रामप्रसाद खनाल शान्तिका लागि राजदूत (Ambassador for Peace) नियुक्त, The Washington Times का अध्यक्ष एबम Universal Peace Federation, USA का अध्यक्ष थोमस पि मेकडेभिटले गरे खनाललाई शान्तिका लागि राजदूतपदको प्रमाणपत्र हस्तान्तरण
संसारका १२० भन्दा बढी देशमा कृयाशिल, संयुक्त राष्ट्रसघका महासचिब देखी बिभिन्न देशका राष्ट्रपती, प्रधानमन्त्री, मन्त्रिहरु, सबै खाले धर्मका धर्म गुरुहरु, कलाकार, पत्रकार, बैज्ञानिक देखी प्रसिद्ध मानिसहरु आबद्ध, शान्तिका लागि अन्तर्राष्ट्रिय स्तरमै कार्यरत संस्था Universal Peace Federation, USA ले अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष एबम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाललाई शान्तिका लागि राजदूत (Ambassador for Peace) नियुक्त गरेको छ ।
हिन्दू धर्म गुरु एबम राजधानी मन्दिरका संस्थापक पूजारी गुरु अमरनाथ देखी, क्रिश्चियन, ईस्लाम, बुद्ध धर्म गुरुहरु, समाजका लब्ध प्रतिष्ठित बिभिन्न ब्यक्तिहरु, बिभिन्न देशका प्रतिनिधिहरु उपस्थित समारोहमा संस्था शान्तिका लागि काम गरिरहेको र यसमा संसार भरका सबैखाले ब्यक्तित्वहरु समाबेश भएको बताइयो । परिवार, समाज, देश र संसार कै लागि शान्तिका लागि काम गर्ने यो संस्थाको कार्यक्रम मा उपस्थित बिभिन्न बक्ताले संसारलाई शान्ति चाहिएको बताउनुभयो ।
हिन्दू धर्म गुरु अमरनाथले शंखध्वनी, बैदिक श्लोक बाचन सहित कार्यक्रम समापन गर्नु अघि लगायत उपस्थित ब्यक्तित्वहरुले आ आफ्ना मन्तब्य राख्दै शान्तिका लागि सबैले मिलेर काम काम गर्नुपर्ने बताउनुभयो । डा. विलियम सेलिगले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा बारबरा मोसेली, रन्ड्याल फ्रेन्सिस मिचिगो यकोहामा लगायतले Universal Peace Federation, USA को बारेमा जानकारी राख्नुभएको थियो ।
शान्तिका लागि राजदूत अर्थात Ambassador for Peace मा नियुक्त रामप्रसाद खनाल, रबी चोपरा र शशी चोपराले पनि आ आफ्ना मन्तब्य राख्दै विश्व शान्तिका लागि आफुहरुले मिलेर काम गर्ने र सक्दो योगदान दिने बताउनुभयो । सो अबसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीकाका महासचिब भूपनारायण घर्तिमगरले नेपालीहरुका तर्फबाट मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सबै उपस्थित ब्यक्तित्वहरुले पनि नेपाली नयाँ बर्षका अबसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका केही तस्वीरहरु :