेका छन्।
पोखरामा पनि विशेष सम्मान
यसै क्रममा पर्यटकीय नगरी पोखरामा समेत खनाललाई नेपाली साहित्यिक तथा सांस्कृतिक संस्थाहरूले संयुक्त रूपमा विशेष सम्मान गरेका छन्।
नेपाली लोकगीत, दोहोरीगीत, सङ्गीत, साहित्य र पत्रकारितामा चार दशकभन्दा लामो समयदेखि पुर्याएको योगदान तथा दुई दशकदेखि अमेरिकामा रहेर पनि नेपाली भाषा, साहित्य, सङ्गीत र संस्कृतिको संरक्षण एवं विस्तारमा निरन्तर सक्रिय रहेको भन्दै उनलाई सम्मानपत्र प्रदान गरिएको हो।
पोखराको सुन्दर प्राकृतिक दृश्य र हिमशृङ्खलाको पृष्ठभूमिमा तयार गरिएको सम्मानपत्रमा खनालको सिर्जनात्मक यात्रा, नेपाली लोकसंस्कृतिप्रतिको समर्पण तथा विदेशमा रहेर पनि मातृभूमिको कला, साहित्य र पहिचानप्रतिको निरन्तर योगदानको प्रशंसा गरिएको छ।
यस सम्मानले नेपालको कला र संस्कृतिको विकासमा स्वदेशमा रहेका कलाकारहरूको मात्र नभई विदेशमा बसेर मातृभूमिसँग सांस्कृतिक सम्बन्ध जीवन्त राख्ने स्रष्टाहरूको योगदान पनि उत्तिकै महत्त्वपूर्ण रहेको सन्देश दिएको छ।
Renowned Nepali Folk Singer Ram Prasad Khanal Receives Three Prestigious Honors in Nepal
Special Recognition by a Government Cultural Institution, Global Star Excellence Award 2026, and Special Honor in Pokhara Celebrate His Four Decades of Contributions
Kathmandu, Nepal. Renowned Nepali folk and duet singer, songwriter, composer, journalist, author, actor, and cultural ambassador Ram Prasad Khanal has received three prestigious honors in Nepal, recognizing his more than four decades of outstanding contributions to Nepali music, arts, literature, journalism, and cultural preservation.
The Cultural Corporation (Sanskritik Sansthan), under Nepal's Ministry of Culture, Tourism and Civil Aviation, specially honored Khanal during its 54th anniversary celebration at the National Dance Theatre in Kathmandu.
The ceremony, attended by Minister for Culture, Tourism and Civil Aviation Khadka Raj Paudel “Ganesh” and presided over by the Corporation's General Manager, artist Kiran Babu Pun, recognized Khanal's lifelong dedication to preserving, promoting, documenting, and passing Nepal's traditional folk music and cultural heritage to future generations.
In another significant recognition, Khanal received the “Distinguished Excellence Award 2026 in Folk Music, Duet Songs, Music, Journalism, and Literature” from the Global Star Awards organizers.
The recognition was associated with a special ceremony attended by legendary Nepali artists, including veteran actor and director Neer Shah and celebrated actor and comedian Madan Krishna Shrestha. Unable to attend due to a film shooting commitment, Khanal later received the award certificate, medal, and other honors when organizers personally visited his residence.
Khanal was also specially honored in Pokhara by literary and cultural organizations in appreciation of his decades of contributions to Nepali folk music, literature, journalism, and his continued efforts to promote Nepal's cultural identity internationally while living in the United States.
Originally from Gulmi, Nepal, Khanal has created and performed more than 1,200 songs, released over 55 musical albums, authored 18 books, and produced thousands of poems, literary works, and journalistic articles. His distinguished career includes extensive work with Radio Nepal, Nepal Television, and other prominent media organizations.
Currently based in the United States, Khanal is the Founder and President of the International Artists Forum, America, President of the Federation of International Journalists, America (FIJA), and Editor-in-Chief of NepalMother.com and America & World.
His previous distinctions include the U.S. Presidential Lifetime Achievement Award 2023 and Nepal's prestigious national decorations, Prabal Gorkha Dakshin Bahu and Prakhyat Trishakti Patta.
Expressing heartfelt gratitude, Khanal thanked the Government of Nepal's Cultural Corporation, Global Star Awards organizers, Pokhara's literary and cultural organizations, senior artists, colleagues, supporters, and audiences.
“These honors are not only a source of pride and happiness but also an inspiration and greater responsibility to continue serving Nepali music, arts, literature, journalism, and cultural heritage. I remain deeply grateful to everyone who has supported my journey,” Khanal said.
He also expressed special gratitude to his parents, family, fellow artists, and audiences whose encouragement has sustained his lifelong creative endeavors.
The three honors represent another remarkable milestone in Khanal's journey from the hills of Gulmi to the international stage, reaffirming that artistic dedication transcends borders and that a lifelong commitment to preserving one's cultural heritage deserves lasting recognition.








