चरित्र हत्याका खेल, अनलाइन, फेसबुक
र झुठका खेतीहरू !
- रामप्रसाद खनाल
नेपालको अवस्थाका बारेमा फोनमा एक जना पुराना राजनीतिज्ञ दाईसँग कुरा हुँदै थियो, वहाँले बिचमा फ्याट्ट भन्नुभयो - खनालजी, तपाईँले रबीन्द्र मिश्र, रवि लामिछानेहरूको समर्थनमा किन लेख्नुहुन्छ ? किन बोल्नुहुन्छ ? तपाईँ अमेरिका बस्नुहुन्छ त्यसैले उनीहरूको बारेमा तपाईँलाई थाहा छैन । मैले प्रतिप्रश्न गरेँ - के गरेर दाजु उनीहरूले ? वहाँले भन्नुभयो - रबीन्द्र मिश्र भ्रष्ट, युरोपियन दलाल हो । उसले युरोपियनहरूको पैसा खाएर अहिले साझा पार्टीको पसल थापेको छ । परोपकारका नाममा करोडौँ पैसा झ्वाम्म पारेको छ । अनि तपाईँहरूको रवि लामिछाने अमेरिकनहरूको पैसा खाएर ओली सरकार ढाल्न यो नौटङ्की देखाइरहेको छ ।
केपी ओलीसँग निकट पुराना राजनीतिज्ञ वहाँको यो भनाइ सुनेको के थिएँ मेरो बर्बन्नी तात्यो । दाइ तपाईँ पुरानो राजनीतिज्ञ म मान्छु । हजुरको योगदानको कदर पनि गर्दछु । तर तपाईँ जस्तो मान्छेले पनि यस्तो बकवास कुरा गर्न सुहाउँछ र ? बिबिसीको आकर्षक जागिर, मनग्यै आम्दानी छोडेर परोपकारको क्षेत्रमा काम गर्ने रबीन्द्र कसरी भ्रष्ट, कसरी युरोपियन दलाल ? अनि नेपालका लागि केही गर्छु भनेर राजनीतिमा होमिनु के को अपराध ? रवि जसले अमेरिकी पासपोर्ट र नागरिकता त्यागेर देशमै केही गर्छु भनेर, जनताको मन जितेर काम गरिरहेका छन् उनी कसरी अमेरिकी दलाल ?? म यसै गरी तर्क प्रस्तुत गर्न थाले पछि दाइले ल तपाईँ मान्नुहुन्न अरू के छ भनेर बिसयान्तर गर्न थाल्नु भयो । म पनि ती कुराले एक प्रकारको आश्चर्य मान्दै फोन राखे पछि पनि घोरिएँ । मलाई वहाँको कुरा सुने पछि फेरी पनि लाग्यो - सतीले श्राप गरेको देश हो नै हाम्रो देश । यहाँ राम्रो गर्न खोज्ने कसैको खैरियत छैन । रबीन्द्र होस वा रवि वा अरू कोही पनि । बदनाम गर्न अनेक गर्छन् मान्छेहरू । हुने नहुने कुरा गरेर, चरित्र हत्या गरेर मान्छेलाई जिउँदै मार्ने प्रयास गर्छन् । तर मलाई रबीन्द्र मिश्र होस वा रवि लामिछाने दुवैको अहिले सम्मका काम कुरा सबै हेर्दा कुनै खोँट छ जस्तो लाग्दैन । दुबैका बारेमा म अत्यन्त सकारात्मक छु । भोलिको कुरा समयले बताउला ।
ज्ञानेन्द्र शाहीमा पनि केही कमी कमजोरी अबस्य छन तर उनले उठाएको भ्रस्टाचारको मुद्धालाई कसरी नकार्न सकिन्छ र ! तर हेर्नुस त उनको खैरो खनेका, भाला रोपेका ! प्रा. डा.सुरेन्द्र केसीले केही राम्रो कुरा गरे भने हेर्नुस् त त्यस्तो बिद्वत मान्छे माथि दलका दाशहरु कसरी आक्रमण गर्छन् । अधिबक्ता बालकृष्ण न्यौपाने, बिष्णु भट्टराई, सुरेन्द्र भण्डारी, ओम प्रकाश अर्याल, दिनेश त्रिपाठीहरुलाई हेर्नुस त कसरी आरोप लगाइन्छ, कती तल्लो स्तरमा गाली गरिन्छ जसले नियम, कानुन, न्यायका कुरा गर्छन्, लड्छन । अपराधहरुका बिरुद्ध सडक देखी अदालत सम्म बहस गर्छन् तिनीहरु माथि भैरहेको अरिङ्गगाल आक्रमण देख्नुभएको छ ? यि र यस्ता राम्रा सबैलाई आरोपीत गर्ने, बिटुल्याउने र आफ्ना भ्रस्ट नेताहरुको बचाउ गर्ने झुठको खेती अहिले निकै मौलाएको छ ।
राम्रो गर्ने, गर्न खोज्ने जो कसैलाई पनि अहिले रातारात बदनाम गर्न बेर लाग्दैन । ज जसले नेकपाको, सरकारको रवैयाको विरोध गर्छन् उनीहरू आक्रमणको पहिलो तारो बन्ने गरेका छन् । हरेकको हातमा फेसबुक र सामाजिक सञ्जालहरू भएकोले होला अहिले मान्छेको चरित्र हत्या गर्ने, बदनाम गर्ने दुस्साहस अलि बढी नै हुन थालेको छ ।
अब आफ्नै प्रसङ्ग तिर लागौँ ।
आफैले आफ्नै विषयमा बोल्दा, लेख्दा मलाई असहज महसुस हुन्छ तर कहिले काहीँ बोल्न कलम चलाउन बाध्य बनाउँछ परिस्थितिले । कृपया अन्यथा नमानिदिनुहोला ।
म २०६४ सालको अन्त्य तिर बाट मात्र अमेरिका बस्न थालेको हुँ । मलाई केही प्रचण्ड, बाबुराम भक्तहरूले जनयुद्धकै बेला भागेर अमेरिका गएर शरणार्थी भएर बसेको भनेर बदनाम गर्न तल्लीन देखिन्छन्, लेख्छन् । एमालेले माओवादीसँग कुनै हालतमा पनि एकता गर्नै हुन्नथ्यो भन्ने मान्यता राख्ने मैले माओवादी र एमाले एकता पछि जब नेकपाको अलि बढी आलोचना गर्न थालेँ तब नेकपा भक्तहरू केही बाट पनि यो र यस्ता हावादारी आरोप आउने गरेको देख्छु । जबकि अमेरिकाले संसारका प्रतिभा वान मान्छेहरूलाई प्रदान गर्ने एक्स्ट्रा अर्डिनरी एबिलिटी अन्तरगत सम्मानित ग्रिन कार्ड प्रदान गरेको हो मलाई जुन मैले मेरो आफ्नो वेबसाइट www.RamPrasadKhanal.com देखी प्रकाशित मेरो पुस्तक गुल्मी देखी अमेरिका सम्ममा खुल्ला किताबका रूपमा ग्रिन कार्ड नै प्रकाशित गरी राखिदिएको छु । आँखा देख्ने जो कसैले पनि हेर्न सक्छ देख्न सक्छ । अमेरिकी राजदूतावास र अमेरिकी सरकारी निकायसँग भेरीफाइ गर्न सक्छ तर एकोहोरो शरणार्थी रट लगाउने ती बिचराहरूलाई म के भनौँ र खोइ !
मलाई विशेष गरेर प्रचण्ड, बाबुरामका केही भक्तहरूले राजाबादी, राजाको शासनमा माओवादी विरुद्ध सुराकी गरेको, युवराजले दिएको गाडी चढेको, राजाले दिएको घरमा बसेको, राजाको शासनकालमा देश लुट्नेहरू मध्ये एक होस भन्दै मूर्ख मनुवाहरूले अत्यन्त हास्यास्पद तरिकाले मेरो चरित्र हत्या गर्ने गरेको विषयमा मेरो भन्नु के छ भने - हो राजाले २०५९ सालमा " देश बर्बाद भयो, भ्रष्टाचार अति भयो, माओवादीका नाम मा धेरै जनता मरे, म दुई वर्ष सत्ता आफ्नो हातमा लिएर देशमा सुशासन कायम गर्छु, माओवादीलाई बार्ताको माध्यमबाट राजनीतिको मूलधारमा ल्याउँछु, प्रजातन्त्रलाई सबल बनाउँछु, तपाईँहरूको साथ र सहयोग चाहियो" भन्दा हामीले साथ दिएकै हो । ढाँट्नु पर्ने कुनै कारणै छैन । मैले राजा, प्रजा सबै मिलेर अगाडि जाऊँ, भ्रष्टाचार अन्त्य गरौँ भनेर राष्ट्रिय रूपमा आह्वान गरेर राष्ट्रिय गीत गाएकै हो । एल्बम सिडी निकालेकै हो । मैले आफ्नै लगानीमा एल्बम सिडी प्रकाशन गरेको हुँ र आरोप लगाइए जस्तो कहीँ कतै बिक्री गरेर कुनै लाभ लिएको छ भने अहिले प्रचण्डहरूकै पार्टीको सरकार छ, फाइल पल्ट्याउ देखाऊ, त्यो बापत एक पैसा कहीँ कतै बाट लिएको कसैले प्रमाणित गर्छ भने म सर्वस्वहरण हुन तयार छु मेरो चुनौती छ ।
राजाको शासनकालमा न मैले केही लिएको हुँ, न मागेको हुँ, मेरो पत्रिका निष्पक्ष साप्ताहिकले पनि, अरू सबै साप्ताहिकहरूले सरकारी वर्गीकृत विज्ञापन अहिले जसरी वितरण गरिन्छ त्यो बेला पनि त्यसरी नै बराबर वितरण गरिन्थ्यो, विज्ञापन पाए होला । तर त्यस बाहेक कुनै फाइदा लिएको प्रमाणित होस म फाँसी चढ्न तयार छु । मैले खुन पसिना सिँचेर किनेर चढेको गाडी, मेरो घर मैले को सँग कहिले कहाँ कतिमा किनेको भन्ने सबै रेकर्ड हेर, अहिले तिमीहरूकै राज छ । जाऊ यातायात विभाग, जाऊ मालपोत कार्यालय तिमीले देख्ने नै छौ । राजाले दिएको प्रमाणित गर, म मेरो घर तिम्रै सरकारलाई बुझाउन तयार छु । सुराकी रे ?? सुराकी गरेको भए, लौ तिम्रै भएकाछन क्यारे पुलिस सेना सबै, खोज, प्रमाणित गर के सजाय भोग्नुपर्ने हो म चुनौती दिन्छु ।
माओवादी अपराधीहरूले मलाई २०६४ साल भदौमा अपहरण गरेर बेपत्ता पारे पछि यस्तै हावादारी आरोप लगाउँदै प्रश्नहरू गरेका थिए, मैले अपहरित अवस्थामा पनि भनेको थिएँ प्रमाणित गर मलाई मृत्यु स्वीकार्य छ । उनीहरू यती लागे, यती लागे तर भएको भए पो प्रमाणित हुन्थ्यो र ! त्यस पछि माफी मागेर खनालजी गल्ती भयो भन्दै अपहरण मुक्त गरेका बेला सुन्ने पत्रकारहरू र मेरा मित्र हरू अहिले पनि जीवितै छन् बुटवलमा ।
म राजनीति बाट पूर्ण अलग छु । स्वतन्त्र भएरै भन्दै छु ती एउटा राजा र त्यो राजसंस्था अहिलेका तिम्रा प्रचण्ड, ओली, बाबुराम, शेरबहादुर लगायतका हजारौँ छोटे राजाहरू भन्दा हजार गुणा बढी राष्ट्रभक्त, जनता भक्त थिए । हो कि होइन जनतालाई सोध । छातीमा हात राखेर आफै भन !
मैले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा एउटा लाइभ भिडियो मार्फत वहाँहरूलाई श्रद्धा सुमन व्यक्त गर्दै ओलीको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, दाशढुङ्गा काण्डका बारेमा सरकारले सत्य तथ्य बाहिर ल्याउनुपर्ने कुरा के गरेको थिएँ, मदन आश्रितको नक्कली अन्तर्वार्ता छाप्ने के के भनेर केही अरिङ्गाल खनिएछन् । मेरो चरित्र हत्या गर्दै केही दल र नेताका दासहरूले एउटा अनलाइन र फेसबुकमा सुन्दा पनि हाँसो उठ्ने गरी यती तल्लो दर्जामा गाली गलौचमा उत्रेछन्, के भन्नु ! मलाई नाना भाँती आरोप लगाउँदै धारे हात लगाएछन् । उनीहरूले अमेरिका बसेर किन नेपालको कुरा गर्छस्, हाम्रा नेताहरूलाई किन आलोचना गर्छस् सम्म भन्न भ्याएछन् । तिनीहरूका लेखाई बाट तिनीहरूको स्तर छर्लङ्ग हुन्थ्यो ।
आफै खाडीमा छ, आफै विदेशमा छ, फेसबुकमा लेख्छ - विदेशमा बस्ने अनि नेपालमा नेताहरूलाई गाली गर्ने ? आफै मूल्याङ्कन गर्नुस् त यस्ता दासहरूलाई के भन्ने ! म आफै पनि विदेशमा भएकाले र विदेशको मर्म बुझेकाले विदेशमा बस्ने हरेक हरेक नेपालीलाई अति सम्मान गर्दछु तर केही झोलेहरू यस्ता छन् जो खाडीमा बसेर पनि तिनै भ्रष्ट नेताहरूलाई भगवान् मान्छन् । आफै बिदेसिनु परेको मर्म यिनलाई नै थाहा छैन । के भन्नु !
एउटा अलि पुरानो घटना बताउँछु - २०५० सालमा बुटवलबाट मेरो सम्पादनमा प्रकाशन हुने निष्पक्ष साप्ताहिकले मदन र आश्रित स्वर्गारोहण हुनुभन्दा केही दिन अघि मात्र वहाँहरू सँग फोनमा गरिएको वार्ता पत्रिकामा प्रकाशित भयो । संयोग कस्तो भयो भने हाम्रो पत्रिका छाप्ने छापाखानामा छाप्ने मेसिन बिग्रिएका कारण बिचमा ३ हप्ता प्रकाशन स्थगित भएको निष्पक्ष साप्ताहिक ३ हप्ता पछि निस्कियो । स्वर्गारोहण हुनु अगाडिको अङ्क मदन आश्रित स्वर्गारोहण भए पछि प्रकाशन हुँदा त्यहाँ सुरुमै माथि बकाइदा नोट लेखिएको थियो कि - यो वार्ता फलानो मितिमा यसरी गरिएको थियो, बिचमा हाम्रो पत्रिका प्राविधिक कारणले प्रकाशित हुन सकेन, आज प्रकाशन हुँदा समसामयिक नै हुने भएकोले यी वार्ताहरू प्रकाशन गरिएको छ भनेर नोट सहित प्रकाशित कुराकानीमा न त कुनै विवादित विषय छन् न त केही । पार्टीका बारेमा गरिएको कुराकानी थियो त्यो त्यसको सम्पूर्ण प्रमाणहरू हामी सँग सुरक्षित छन् । त्यो प्रकाशित भए पछि बुटवलमा मेरो र मेरो पत्रिका निष्पक्ष साप्ताहिकको निकै खेदो खन्ने बाबुराम भट्टराई र कर्ण बहादुर कार्की सहित एक दुई जनाले नक्कली अन्तर्वार्ता भनेर समाचार छाप्न भ्याएछन् । अनि उनीहरूकै पहलमा पत्रकार सङ्घले पनि हो मा हो लगाएर एकतर्फी सदस्यता खोस्ने निर्णय गरेछ । न म सँग कुनै कुरा सोधियो न त भेरीफाइ गरियो ।
मैले तत्कालीन एमालेलाई लौ तपाईँहरू छानबिन गर्नुस् भने । म सँग भएका सबै प्रमाणहरू सहित एमाले र नेपाल पत्रकार महासङ्घलाई पनि गुहारेँ । एमालेले छानबिन गर्यो सफाइ दियो, पत्रकार महासङ्घले छानबिन गर्यो सफाइ दियो । त्यो बेला मलाई अन्याय भयो भनेर पत्रकार महासङ्घमा आदरणीय अध्यक्ष दाइ होमनाथ दाहाल, पुरुषोत्तम दाहाल, गोपाल दास श्रेष्ठ समेतलाई यो सबै कुरा बुझाए पछि वहाँहरूकै पहलमा सफाइ सहित सदस्यता फुकुवा भयो । त्यस पछि म नेपाल पत्रकार महासङ्घको लगातार केन्द्रीय पार्सद भएर काम गरेँ । यी कुराका सबै जानकार तत्कालीन नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष बालकृष्ण चापागाईँ अहिले पनि सकुशल हुनुहुन्छ । वहाँ सँग सोधे हुन्छ । यी तथ्यलाई सधैँ बङ्ग्याउने र मेरो बदनाम गर्न तल्लीन केही मान्छेहरू लाई यो सधैँ खुराक हुने गरेको छ । हिम्मत छ भने पुष्टि गर म फेरी पनि चुनौती दिन्छु । आरोपको कुनै तुक छैन ।
म असाध्यै खट्ने, परिश्रम गर्ने मान्छे । परिश्रम गरेपछि, खुन र पसिना चुहाएर काम गरेपछि, गीत सङ्गीत, पत्रकारिता, कलाकारिता सबै क्षेत्रमा खटेपछि, रेडियो नेपाल, नेपाल टेलिभिजन, आफ्नै म्युजिक कम्पनी, एल्बमहरू प्रकाशन गर्दै जाँदा स्वाभाविक हो कार चढ्न थालेँ, आफ्नै घरमा बस्न थालेँ, अग्रज पत्रकार मणि राणाको आग्रहमा बिबिसीलाई सहयोग गर्थेँ । म रेडियो मा बोलेको सुन्नै नहुने, बिबिसीमा मेरो रिपोर्टिङ सुने ज्वरो आउने, रेडियो नेपालमा मेरो आवाज सुन्यो कि ज्वरो आउने, नेपाल टिभीमा म आयो कि ईर्ष्या गर्ने केही मान्छेहरू किन हो मलाई थाहा छैन सधैँ खुट्टा तान्न लागिरहन्थे । २०४७ सालमा पुरुषोत्तम दाहालले सञ्चालन गर्नुभएको रेडियो नेपालको इतिहास रचेको कार्यक्रम घटना र बिचारका लागि मलाई पुरु दाइले लुम्बिनी अञ्चलभरिको जिम्मेवारी दिनुभएको थियो, म घटना र बिचारमा जब लाइभ बोल्थेँ पुरु दाइ लाई फोन गइहाल्थे रे - किन रामप्रसाद खनाललाई रेडियो नेपालमा राखेको भनेर । दाइले अहिले पनि सम्झनुहुन्छ ती दिन । वहाँ भन्नुहुन्छ - हाम्रो समाज अचम्मको छ रामप्रसाद भाइ, कोही अगाडि बढेको, प्रगति गरेकोमा आफ्नै निकटहरू निकै ईर्ष्या गर्छन् । खुट्टा तान्छन् । गरी खाएको देख्न चाहन्नन् ।
हुन त सतीले श्राप गरेको देश हो हाम्रो देश । यहाँ राम्रो कुरा गर्नै हुन्न । मान्छे लाई जिउँदै मारिन्छ यहाँ काल्पनिक कुरा गरेर । कसैले कसैलाई आरोप लगाउँदैमा, फेसबुकमा लेख्दैमा, शेयर गर्दैमा दोषी हुने भए नेपालमा को नै बाँकी रहन्थे होला र ! कठै हल्लै हल्लाको समाज हाम्रो, हावादारी समाचारको बाढी, कौवाले कान लाग्यो भने कान नछामेर कौवाका पछाडि दौडिने हामी । म आफै पत्रकारिता गर्ने मान्छेलाई, रबीन्द्र मिश्र, रवि लामिछाने जस्ता पत्रकारहरू जसको मुख कलम सबै चल्छ र त चरित्र हत्या गरेर यसरी जिउँदै मार्ने प्रयास गर्ने देशमा अरू सर्वसाधारण को के हबिगत भएको होला । न सत्य बुझ्नु छ, न भेरीफाइ गर्नु छ, अनि अनलाइनमा हाल्यो फेसबुकमा शेयर गर्यो । चरित्र हत्या गरेर के नै पाउँछन् होला ! अरूको चरित्र हत्या गरेर आनन्द आउने हरूलाई मेरो भन्नु केही छैन । अरे अरे का भरमा पुरै झुट कुरा सम्प्रेषण गर्न, आफ्ना नेता र दलको चाकडी बजाउन उद्यत उद्दण्डहरूलाई अरू केनै भन्न सक्छु र ? के नै गर्न सक्छु र ! तर यति अवश्य भन्छु चुनौतीका साथ - मैले मेरो देशको, त्यो माटोको अहित हुने गरी, आफ्नो फाइदा हेरी कुनै त्यस्तो नाजायज अपराधपूर्ण कर्म गरेको छु भने, नेपाल आमाको चिर हरणमा कहिल्यै समावेश भएको छु भने, राज्य दोहन गरेर कुनै व्यक्तिगत लाभ उठाएको छु वा कुनै अपराध गरेको छु भने, कसैलाई मारेको छु भने प्रमाणित गर म हाँसी हाँसी फाँसी चढ्न तयार छु । जस्तो सुकै सजाय भोग्न तयार छु । बाध्यता र विवशताले हाल विदेशमा भए पनि कुनै राष्ट्रघाती, भ्रष्ट, बेइमान नेता वा दल वा व्यक्ति, समूहको चाकडी गरेर आज सम्म खानु परेको पनि छैन. खाने पनि छैन । नङ्ग्रा खियाएर जिन्दगी जिएको छु त्यसमा आफूले आफै प्रति गर्व गर्छु । अपराधीहरूसँग कहिल्यै पनि ज्यू हजुर गर्न जाने पनि छैन यो मेरो प्रतिबद्धता हो, मेरो चरित्र हत्या गर्न खोज्नेहरूलाई चेतना भया !
- भर्जिनिया, मे १६, २०२०
Updated :
मदन, आश्रितको अन्तर्वार्तालाई कथित नक्कली अन्तर्वार्ता भनेर आरोप लगाउने उपबुज्रुकहरुले यस बिषयमा नेपाल पत्रकार महासंघ रुपन्देहीका तत्कालिन अध्यक्ष बालकृष्ण चापागाइँको भनाइ हेर्ने कि !

******************************
हामी जस्ता, नेता पनि उस्तै !
ऐनामा हेर्नुस्, देखिन्छौँ दुरुस्तै !!
यस्ता नेता कहाँ पाइन्छन् ? अझै पालौँ, पाल्नुपर्छ !
****************************************
कोरोनाको भुङ्ग्रो अमेरिकामा लाशहरुको लस्करका बिच नेपालमा बढ्दै गएको सँक्रमण हेर्दा !
- रामप्रसाद खनाल
संसारको आकर्षण अमेरिका अहिले लगभग आधा सुतेको र आधा मात्र सुत्दा पनि अमेरिका कता कता मलाई सुनसान जस्तो लाग्न थालेको छ । न लागोस् पनि कसरी ? चौबिसै घण्टा जागाराम बस्ने, वर्ष दिन भरी नै रात दिन नभनेर चलिरहने र संसारलाई नै नेतृत्व गर्ने अमेरिकामा चीनको वुवानबाट सुरु भएको ज्यानमारा कोरोना भाइरसले मेरो देशमा माओवादी जनयुद्धका नाममा प्रचण्ड र बाबुरामले मच्चाएको दश बर्से ज्यानमारा युद्धमा ज्यान गुमाएका सत्र हजार निर्दोष मान्छेको ठिक डबल अर्थात् ३४ हजार भन्दा बढी मान्छेलाई आफ्नो आहारा बनाइसकेको छ । यो सङ्ख्या हरेक मिनेट, घण्टा र दिन बढ्दो छ । थाहा छैन अझ कतिलाई कोरोनाले आफ्नो गास बनाउने हो ।
हुन त अमेरिका मात्र होइन युरोप, अस्ट्रेलिया, क्यानडा देखी संसार नै कोरोनाको चपेटामा परिसकेको छ । यो पुग्न बाँकी कहाँ रह्यो र ?
यस अघि यसरी कहिल्यै पनि सुनसान भएको इतिहास नभएको त्यही अमेरिकामा आफू प्रत्यक्षदर्शी भएर बसेको छु अहिले । अमेरिका लक डाउन भएको पनि छैन र पुरा खुल्ला पनि छैन । यो अचम्मको देश रहेछ जुन देश एक हप्ता मात्र पूर्ण रूपमा लकडाउन गर्ने हो भने यो आफू मात्र सकिन्न संसारको अर्थतन्त्र स्वाहा पार्ने हैसियत राख्दो रहेछ, कुरा बल्ल बुझ्दै छु ।
आफ्नै अगाडि अमेरिकामा केही नेपालीहरूको पनि ज्यान लिएको कोरोनाको ताण्डव नियन्त्रित हेर्दा हेर्दै आँखा पाट्टिएका छन् । कुन बेला कसलाई कोरोनाले आहार बनाउँछ थाहा छैन । घर भित्र बन्दी जीवन बिताएको अनुभव मात्र होइन मैले मेरो जीवनकालमा सबैभन्दा लामो छुट्टी मनाएको भनेको शायद अहिले नै होला । तर छुट्टी मनाएर पनि थाकिँदो रहेछ । कति बस्नु घरका चार दिवार हेरेर । कति बस्नु मृत्युका समाचार पढेर । कति बस्नु त्रासै त्रास हेरेर !
बिहान उठ्यो, समाचार पढ्यो, हेर्यो, खाना खायो, फोन र टिभीमा आँखा गाड्यो, देश विदेशमा कोरोना भाइरसले मच्चाएको आतङ्क र यसको ताण्डव नियन्त्रित अनि यसले परेका असर हेर्दै जिब्रो टोक्यो, दिन ढल्छ, साँझ फेरि एक थाल भात बजायो अनि बिस्तारमा गयो । मन भरी डर, त्रास र आतङ्क छ कोरोनाको । सुते पनि निद्रादेवी सजिलै कहाँ आउंछिन र ! यता कोल्टे, उता कोल्टे, कोखो फेरि फेरि सुत्दा सुत्दै रात ढल्छ । यसो आँखा बन्द मात्र के भएका हुन्छन् सपनामा नेपाल पुगिहालिन्छ ।
नढाँटी भनौँ मैले अमेरिका बसेको यो १३ वर्षमा एका दुई पटक बाहेक कहिल्यै पनि सपनामा अमेरिका या बाहिरको कुनै घटना क्रम देखेको छैन । देख्छु मात्र नेपाल । आफ्ना गाउँघर, आफन्तजन, साथीभाइ, त्यहाँको परिवेश, त्यहीको हरेक घटना क्रम बिउँझिँदा मात्र होइन सपनामा पनि त्यही मात्र आउँछ ।
बिहान उठ्ना साथ हेर्ने समाचार नेपालको । नेपालको हरेक कुरामा नेपालमा हुँदा भन्दा बढी अपडेट भइन्छ यहाँ । दुख्छ उतै । किन हो थाहा छैन तर यसो भन्ने हो भने केही आफूलाई नेपाली भन्ने अरिङ्गगालहरुले फेसबुकमा गाली गर्न, सत्तो सराप गर्न भ्याइहाल्छन् । भन्छन् - नेपाल छोडेर विदेश किन गा को ? नेपाल आमालाई किन लात्ती हानेको ? आदी इत्यादि ।
तिनका "बाउहरू" जो राजनीतिका नाममा लुटतन्त्र चलाउँछन् र तिनैको जुठो पुरो खान पल्केका एक्काइसौँ शताब्दीका दासहरू रोजगारी वा अवसर पाएको भए करिब एक करोड नेपालीहरू किन बिदेसिनुपर्थ्यो र ? भनेर कहिल्यै सोंच्दैनन बरु विदेश जाने त उनीहरूका ठुला शत्रु हुन यस्तो सोंच्दछन । विदेशमा बस्ने नेपालीहरूले पठाएको रेमिट्यान्सले देश चलेको बुझ्ने त टाढाको कुरा भो । सरकार आफै श्रम मन्त्रालय मार्फत दक्ष नेपाली जनशक्ति बाहिरी देशलाई बेच्दछ त्यो यी पुच्छरहरू के थाहा ? लाई के अर्थ ?
अहिले हामी अमेरिकामा कोरोनाको भुङ्ग्रोमा छौँ, कुनै पनि बेला कसैलाई पनि कोरोनाले आक्रमण गर्न वा लैजान सक्छ । हामीलाई हाम्रो चिन्ता त छ तर हाम्रो आफ्नो चिन्ता भन्दा बढी हामीलाई नेपालको चिन्ता छ जहाँ हाम्रा आफन्तजन, सबै सबै छन् ।
हाल सम्म स्वास्थ्य मन्त्रालयको अद्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टि भएको सङ्ख्या ३० छ र जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ | जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाको ( २ वटा केस (२७ वर्षीय पुरुष र ६३ वर्षीय महिला) छन् । २०७७ वैशाख ५ गते अद्यावधिक गरिएको यो डाटा कोरोना भाइरस टेस्ट गरिएका बहुत थोरै मध्ये बाट देखिएको डाटा हो । यदि नेपालमा पनि अरू देशमा जस्तै ब्रिहत रूपमा टेस्ट गर्ने हो यो सङ्ख्या बढ्ने अनुमान गर्न सकिन्छ ।
उदाहरणका लागि अमेरिकालाई हेर्नुस् । सुरुमा नपत्याएको अमेरिकालाई टेस्ट गर्न थाले पछि बल्ल थाहा भयो कोरोनाले भित्र भित्रै ध्वंस गरिसकेको रहेछ । यस्तो नहोस् हामी कामना गरौँ नेपालको हकमा ।
हामी मरियो भने पनि नेपालमा रहेका हाम्रा आफन्तजन देखी कसैलाई पनि केही नहोस् हामीले भगवान् सँग यो प्रार्थना गरिरहेका छौँ यहाँ ।
अमेरिकामा पनि सोंचे अनुसार कोरोना भाइरस नियन्त्रणमा सन्तोषजनक काम भइरहेको छैन भन्ने गुनासो आएको छ त्यो सत्य हो । किन कि अमेरिका जस्तो संसारको मै हुँ भन्ने देशले हर कुरामा चमत्कार गर्छ गर्नुपर्छ भन्ने मान्छेको अपेक्षा मिट भएको छैन तर यहाँ सिस्टम छ र सिस्टमले काम गरिरहेको छ । यहाँ पनि फोहोरी राजनीति, दुई दलीय व्यवस्था भएको, डेमोक्र्याट्स र रिपब्लिकन को सधैँ त त र मे मे चलिरहन्छ । कोरोना भाइरसमा पनि राजनीति भइरहेको हामीले देखिरहेका छौँ तर यहाँ सिस्टममा मान्छेले विश्वास गर्छन् । यहाँ कुनै पनि अस्पताल, डाक्टर, नर्सले बिरामी नहेरेको, लिन नमानेको छैन बरु रिटायर्ड डाक्टर, नर्स, स्वास्थ्यकर्मी काममा फर्केर जीवन बँचाउने काम गरिरहेका छन् ।
फेसबुकमा यस्ता पनि सूचना र पोस्ट गरेको देखियो कि नेपालबाट - अमेरिकामा कोही बेखर्ची भए, समस्यामा परेको भए खबर गर्न भनेर साथीहरूले पोस्ट गरिरहनुभएको छ । एकातिर यी पोस्टहरू हेर्दा साथीभाइहरूको सहयोगी मनको प्रशंसा गर्न मन लाग्यो भने अर्को तिर यो पनि क्लियर गर्न मन लाग्यो कि - अमेरिकामा बस्ने, इमान्दारितापुर्बक काम गर्ने, कुनै अपराधमा संलग्न नभएका कुनै पनि नेपाली अहिले सम्म कोरोनाको कारण अमेरिकामा बेखर्ची भएको वा त्यस्तो दुखद अवस्था सिर्जना भएको र नेपाल तिरबाटै सहयोग उठाउने अवस्था आएकै छैन । सम्बन्धित सबैलाई जानकारी गराउँ कि - अमेरिकी सरकारले हरेक नागरिक वा लिगल्ली बसेका काम गरेका सबैलाई उनीहरूको आम्दानी हेरी प्रति व्यक्ति एक हजार दुई सय डलर र कोरोनाका कारण काम छुटेका, गुमेका वा बिरामी परी काममा जान नसकेका भए प्रति व्यक्ति हप्ताको छ सय डलर बेरोजगारी भत्ता दिई रहेको छ अहिले । यहाँ केन्द्रीय सरकारले मात्र होइन स्ठानिय सरकार अर्थात् नगर, काउन्टी, स्टेट सबैले सहयोग गर्छन् । कोरोना आए पछि मात्र होइन अमेरिकामा कोही पनि भोकले मर्दैन । सरकारले नसक्ने लाई नियमानुसार फुड स्ट्याम्प मार्फत खान बस्न दिँदै आएको छ ।
तर दुःख त त्यति बेला लाग्छ जति बेला गरिब दुखी, मजदुर, सर्वहाराहरू सर्वहाराहरूको भनिने भनिने सरकारबाट राहत नपाएर जिल्ला गाउँ फर्किन खोज्दा पुलिसको चुटाइ खान्छन्, समातिन्छन्, कार्वाहिमा पर्छन्, भोक भोकै पर्छन् । बन्दोबस्त मिलाएर उनीहरूलाई राख्नुपर्ने सरकारको दायित्व होइन र ? लक डाउन मात्र समस्याको समाधान हो र ?? लक डाउन बाहेक खोइ त सरकारले देखिने गरी गरेको कार्य ??
कोरोना टेस्ट सुस्त गतिमा छ । टेस्ट गर्दा एक पटक पोजेटिभ अर्को पटक नेगेटिभ देखिन्छ, यस्ता छन् भएका टेस्ट किट । निजी अस्पताल बिरामी लिन मान्दैनन् । सङ्क्रमित बढ्दै गएका छन्, च्यालेन्ज बढ्दो छ । लक डाउन बढेको बडै छ । के लक डाउन मात्र राहत हो र सरकार ? सक्नेलाई त लक डाउनले केही फरक परेको छैन, प्रचण्ड, शेर बहादुर, केपी ओली लगायतका नेताहरूको मा पारिवारिक जमघट, विभिन्न भेराइटिका परिकार खाँदै, उत्सव जस्तै चलिरहेको छ तर नसक्नेका घरमा के होला ? ती गरिब दुखी, सर्वहारा जनताको के हालत होला ?? कहिल्यै अनुमान गरेका छौ सरकार ?? सोंचेका छौ तिनका पछीलाग्नेहरु ??
यस माहामारिमा सके सम्म सबै सुरक्षित हुनुपर्छ । कहीँ कतै कसैलाई नसरोस् भन्ने चाहना राख्नु स्वाभाविक हो तर आफ्ना नागरिकहरू लाई नचिन्ने, देश प्रवेश गर्न नदिने, हुँदा हुँदा अब एउटा गाउँ बाट अर्को गाउँ सम्म पनि छेकबार लाउने, मनिषाहरुलाई आफ्नो घर पुग्न नदिने जुन काम भइरहेका छन् ती अत्यन्त दुखद र अमानवीय छन् ।
सरकारको काम जनताको ढाड सेकेर कर असुल्ने र तिनै जनतालाई लक डाउनका नाममा अपराधी लाई जस्तै पुलिस लगाएर ढाड भाँचिने गरी कुट्ने, कुनै विकल्प नदिने हुनुहुँदैन । हो जनता पनि नियम कानुन र परिवेश अनुसार त चल्नै पर्छ सरकारलाई मानु पनि पर्छ तर भोक भोकै कसैले कोठाभित्र प्राण त्याग्नु पर्छ जस्तो गर्नु अर्को अपराध हो ।
यस्तै बेला हो सरकार चाहिने । सिंहदरबार गाउँ गाउँमा मुख ले मात्र भनेर हुँदैन व्यवहार मा पनि देखिनुपर्छ । सरकार जनतालाई राहत देऊ आहत होइन । बाँच्न देऊ । बालुवाटार र बुढानीलकण्ठले पनि जनताको मर्म बुझोस् । यस्तो कठिन बेलामा को सत्तापक्ष को प्रतिपक्ष नभनेर, नबनेर सबै बाँच्ने बचाउने काम गरियोस्, राजनीति भन्दा माथि उठेर कोरोना भाइरस महामारी विरुद्ध साझा कार्यक्रम बनाएर अघि बढ्नु नै आजको आवश्यकता हो अन्यथा कोरोनाले को काङ्ग्रेस को नेकपा वा को के पार्टीको भनेर छुट्ट्याउने छैन र यहाँ अमेरिकामा जस्तै लास विसर्जन गर्न धौ पर्ला भोलि । चेतना भया !
- भर्जिनिया, अमेरिका, अप्रिल १७, २०२०
***********
नयाँ बर्ष २०७७ को पहिलो दिन मैले गरेका १३ सँकल्पहरु - रामप्रसाद खनाल
१- गलत व्यक्ति र प्रवृत्तिहरूसँग सधैँ बच्ने र टाढा रहने ।
२- "सङ्गत गुनको फल" भन्ने भनाइलाई पूर्ण रूपमा आत्मसाथ गर्दै सङ्गत गर्न लायक, असल मान्छेहरूसँग मात्र सङ्गत गर्ने ।
३- अगाडि चिप्लो घस्ने र पछाडि ब्याक बाइटिङ्ग गर्नेहरूसँग बच्ने र टाढा रहने ।
४- मित्रताको एक्टिङ गरेर पछाडिबाट छुरा धस्नेहरुसँग कोरोना भाइरसबाट बच्न गरिँदै आएको सोसियल डिस्ट्यान्सिङ फर्मुला कायम गर्ने ।
५- सके सम्म, जाने सम्म, पुगे सम्म सहयोगको भावना अगाडि बढाउने तर दूध खुवाई खुवाई गोमन सर्पहरू पालेर आफैलाई डस्न दिने वातावरण बनाउने काम गर्दै नगर्ने ।
६- एकै पटकमा कुरा सुनेर, भावुक बनेर होइन अगाडि पछाडि हेरेर, बहुतकुछ मूल्याङ्कन गरेर मात्र मान्छेलाई विश्वास गर्ने ताकी धोकेबाजहरूले फेरी धोखा दिन नसकुन् ।
७ - राजनीतिको फोहोरमा पर्दै नपर्ने, स्वतन्त्र भएर बाँच्ने ।
८ - अबका दिनमा आफ्नो लागि मात्र नभएर अरूका लागि पनि झनै निस्स्वार्थ भावले सामाजिक कामलाई अगाडि बढाउने ।
९ - सङ्घ संस्थाहरूमा हुँदै आएको संलग्नता घटाउँदै जाने, निस्स्वार्थ भावले काम गर्ने ।
१० - गीत सङ्गीत, साहित्य, कला, लेखन, धर्म र संस्कृतिका क्षेत्रमा काम गर्ने ।
११ - खान पुगोस्, दिन पनि पुगोस् भन्ने भावले काम गर्ने ।
१२ - असल मान्छे बन्नका लागि गरिँदै आएको यात्रा प्रयत्न अगाडि बढाउने ।
१३- कसैको दिल दुखाएर कहिल्यै पनि कुनै पनि कुरा आर्जन गर्न नपरोस् । त्यस्तो भएर बाँच्न पनि नपरोस् भन्ने मान्यतालाई अझ दृढ बनाउने ।