1.4.10

SPECIAL RECORDS :

1. The First Man from Nepal who received an American International Award 'Man of the Year 2004 for Nepal ' Appointed to the 'Board of Advisor's for ABI and a Successful Candidate for 'The Contemporary who's who" Publication in the same time.

2. The First 'Folk Duet Singer' and Journalist Who have received Nepali Top Prestigious National Award 'Prakhyat Trisakti Patta' and 'Prabal Groakha Dakshin Bahu' from Head of the state of Nepal, for Continuously 2 years (2004 and 2005)

3. The First Youngest Nepali Folk Duet Singer, Journalist, Music Composer, Actor who received US Green Card (Permanent-Resident Card) by American Government, under category of extraOrdinary ability EB-1, As a Manager, Folk Duet Singer, Journalist, Music Composer and Actor .

4. Youngest Chief Editor & Publisher of Nepal, who has published his own news paper, at an age of 19 years.

BOOK : FROM GULMI TO AMERICA : Published in Dec. 2007

CONCLUSION OF THIS BOOK.......
गुल्मी देखी अमेरिकासम्म पुस्तकका केही मुख्य अंशहरु तल प्रस्तुत छन: 
 "गुल्मी देखि अमेरिका सम्म" प्रकाशनका सर्न्दर्भमा
जीवन भन्नु नै संर्घष्ा रहेछ, संर्घष्ा भन्नुनै जीवन रहेछ मेरो बुझाईमा । साढे तीन दशक भन्दा अघि गुल्मी जिल्लाको धरंपानी मैनडाँडामा जन्मेर संर्घष्ा शुरु गरेको म गुल्मीबाट बुटवल, बुटवलबाट काठमाडौं,
काठमाडौबाट संसारका २४ भन्दा बढी देशको भ्रमण पछि अमेरिकालाई अर्को कर्मभूमी बनाउने निर्ण्र्ााा
पुगेर फेरि अर्को संर्घष्ाको मैदानमा उत्रिएको छु । थाहा छैन म सही गर्दैछु या गलत । जेसुकै भए पनि आफ्नै मातृभूमी प्रति सदा सदा उत्तरदायी छु...


तर आपसी कलह, द्वन्द, अस्थिरताले गर्दादेशमै बसेर केही गर्नुपर्छ भन्ने बोध हुँदा हुँदै पनि म विवश भएर अरु विदेशीएका प्रतिभाहरुको लहरको पछिल्लो पंक्तिमा उभिएको छु । म के कुरामा प्रतिबद्ध छु भने देशको अवस्था सुध्रिदै गएमा, 'केही' गर्ने वातावरण भएमा म त्यो पहिलो व्यक्ति हुनेछु जो विदेशको बर्साई छोट्याएर आफ्नै देश फर्किनेछ र देश भित्रै केही गर्नेछ ।
यो सानो पुस्तक "गुल्मी देखि अमेरिका सम्म" कुनै ऐतिहासिक प्रकाशन नभई मेरो नितान्त व्यक्तिगत तीता मिठा अनुभूतिहरुको सार संक्षेप हो । अझ भनांै रामप्रसाद खनाललाई चिनाउने र उसको यथार्थ अवगत गराउने एउटा संक्षिप्त बायोग्राफी मात्र हो । यस अगाडी प्रकाशित 'तीता मिठा अनुभूतिहरु' नामक पुस्तकको पूरक र अलिकति विस्तृतरुप हो यो । यस पुस्तकमा मेरो संर्घष्ा देखि मेरो जीवनमा मैले प्राप्त गरेका उपलब्धिहरुसम्म, गुल्मीको एउटा विकट गाउँबाट रु १० -दश) मात्र बोकेर घरबाट कदम बाहिर निकालेदेखि अमेरिकामा गएर 'अतिरिक्त क्षमता, प्रतिभा भएको असाधारण व्यक्ति' को मान्यता पाउँदासम्मका पलहरुलाई जस्ताको तस्तै तथ्यहरु बोध गराउने प्रयास गरिएको छ ।
वरिष्ठ विद्धान लेखक, साहित्यकार, राजनीतिज्ञ मोदनाथ प्रश्रति, पर्ूव सचिव -प्रशासक) श्रीराम पौडेल, वरिष्ठ पत्रकारद्वय अर्जुन ज्ञवाली र वसन्तध्वज जोशीका संक्षिप्त भूमिकाहरु -जो यस अघिको प्रकाशनमा समेत प्राप्त थिए) ले यस पुस्तकको अति महत्व राखेका छन् यसका लागि वहाँहरु प्रति हार्दिक आभारी छु ।
यो पुस्तक प्रकाशनमा सहयोग पुर्‍याउने अन्तर्रर्ााट्रय कलाकार मञ्च, अमेरिका, सम्बद्ध सबै र टाइप, डिजाइन गर्ने भाई सनत सापकोटालाई पनि म कहिलै बिर्सने छैन । यो कृति प्रकाशनमा मेरी जीवन संगिनी तर्ीथा र अमेरिकामा बस्ने मेरो भाई ऋषिको पनि अप्रत्यक्ष रुपमा त्यत्तिकै सहयोग
छ । मैले चाहेर पनि यस पुस्तकमा धेरै कुराहरु समेट्न सकेको छैन ।
मैले देश विदेशबाट प्राप्त गरेका सबै अभिनन्दन, सम्मान, पदकहरु यस पुस्तकमा राख्न सकेको छैन किनकी मेटलमा निर्मित वा विशेष प्रकारले निर्मित तिनीहरु पुस्तकमा ल्याउन कसै गरे पनि सम्भव हुने कुरा होइनन् । त्यसैगरि फोटोहरु भनौं वा पत्र-पत्रिकामा प्रकाशित लेख, रचना, अन्तर्वार्ता, विश्लेषणहरु यति धेरै छन कि त्यो त यहाँ झन समेट्नै सम्भावना छैन, कति पय डकुमेन्टहरु यस्ता हुन्छन् जसमा हुने नम्बर र साइन गोप्य राख्नु पर्ने हुन्छ बाहिर र्सार्वजनिक गर्न मिल्दैन त्यस कारण पनि पुस्तकमा समावेश गर्न सकिएको छैन । जे जति सम्भव भयो समेटेको छु यहाँ ।
यसै सर्न्दर्भमा यहाँ एउटा रमाइलो क्षण उल्लेख गर्न मन लाग्यो । अमेरिकामा ग्रीन कार्ड प्राप्त गर्न विभिन्न क्राईट एरिया छन् त्यस मध्ये वैज्ञानिक, कलाकार, प्रोफेसर लगायत केहीले अमेरिकी सरकार र त्यहाँको इम्रि्रेशनले तोकेका मापदण्ड पूरा गरे ग्रीन कार्ड प्राप्त गर्न सक्छन । Extraordinary ability EB-1 अर्थात असाधारण क्षमता, खुबी भएका व्यक्तिहरुका लागि हो यो क्याटेगोरी । यसै अर्न्तर्गत अमेरिकी सरकारले मलाई ग्रीनकार्ड दिएको हो । मैले यसका लागि एप्लाई गरें । यसमा १० वटा शर्त छन् जुन तपाईहरु जो कसैले पनि अमेरिकी सरकारको वेभ र्साईट धधध।गकअष्क।नयख मा हर्ेन सक्नुहुन्छ । ती दशवटा शर्त मध्ये कुनै तीन वटा पुरा गरे ग्रीन कार्ड प्राप्त गर्न सकिन्छ । मेरो हकमा १० मा १० सबै शर्त पुरा भए । अमेरिकी इम्रि्रेशनका 'कन्सुलर एट ल' जसले मेरो फाइल हेरेका थिए उनी दङ्ग पदर्ैर्ैैने "नेपालमा पनि यस्तो मान्छे रहेछ, आर्श्चर्य लाग्यो ! हामी धेरै खुसी छौ तपाई जस्तो मान्छेलाई अमेरिकाको स्थायी बासिन्दा बनाउन पाएर, तपाईले अमेरिकामा रहेर अरु धेरै काम गर्नुपर्छ र उदाहरण बन्नर्ुपर्छ, । एउटै मान्छे गायक, कलाकार, पत्रकार, संगीतकार, रेडियो टि.भी.को कार्यक्रम उत्पादक, प्रस्तोता, लेखक यो क्षमता बहुत नगण्य मानिसमा मात्र हुन्छ, तपार्इंलाई बधाई छ ।"
अन्त्यमा यस प्रकाशनका क्रममा कुनै कमी कमजोरी, गल्ती भएमा म क्षमा प्रार्थी छु र सल्लाह सुझावको सदा सदा अपेक्षा राख्दछु । धन्यवाद । - रामप्रसाद खनाल

रामप्रसाद खनाललाई खोतल्दा
- मोदनाथ प्रश्रित 

रामप्रसाद खनालको यो सानो पुस्तक उनका तीता-मिठा अनुभवहरुको सहज र स्वाभाविक विष्फोट हो । उनले यसमा जे-जस्ता घटना र अनुभवहरु प्रस्तुत गरेका छन् त्यसबाट उनलाई संक्रमणशील हाम्रो समाजको मनोविज्ञानलाई खोतलेर धेरै कुरा केलाउन सकिन्छ ।
रामप्रसादलाई मैले विगत दर्ुइ दशकदेखि नजिकैबाट चिनेअनुसार उनी हँसिलो स्वभावका, आफ्ना कुरा र कामबाट अरुलाई छिट्टै प्रभावित पार्न सक्ने र आफुले जिम्मा लिएका कामहरुमा निकै खट्ने मानिस हुन् । जीवनका विविध क्षेत्रमा हात हालेर सफलतासाथ काम गर्न सक्ने उनमा विशेष प्रतिभा र क्षमता छ । घरबाट रित्तै हिँडेर पनि उनले आफ्नै प्रयत्नमा उभिएर र आफ्नै पसिनामा भिजेर पत्रकारिता, साहित्य र संस्कृतिको क्षेत्रमा निकै प्रगति गर्न सके । त्यसबाट उनले आफ्नो पारिवारिक आर्थिक व्यवस्था पनि राम्रै गर्न सके । रुपन्देहीको पत्रकारिताको विकासमा उनले निकै पसिना बगाएका छन र त्यसै जगमा उभिएर उनी राजधानीका पत्र-पत्रिका हुँदै वी.वी.सी.को नेपाली सेवासम्म पुग्न सफल भैसकेका छन् ।
आफ्नो प्रतिभा, मिलनसार व्यवहार र पसिनाको बलले उनी रेडियो नेपाल, टेलिचलचित्र र टेलिभिजनका विभिन्न कार्यक्रमहरुमा पनि सफलताका साथ प्रस्तुत हुँदै आएका छन् ।
उनी पत्रकारिता, कलाकारितामा मात्र होइन, गीत रचना र गायन दुवै क्षेत्रमा कुशल छन् । विद्यार्थी जीवनबाटै लोकगीतको क्षेत्रमा प्रवेश गरेका खनालले विभिन्न मञ्च र रेडियोमा गाउँदै, दोहोरीगीत-लोकगीतका अनेकौँ क्यासेटहरु उत्पादन गर्दै नेपाल टेलिभिजनको माध्यमबाट लोकदोहोरी कार्यक्रमलाई देशभरी र विदेशमा समेत अत्यन्तै लोकप्रिय बनाउन सफलता पाएका छन् । संगीतलाई कृत्रिम दिशातिर लतारेर नेपाली मौलिकतालाई भाँचभुँच पार्नेहरुलाई चोटिलो जवाफ मिलेको छ र उनीहरुका उत्पादन खपत हुन छोडेका छन् । लोकगीतको क्षेत्रमा यस्तो राष्ट्रिय जागरण ल्याउने उनको प्रतिभा र प्रयासलाई सबले सराहना गरेका छन् ।
रामप्रसादको श्रम, सीप र छिटो प्रगतिबार्टर् इष्र्या गर्ने केही मानिस पनि मैले भेटेको छु । हाम्रो सामन्ती संस्कारको एउटा निकृष्ट पक्ष आफुले केही गर्न नसक्नु र केही गर्नेहरुकोर् इष्र्या गरेर खुट्टा तान्ने प्रवृत्ति हो । यसबारे एकजना पुराना कविको भनाइ छ -
अरुको प्रगति-कर्ीर्ति देखी जो नीच जल्दछन्
सक्तैनन् आफुले गर्न गर्नेलाई उडाउँछन
-दहृयमानाः सुतीब्रेण नीचाः पर यशो˜ग्निना
अशक्तास्तत्पदं गन्तुं ततो निन्दां प्रकर्ुवते ।)
रामप्रसादको बारेमा त्यस्ता केही टीका-टिप्पणी सुनेपछि म एकदिन बुटवलको उनको घरमा पुगेँ र त्यहाँ बसेर उनको चिन्तन र व्यवहारका विभिन्न पक्षलाई अलि मसिनोसित हर्ेर्ने प्रयास गरेँ । अनि उनले काठमाडौ आएर गरेको प्रगतिपछि पनि उनीसित थुप्रै प्रश्नोत्तर गरेँ । मलाई के लाग्यो भने उनले आधारभूत रुपमा आफ्नै प्रतिभा र पसिनाले प्रगति गरेका छन् । आगामी दिनमा उनको छरिता पाइलाले स्वदेश र विदेशका धेरै लामा बाटाहरु पार गर्न सक्नेछन् र तिनले सफलताका धेरै शिखरहरुलाई चुम्न पाउनेछन भन्ने मलाई विश्वास छ ।
म कामना गर्दछु उनी निन्द्राबाट नहच्कुन् र सफलता र प्रशंसाबाट नहस्कुन् । जुन बाटोले उनलाई अहिले यहाँसम्म ल्याइपुर्‍यायो, पछि कस्तै कठिनाई आएमा पनि विचलित नभएर उनी राजनीति, साहित्य, संगीत, कला आदि जुन माध्यम मनपर्छ त्यसैलाई अँगालेर त्यही बाटोमा अघि बढिरहनु् सफल होउन् ।
स्वयंभु, काठमाडौ -तीतामिठा अनुभूतिहरु-१ बाट साभार)


मेरो नजरमा रामप्रसाद खनाल
- श्रीराम पौडेल -पर्ूव सञ्चार सचिव


 रामप्रसाद खनालसँग मेरो चिनारी भएको धेरै भएको छैन । म सूचना तथा संचार मन्त्रालयको सचिव पदमा कार्यरत रहँदा वहाँसँग मेरो पहिलो भेट भएको हो । रेडियो नेपालमा एउटा कार्यक्रम चलाउने सिलसिलामा मेरो सहयोगको अपेक्षा गर्दै वहाँ आउनु भएको थियो । वहाँले केही समय रेडियोमा कार्यक्रम चलाउनु भयो । पछि नेपाल टेलिभिजनमा लोक दोहोरी कार्यक्रम संचालन गर्ने सर्न्दर्भमा पनि वहाँलाई मैले थोर बहुत सहयोग गरेको थिएँ । यस कार्यक्रमलाई वहाँले अत्यन्त सफलताकासाथ संचालन गरी हराउँदै गएको यस विधालाई अत्यन्तै लोकप्रिय बनाई यसको धुमधाम श्रीवृद्धि गर्नमा मद्दत पुर्‍याउनु भएको छ । जसले गर्दा यो कार्यक्रम अन्य श्रव्य दृश्य माध्यममा एवं काठमाडौंका साना ठूला खाले होटल, रेष्टुराँमा नेपाली विदेशी सबैबीच लोकप्रिय भईरहेको छ । यसले बिस्तारै हराउँदै गएको निख्खर नेपाली संस्कृति लोकलयलाई उजागर गरी केही हदसम्म पाश्चात्य संस्कृतिको अतिक्रमण रोक्ने कामलाई पनि सघाउ पुर्‍याएको छ ।
रामप्रसाद खनाल- उमेरले साढे तीन दशक नाघेका भएपनि अहिले वहाँको ख्यातिले धेरै दशक पार गरिसकेको देखिन्छ । सानो बेलादेखि नै संर्घष्ाशील खनालजी अत्यन्त परिश्रमी एवं बहुमुखी प्रतिभाको धनी हुनुहुँदोरहेछ भन्ने कुरा मैले धेरै पछि मात्र थाहा पाएँ, जब वहाँले मलाई वहाँको गीति क्यासेट विमोचनमा बोलाउनु भयो । वहाँले आफैले गाएका गीतहरुको श्रवण गर्दा एउटा मीठो गायकको रुपमा मैले वहाँलाई पाएँ । वहाँलाई मैले सन्तोष पन्तको टेलिफिल्ममा कलाकारको रुपमा मैले यसअघि देखेको थिएँ । यसरी कलाकार, गायक, प्रस्तोताकासाथ पत्रकारको रुपमा पनि वहाँलाई देख्दा साँच्चै नै बहुआयामीक बहु प्रतिभाशाली व्यक्तिको रुपमा मैले पाएको छु । वहाँकै अग्रसरता र घच्घच्याईले 'निष्पक्ष' पत्रिकामा संबद्ध हुन थालेपछि पत्रकारिताको क्षेत्रमा वहाँको योगदानलाई मैले अझ नजिकबाट देख्ने मौका पाएको छु ।
'निष्पक्ष' साप्ताहिकको कार्यालयमा काम गर्न आउँदा वहाँले एक दिन भन्नुभयो- 'म मेरो आत्म-कहानी प्रकाशन गर्दैछु, तपाईंले भूमिका लेखिदिनुहोला ।' मैले भनें- 'तपाईं भरखर साढे तीन दशकको हुनुभयो, आत्मकहानी लेख्ने बेला भएको छैन ।' वहाँले जवाफ दिनुभयो- 'मेरो विचारमा ढिलो भईसकेको छ ।' यो सटिक जवाफले पनि वहाँ समयको गति भन्दा अगाडि हिँड्न खोज्ने विलक्षण व्यक्तिको रुपमा चिनिनुहुन्छ । वास्तवमा विलक्षण व्यक्तिलाई उमेरको पावन्दी हुँदैन । खनालजीले विविध विधामा चरितार्थ गरिदिनु भएको छ । वहाँको बहुमुखी प्रतिभा अझै फस्टाउँदै जाओस्, विविध विधामा वहाँको योगदान अझ उत्कृष्ठ रुपमा उजागर हुँदै जाओस् । मोतीराम भट्ट ३० वर्षो अल्प आयुमानै प्रतिष्ठित हुनु भएको हो । खनालजीले पनि साढे तीन दशकमै ख्याति आर्जन गरिसक्नु भएको छ । वहाँलाई मोतीराम भट्टसँग तुलना गर्न खोजिएको होईन । ३० वर्षो संयोगको चर्चा मात्र गरिएको हो । वहाँ फुरुङ्ग नहुनुहोस् -फुरुङ्गले प्रगति रोकिन सक्छ) । बाँकी शतायू, जीव जगतको भलोको लागि साधनारत रहनुहोस्, हार्दिक शुभकामना । झम्सीखेल, ललितपुर -तीतामिठा अनुभूतिहरु-१ बाट साभार)

एक जोडी परेवासित गा“सिएको खनाल भाइको कथा
-अर्जुन ज्ञवाली -वरिष्ठ पत्रकार

आफ्नै खोला-टोलाको भएर होला, म रामप्रसाद खनाललाई रुचाउँथे । आफूले रुचाएको मान्छेले प्रगति गर्दा खुशी लाग्नु स्वाभाविकै हो, रामप्रसादले प्रगति गरेकोमा मलाई खुशी लागेको छ । मेरो जन्मस्थल अर्घर्ााँची-खर्जेङ्ग खोलाको पारिपट्ट ि ठूलाखर्क । रामप्रसादको जन्मस्थल खर्जेङ्ग खोलाको वारिपट्ट िगुल्मी धरम्पानी मैनडाँडा । जन्मस्थलको सानिध्यले मानिसलाई अवश्य नजिक गराउँछ । मलाई पनि गरायो ।
० 14 वटा गीति पुस्तक प्रकाशन ।
० करिब 1200 लोकगीत, दोहोरीगीत, आधुनिक गीतको लेखन, गायन ।
० 38 वटा गीती क्यासेट, सी.डी. र भी.सी.डी. को प्रकाशन
० निष्पक्ष साप्ताहिक २०४८ देखि २०६३ सम्मको निरन्तर प्रकाशन
खनाल भाईका यी कृतिहरुलाई म धन्यवाद नदिइरहन सक्तिनँ । रामप्रसादलाई मैले कहिले वी.वी.सी.मा सुनें । कहिले 'नेपालको सेरोफेरो' मा रेडियो नेपालमा । कहिले नेपाल टेलिभिजनमा । टेलिभिजनमा 'सेरोफेरो' देखें, 'विद्युत' कार्यक्रम देखें । 'लोकदोहोरी'मा देखें । सन्तोष पन्तको ऐतिहासिक टेलिश्रृंखला 'हिजो आजका कुरा'मा विभिन्न महत्वपर्ूण्ा अभिनयमा देखें । जहाँ देखें नेपालको सेरोफेरोमै देखें । त्यसो भएर पनि मलाई यिनको माया लाग्यो । यिनलाई निखारेर चिनाएको भने नेपाल टेलिभिजनको लोक दोहोरीले नै हो ।
२०५३ सालको कुरा हो । बुटवलको एउटा वनभोजमा रामप्रसाद भाइले मलाई सोधेका थिए- "अर्जुन दाइ, अरु केही गर्न सकिन्छ कि भनेर मलाई काठमाडौं जाऊँ जस्तो लागेको छ, कसो होला -" मैले भनेको थिएँ- "तिमी केही गर्न सक्ने खालका छौ जस्तो लागेको छ । काठमाडौं मुलुकको राजधानी हो, ठूलो ठाउँ हो । अवश्य प्रगति हुन्छ जाऊ ।" मैले यो भनेकै आधारमा पनि र रामप्रसादले गरेकै आधारमा पनि म उनलाई धन्यवाद नदिइरहन सक्तिनँ । बुटवलबाट पत्रकारिता शुरु गरेको, पत्रकारिताको बाह्रखरी गर्दा मैले पनि केही सघाएको र समाचार पत्रकारिता हुँदै विशाल सांस्कृतिक पत्रकारितामा भाइ नामी भएकोमा दाइलाई खुशी लाग्नु स्वाभाविक कुरा हो । यसै सिलसिलामा भाइ रामप्रसाद बेलायत, अमेरिका हुँदै विश्वका धेरै देश पुगे । विभिन्न गोष्ठी सेमिनारहरुमा भाग लिए । नयाँ नयाँ ज्ञान-गुनका कुरा सिकेर आए । यो कुराले म झनै खुशी छु ।
पश्चिम नेपाल, गुल्मी जिल्ला, धरम्पानी मैनडाँडाको एउटा ठिटो आफै त तरक्की गरेर आजका अति विकसित देश बेलायत, अमेरिका पुगेर केही सिकेर आउँछ भने पिछडिएको पश्चिम क्षेत्रको नाताले पनि इष्र्या होईन, खुशी मान्नु पर्छ ।
बाउ आसाम राइफलमा फौजी जागिरे । दाजु काठका ठेकेदार । खानका लागि एक मानाका पक्का रामप्रपाद आफैले पालेका एक जोडी परेवा दश रुपियाँमा बेची बाटा खर्च बनाएर बुटवल झरेका हुन् । बुटवल-काठमाडौं हुँदै बेलायत- अमेरिका गए भने यिनी अरु केही गर्न सक्छन् भन्ने मलाई विश्वास छ ।
विभिन्न क्षेत्रबाट लोकगीत, दोहोरी गीत र समग्रमा गीत-संगीतकै क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा राष्ट्रिय एवं अन्तर्रर्ााट्रय क्षेत्रबाट रामप्रसाद खनाललाई दर्जनौं पुरस्कार र अभिनन्दनबाट अभिनन्दित गरेकोमा मलाई झनै खुशी तुल्याएको छ । विभिन्न किसिमका पुरस्कार, अभिनन्दनका लागि पनि र यो कृति प्रकाशन गर्न लागेकोमा पनि रामप्रसाद खनाल भाइलाई मुरी मुरी बधाई ।
शंकरनगर, रुपन्देही -तीता मिठा अनुभूतिहरु-१ बाट साभार)

खनालका तीता मिठा अनुभूतिहरु हर्ेदा
-बसन्तध्वज जोशी -बरिष्ठ पत्रकार


लुम्बिनी अञ्चलको गुल्मी जिल्लामा पर्ने हर्दिनेटा गाविसमा जन्मी आफ्नो संर्घष्ामय जीवनयात्रामा अनेकौं उकाली, ओराली र गल्छेडाहरु पार गर्दै आफ्नो लक्ष्यमा पुग्न सफल बन्नु भएका युवा पत्रकार एवं चर्चित गायक, कलाकार "हुने बिरुवाको चिल्लो पात" को नाम हो रामप्रसाद खनाल ।
२०४६ साल अघि मेरो उहाँसँग कुनै चिनाजानी थिएन । दैनिक जनसंर्घष्ाको प्रकाशन पछि मात्र उहाँसँग मेरो चिनाजानी बुटवलमा भएको हो । २०४८ सालतिर बुटवलमा नेपाल भारत सीमावर्ती पत्रकार समन्वय समिति गठन पश्चात मेरो उहाँसँगको चिनापर्ची प्रगाढ बन्दै गयो । २०५० को साउन महिनातिर नेपाल भारत सीमावर्ती पत्रकारहरुको -२४-०७-१९९३ मा) भारतको कुशीनगरमा भएको दोस्रो अधिवेशनमा मैले उहाँलाई अझ नजीकबाट चिन्न पाएँ । उहाँ पत्रकार मात्र हुनुहुन्न, एक कलाकार पनि हुनुहुन्छ भन्ने कुराचाहिं कुशीनगरमा आएर मात्र थाहा पाएको हुँ । म प्रेस क्लब अफ रुपन्देहीको अध्यक्ष छँदा उहाँले मलाई निकै सघाउनु भएको थियो । क्लब भित्रका केही अवसरवादी र गैर जिम्मेवार सदस्यहरुले कसैको बहकाउमा लाएर क्लबबाट राजीनामा गरे पनि उहाँले आफनो नैतिक अडान देखाउनुका साथै चुनौतीपर्ूण्ा घडीमा मलाई साथ दिनु भएको थियो । मेरो सम्पादन र प्रकाशनमा बुटवलबाट निस्कने एक्सरे साप्ताहिकमा एक पटक एउटा संस्थालाई "क्लब" भन्ने समाचार छापिए पछि सो संस्थाले एक्सरेलाई वहिष्कार गर्दा सो संस्थाबाट अनपेक्षित लाभ उठाउन पल्केका केही पत्रकार मित्रहरुले उल्टै कुहिना ठोकेर खुचिङ्ग खुचिङ्ग गरी पत्रकारिताको ब्यावसायिक एकताको धर्म मर्यादा विपरित सो संस्थाको हिमायती बन्न पुगेका थिए भने जिल्लाको कान्छो पत्रकार भैकन पनि त्यतिखेर रामप्रसाद खनालले पत्रकारिताको ब्यावसायिक एकताको धर्म निभाउने कार्यमा लोहा लिएका थिए ।
उमेरको हिसाबले कनिष्ठ भएपनि उहाँ सफलताको उँचाईमा पुगिसक्नु भएकोछ । "गरे के हुंदैन, के गर्न सकिंदैन -" भन्ने धारणा भएका कर्मठ पत्रकार गायक रामप्रसाद खनालले हामी सबैलाई उछिनेका छन् । उहाँ आफ्नो काममा निकै मिहेनती र लगनशील हुनुहुन्छ । उहाँ कहिले निष्पक्षको सम्पादनमा ब्यस्त देखिनु हुन्छ त कहिले नेपाल टेलिभिजनको पर्दामा लोकगीत नाचगानमा, त्यस बाहेक विदेशका विभिन्न कार्यक्रममा पनि ब्यस्त देखिनुहुन्छ । उहाँलाई अब बहुमुखी प्रतिभाको संगालो भने हुन्छ ।
"भद्रंकृते भद्रमाप्नोति" अर्थात असल गरे असल हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो खनालजीको हालको प्रगति र उपलब्धी । गुल्मीको दर्ुगम गाउँमा जन्मेर पनि उहाँले प्राप्त गर्नुर्ु भएको प्रगति र सफलतालाई हर्ेदा खानेमुखलाई जुंगाले छेक्दैन भन्ने उखान चरितार्थ भएको छ ।
केही गर्न सकिन्छ, गरिँदो रहेछ र काम गर्ने सिलसिलामा विभिन्न उतार चढाव व्यहोर्नु पर्दो रहेछ भन्ने कुरा खनालजीलाई हेरे पुग्छ । यो कृति अरु युवाहरुका लागि पनि गतिलो पाठ र प्रेरणाको श्रोत बन्नेछ भन्ने मलाई पर्ूण्ा विश्वास छ ।
उद्यमेन हि सिध्यन्ति कार्याणी नमनोरथै ः
नहि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखेमृगा ।।
- वसन्तध्वज जोशी, सम्पादक एक्सरे साप्ताहिक
पो.ब.नं. २१७२३ काठमाडौं गोङ्गबु, काठमाडौं, फोन नं ३५४८१५/३५७८६२
भ्- mबष्स् िहचबथ२धष्लिप।अom।लउ - -तीतामिठा अनुभूतिहरु-१ बाट साभार)


गुल्मी देखि अमेरिकासम्म 
- रामप्रसाद खनाल

उमेरकै कुरा गर्ने हो बल्ल चार दशकको हाराहारीमा छु । पिता भविश्वर खनाल र माता रुन्दता देवी खनालको माइलो छोराको रुपमा यो पृथ्वी टेकेको हुँ मैले । मेरो जन्मस्थल हो गुल्मी हर्दिनेटा गा.वि.स. वडा नं. २ मैनडाँडा -हाल परिवर्तित खर्ज्याङ्ग गा.वि.स. वडा नं. ३) ।
पारिवारिक कुरा गर्ने हो भने ४ भाइ, ३ बहिनी, मध्यमवर्गीय परिवार, पिता आसाम राइफल -भारत) मा दाजु ठेकेदारका रुपमा कार्यरत हुनुहुन्थ्यो जतिखेर म जान्ने भएको थिएँ अर्थात बाल अवस्थामा । मलाई दाजू र कान्छी दिदीको विवाहको मात्र सम्झना छ, ठूली र माईली दिदीको विवाहको राम्रो सम्झना छैन, किनकि म सानै छँदा विवाह भएको रहेछ दुबै दिदीहरुको ।
मैले प्राथमिक र निम्न मा.वि.को शिक्षा हर्दिनेटा धरंपानीस्थित श्री मैनडाँडा नि.मा.वि., त्यसपछि माध्यमिक शिक्षा श्री आदर्श मा.वि. दिगाम, गुल्मीबाट हासिल गरेको हुँ । आदर्श मा.वि. दिगामबाट २०४५ सालमा एस.एल.सी. र बुटवल बहुमुखी क्याम्पस हुँदै पछि त्रि.वि.वि. कर्ीर्तिपुरबाट उच्च शिक्षा हासिल गर्ने अवसर पाएको थिएँ । पत्रकारिता र कलाकारिता मेरो पेशा र विषय भएता पनि औपचारिक शिक्षातर्फभने म समाज शास्त्रमा स्नातकोत्तर छु ।

प्रारम्भ

रेडक्रसमा काम गर्दाको क्षण

आठ कक्षामा पढ्दानै नेपाल जुनियर रेडक्रस र्सकल आदर्श मा.वि.को अध्यक्ष पनि थिएँ र त्यतिबेला हेटौंडामा आयोजित राष्ट्रव्यापी प्रतियोगीतामा समावेश भएर प्राथमिक उपचार तालीम, रेडक्रसको बारेमा बृहत तालीम गर्ने अवसर पनि पाएको थिएँ । अहिले के छ थाहा छैन त्यतिखेर प्रतियोगीतामा ७५ वटै जिल्लाबाट आाएका प्रतियोगीबीच जो प्रथम र द्वितीय हुन्छ त्यसलाई जापान वा क्यानाडाको २ महिनाको भ्रमणमा लगिन्थ्यो । मैले जम्मा २ नं.ले हारेर भ्रमणबाट बञ्चित भएको थिएँ ।

गीत संगीत, कलाकारिता र गुरुहरु
म सानैदेखि गीत संगीतप्रति अभिरुचि राख्दथें । मैले सानैदेखि गीत गाउँथे, नाच्दथें । लोकगीत, दोहोरी गीत, भजनकिर्तन, तीज गीत सवैमा गाउने नाच्ने गर्दथें । मलाई यो क्षेत्रमा व्यवस्थित गर्न सहयोग गर्ने आदरणीय गुरु नारद गौतम हुनुहुन्छ । वहाँको छत्रछायाँमा गीत गाउने क्रममा म कैयौं पटक आयोजित जिल्ला, क्षेत्रीय, अञ्चलस्तरीय गीति प्रतियोगीतामा प्रथम भएको पनि छु । गुल्मी जिल्लाका कुनै पनि प्रतियोगीतामा आदर्श मा.वि. दिगामको भनौं वा मेरो, यदि हाम्रो सहभागीता छ भने अरुले शुरुमै हामीले जित्दैनौं दिगाम आएको छ भनेर पहिलै हात उठाउँथे ।
स्कूलदेखि क्याम्पस तहसम्म अध्ययन गर्दा मलाई अध्यापन गराउने हरेक गुरुहरुलाई त्यत्तिकै सम्मान गर्ने गरेको छु मैले । अहिले पनि म कुनै पनि मलाई पढाएका गुरुहरुसँग हात मिलाउँदिनँ, अति सम्मान गर्छर्ुुध्यापन गराउने गुरुहरुप्रति । धेरै गुरुहरु मध्ये नाम लिँदा मैले भुल्नै नसक्ने गुरुहरुमा नारद गौतम र लोकनाथ उपाध्याय लगायत हुनुहुन्छ । यसो भनेर मैले अरु गुरुहरुको नाम नलिएर अपमान गर्न खोजेको होईन तर स्कूल देखि कलेज सम्मका सवै गुरुहरुको नाम लिइरहन संभव पनि हुँदो रहेनछ र त्यसमा पनि गौतम र उपाध्याय भन्नासाथ अहिले पनि यति श्रद्धाले शीर निहुरिएर आउँछ कि त्यसको कुनै लेखा जोखा छैन किन हो मलाई नै थाहा छैन । खास गरी २०४५ सालमा मैले जतिखेर रेडियो नेपालबाट लोकगीत र आधुनिक गीततर्फो स्वर परीक्षा ९ख्यष्अभ त्भकत भ्हamष्लबतष्यल० पास गरें त्यसपछि मेरो गीत/संगीतको यात्रा अरु व्यवस्थित भएर गएको छ ।
२०४५ सालमा प्रारम्भिक श्रेणीमा लोकगीत, आधुनिक गीततर्फस्वर परीक्षामा उत्कृष्ठ ठहरिएको म अहिले ख, क श्रेणी हुँदै रेडियो नेपालबाट -हालसम्म स्वर परीक्षा लिने सरकारी एक मात्र निकाय) 'विशिष्ट श्रेणीको 'लोक तथा दोहोरी गायक'मा म सूचिकृत र सम्मानित भैसकेको छु ।
हालसम्म करिब छ सय भन्दा बढी गीतहरु लेखेको छु, गाएको छु, ३८ वटा गीति क्यासेट, सि.डी., भि.सी.डी. हरु बजारमा ल्याएको छु । १३ वटा गीति पुस्तकहरु प्रकाशन गरिसकेको छु । रेडियो नेपाल, नेपाल टेलिभिजन, विभिन्न एफ.एम. रेडियोहरुमा अहिले मेरा गीतहरु प्रसारण हुने गरेका छन्, यद्यपि मलाई आफैलाई खड्किएको एउटा प्रश्न छ त्यो के भने म पञ्चायतकालमा र बहुदल आएपछिका वर्षरुमा पनि राजनीतिमा किन एकोहोरो भएर कथित 'क्रान्तिकारी' गीतहरुलाई बढी प्राथमिकता दिएँ, संभवतः मेरो त्यही भ्रमले पनि म गीत/संगीतमा अरु भन्दा केही पछि परेको हुन सक्दछु । अहिले मेरो बुझाई के छ भने आदर्श र व्यवहारमा धेरै फरक पर्दो रहेछ । गीत मात्रै क्रान्तिकारी गाएर वा भाषणमा मात्रै क्रान्तिकारीता पर््रदर्शन गरेर केही हुँदो रहेनछ त्यसैले कथित आदर्शवादी राजनीति देखि घृणा उत्पन्न भएको छ ममा ।
मलाई पहिलो पटक गीति क्यासेट निकाल्न सहयोग गर्ने व्यक्ति हुनुहुन्छ श्रद्धेय लोक गायक नारायण रायमाझी । वहाँको रिमा रेकर्डिङ्गबाट पहिलो एल्बम 'नेपालको प्रजातन्त्र' रर्ेकर्ड गरी बजारमा ल्याएको थिएँ । अब ३९ सौं एल्बम प्रकाशनको तयारीमा छु ।
बुटवलमा बस्दा हरेक वर्षतीजका अवसरमा तीजका गीतहरु प्रकाशन गर्ने काम गर्थें भने बुटवलमा बस्दा होस् वा काठमाडौं सरिसकेपछि होस् देश भित्र र देश बाहिर रेडियो नेपाल र नेपाल टेलिभिजनका कलाकारहरुसँगै आफू पनि गायकका रुपमा, सञ्चालकका रुपमा र को-अर्डिनेटरका रुपमा हिडियो, समावेश भएर अनुभव संगाल्ने अवसर पाइयो । गीत संगीतको क्षेत्रमा थुप्रै पुरस्कार तथा प्रमाणपत्र हासिल गर्न सक्षम भइएको छ । त्यसमा गौरवान्वित छु म । आफू भन्दा जुनियर र आफू भन्दा सिनियर सवैसँग समावेश भई कार्यक्रम गर्दाका अनुभव अझ स्मरणीय हुँदा रहेछन् भन्ने मलाई लागेको छ । अमेरिका, क्यानाडा, बेलायत, जापान, थाइलैण्ड, सिंगापुर, मलेशिया लगायतका करिब २ दर्जन देशहरुमा गएर पत्रकारका रुपमा अन्तर्रर्ााट्रय सेमिनारहरुमा होस वा गायक, कलाकारका रुपमा सहभागी बन्दा होस, मैले आफ्नो पेशागत धर्म निर्वाहमा कुनै कसर बाँकी राखिन जस्तो लाग्छ, यसमा मेरा पथ पर््रदर्शक, गुरुहरु, शुभचिन्तकहरुले गौरव गर्नु पर्छ भन्ने मलाई लाग्दछ ।
सामाजिक संघ/संस्थासँगको आवद्धता
मैले माथि नै उल्लेख गरें रेडक्रसमा त सानै देखि लागियो नै त्यसपछि रेयूकाई नेपाल, जेसीस जस्ता संघ/संस्थामा रहेर पनि काम गर्ने अवसर प्राप्त भयो । म नेपाल स्काउटमा पनि समावेश भएर काम गर्ने अवसर पाएँ । म नेपाल स्काउट, राष्ट्रिय प्रधान कार्यालयको प्रेस तथा संस्कृति सल्लाहकारका रुपमा बसेर ४ वर्षकाम गर्ने अवसर पाएँ । त्यस बाहेक दर्जनौं विभिन्न सामाजिक संघ संस्थामा बसेर पनि काम गर्ने अवसर प्राप्त भयो । सामाजिक संघ संस्थामा काम गर्दाको आनन्द र सन्तुष्टि बेग्लै किसिमको हुँदो रहेछ ।

छापा पत्रकारितामा संलग्नता
२०४६ सालको जनआन्दोलनमा रुपन्देही र कपिलवस्तुमा काम गर्ने क्रममा तत्कालीन वाममोर्चाका एक अग्रणी बालकृष्ण चापागाईंले जब बुटवलबाट दैनिक जनसंर्घष्ा प्रकाशन आरम्भ गर्नुभयो, म वर्ष१ अंक २ अर्थात् पत्रिका प्रकाशन शुरु भएको दोश्रो दिनमानै त्यसमा संलग्न भएँ । दोश्रो दिन पोखरा पुगेर हुलाक दर्ता गरेको मैले नै हो जनसंर्घष्ाको । मेरो काम त्यहाँ समाचार लेख्ने, मार्केटिङ्ग हर्ेर्ने र ग्राहक बनाउने सम्म सवै थियो । करिब २ वर्षभन्दा बढी मैले त्यहाँ काम गरेको हुँ । त्यो अवधिमा मैले विहान ६ बजेदेखि ११ बजेसम्म क्याम्पस पढ्ने र ११ बजेदेखि राती १/२ बजेसम्म पत्रिकामा काम गथर्ें, त्यसरी काम गर्दा मेरो शुरु तलब थियो ८०० -आठ सय) मात्र । मैले जनसंर्घष्ामा काम गर्दाको २ वर्षो अवधिमा ८ पटक टाइफाइड भएको थियो । ८ पटक टाइफाइड भएर पनि बाँचिरहेको म जस्तो अरु व्यक्ति सायद कमै होलान् ।
मैले जन संर्घष्ाका अलावा काठमाडौंबाट प्रकाशित हुने राष्ट्रपुकार, नेपालवाणी, छलफल, नेपालीपत्र, नेपाल टाइम्स, गोरखा एक्सप्रेस लगायतका कैयौं पत्रपत्रिकामा रिपोर्टिङ्ग समेत गर्दथें र मात्र मेरो अतिरिक्त आम्दानी हुन्थ्यो नत्र जन संर्घष्ाको ८०० तलबको के अर्थ हुन्थ्यो र ! पछि लोकपत्र दैनिकसँग पनि आवद्ध भएर काम गर्दा उत्कृष्ठ रिपोर्टरको रुपमा पुरस्कृत भएको थिएँ । पुरस्कृत भएँ विडम्बनाको कुरा पारिश्रमिक ५८ हजार अझै पनि पाउन बाँकी नै छ ।
मैले सन्देसा दैनिक भैरहवा, साप्ताहिक जन आवाजका अलावा एक्सरे साप्ताहिक, सत्य साप्ताहिकमा पनि विभिन्न समयमा समाचारदाता देखि सम्पादकसम्मको जिम्मेवारी निर्वाह गरेको छु ।

निष्पक्ष साप्ताहिकको शुरुवात
मेरो पत्रकारिता क्षेत्रको गुरु बालकृष्ण चापागाईं हो । जो नाताले मेरो भिनाजु पनि हुनुहुन्छ वहाँ आफैमा अत्यन्त संर्घष्ाशील, कर्मठ व्यक्तित्व तर अर्काले साह्रै सजिलैसँग प्रयोग गर्न सक्ने वहाँको कमजोरी । त्यसकारण जन संर्घष्ामा काम गर्दा गर्दै केही मत भिन्नता भए, म चाहान्थें जन संर्घष्ा राम्रो होस्, वहाँले मेरो कुरा भन्दा अरुको कुरा सुन्न थाले पछि मैले आफ्नै प्रकाशकत्वमा प्राध्यापक ऋषिराम भुसाल, अर्का प्राध्यापक सांसद नवराज सुवेदीलाई साथ लिएर निष्पक्ष साप्ताहिक पत्रिका शुरु गरें । निष्पक्ष साप्ताहिक शुरु भएपछि बुटवल भैरहवामा हङ्गामा भयो पत्रकार साथीहरुको बीचमा । अनि शुरु भए खिचातानी, चरित्र हत्या, खुट्टा तान्ने खेल बुटवल भैरहवामा । ऋषिराम भूसाल, नवराज सुवेदीजीहरुको म प्रतिको योगदान अविस्मरणीय छ ।

पत्रकारितामा खुट्टा तान्ने खेल
२०४९/०५० मा बुटवलमा पत्रकारहरु बसन्तध्वज जोशी, अर्जुन ज्ञवाली, ऋषिराम भूषाल, शशी पौडेल, र्सर्ूयलाल बाहेकका प्रायः सवै मेरो विरोधी पत्रकारका रुपमा दर्ज हुनुभयो । कर्ण्र्ााहादुर कार्की जसलाई म अग्रज मान्दथें, वहाँजस्तो भिलेन सायद कोही थिएन मेरो, वहाँको पछाडि पछाडि लाग्ने अन्य मित्रहरु पनि हुनुहुन्थ्यो । बालकृष्णजी पनि कर्ण्र्ााहादुरजी भनेपछि भुतको छायाँ जस्तो । वास्तवमा बुटवलमा पत्रकारहरुबीच फुट ल्याउने, युवा पत्रकारहरुलाई दास संझिने, अगाडी बढ्न नदिनेमा कर्ण्र्ाााइ कहिल्यै पनि दोश्रो नम्बरमा पर्नु भएन । वहाँसँगै सती जानेहरु धेरैले पछि पश्चाताप गर्नु भएको छ । कर्ण्र्ााहादुर दाइ, वास्तवमा म अहिले पनि वहाँको सम्मान गर्छर्ुुत्रकारितामा तर वहाँ जस्ता भिलेनहरु जसले आफू बाहेक अर्कोलाई कहिलै पत्रकार देख्न चाहनु भएन, खुट्टा तान्ने काममा निरन्तर लाग्नु भयो वहाँ र वहाँका पिछलग्गु केही अन्य मित्रहरुलाई साधुवाद दिन्छु म किनकि वहाँहरुकै कारण म र अन्य केही साथीहरु वास्तवमा पत्रकारिता गर्न र अघि बढ्न सक्यौं । एक हिसावले त कर्ण्र्ााार्कीलाई गुरु मानिदिए पनि हुन्छ ।
कुरा २०५० सालको हो । जेठको २० गते मेरो विवाह थियो । बुटवलको दैनिक जनसंर्घष्ा, दैनिक लुम्बिनी, नयाँ दिशा र चौतारी त्यस्तै काठमाडौंको दृष्टिमा विवाहकै दिन एउटा समाचार प्रकाशित भयो जुन समाचारमा मेरो विरुद्ध जेहाद छेडिएको थियो । मेरो चरित्र हत्या गर्दै मदन भण्डारीको फर्जि अन्तर्वार्ता निष्पक्षले छापेको आरोप लगाउँदै पत्रकार संघबाट निस्काशन सम्मको कार्वाही गरेको भन्ने एकतर्फी झुठ्ठो, काल्पनिक समाचार प्रायोजित रुपमा छापिएको थियो । त्यसमा पं. बाबुराम भट्टर्राई, कर्ण्र्ााहादुर कार्की र अन्य केही मित्रहरुको विशेष पहल रहेछ । वहाँहरुको पहल सकेसम्म विवाह रोक्ने, विवाह हुन नदिने सम्मको रहेछ र वहाँहरुको लहलहैमा अन्य पत्रकार साथीहरु पनि लाग्नु भएछ, त्यो दिन जस्तो दुःख लाग्दो दिन मेरो जीवनमा सायद कहिल्यै नआउला तर वहाँहरुले न विहे रोक्न सक्नुभयो न त मेरो अगाडी बढ्ने क्रमलाई नै । मेरो गुरु बालकृष्ण चापागाई लगायत अन्य पत्रकार मित्रहरु जसले पछि त्यो घटनाको लागि पश्चाताप गर्नु भए पनि त्यो कुरा संझिँदा अझै पनि मेरो छाति चिरिन्छ, मुटु फुटेर आउँछ, विर्सनै नसक्ने घाउ लागेको भान हुन्छ ।
हुन त तत्कालीन एमाले पार्टर्ीी नै त्यो घटनाको छानविन गरेर मलाई सफाई दियो । पत्रकार संघले कार्वाही फुकुवा गर्‍यो । उनीहरुले लगाएको आरोप असत्य भनी पार्टर्ीी नै क्लियर गर्‍यो, उनीहरुले मलाई केही गर्न सकेनन् तर पनि त्यो घटना संझिँदा अहिले पनि म कठोर हुन्छु कसैलाई क्षमादान गर्न सक्तिन । उक्त घटनामा केन्द्रबाट होमनाथ दाहाल, स्व. गोपालदास श्रेष्ठ, स्व. गोविन्द वियोगी, हरिहर विरही, पुरुषोत्तम दाहालले मलाई निकै सघाउनु भएको थियो, त्यस कारण पनि पत्रकार संघ झुकेर कार्वाही फिर्ता लिन बाध्य भयो ।
त्यति हुँदाहुँदै पनि म बुटवलमा डटेर पत्रकारिता गर्दै गएँ । विज्ञापन राम्रो आउँथ्यो, विज्ञापन पत्रिकाको आम्दानीको श्रोत भएकोले मेरो आर्थिक अवस्था पनि सुध्रिँदै गयो । पारिवारिक रुपमा म मध्यमवर्गीय परिवारको भए पनि बाबुको सम्पत्ति र कमाईको मलाई कहिल्यै पनि आस लागेन । घर छोड्दा म १० रुपियाँ लिएर हिँडेको हुँ २०४५ सालमा । त्यसपछि आजसम्म मैले आफ्नै पौरखमा विश्वास गर्दै आईरहेको छु कसैलाई मारेर, कसैको लुटेर, गलत आम्दानी गर्ने भन्नेतर्फमेरो कुनै दिन पनि सोंच भएन र हुने पनि छैन ।

रेडियो नेपालमा प्रवेश
२०४७ सालको अन्तिमतिर जतिखेर मेरा अत्यन्त शुभचिन्तक आदरणीय दाइ पुरुषोत्तम दाहालले रेडियो नेपालबाट कार्यक्रम 'घटना र विचार' सञ्चालन गर्न थाल्नुभयो, ठीक त्यसैबेला देखि मैले बुटवलबाट घटना र विचारका लागि लुम्बिनी अञ्चलको प्रतिनिधित्व गरेर समाचार पठाउथें त्यो पनि टेलिफोनबाट प्रत्यक्ष प्रसारण हुने गरी । मैले लेखेर भन्दा पनि आफ्नै भ्वाइसमा पठाउथें । पुरुषोत्तम दाइले अत्यन्त प्राथमिकताका साथ प्रसारण गरिदिनु हुन्थ्यो । रेडियो पत्रकारितामा मैले पुरुषोत्तम दाहाललाई गुरु पनि मान्दछु । हुन त वहाँसँग राष्ट्रपुकारमा होस् वा नेपालवाणीमा होस् सँगै काम गर्ने शुभ अवसर पनि प्राप्त भयो तर रेडियोमा ल्याउनुमा वहाँको ठूलो हात छ ।
पुरु दाइसँग मैले कार्यक्रम शुरु भएदेखि २०५३ साल जतिखेरसम्म वहाँले उक्त कार्यक्रम सञ्चालन गर्नुभयो -बीच-बीचमा वहाँले चलाउने कार्यक्रम राजनीतिक हस्तक्षेप गरी अरुहरुले चलाउँदा बाहेक) सधै कार्यक्रम घटना र विचारमा सहभागी भएर काम गर्न पाएँ त्यसको लागि पुरु दाइप्रति म सदा आभारी छु र रहिरहने पनि छु ।

रेडियो नेपालमा कार्यक्रम निर्माता, निर्देशक, सञ्चालकका रुपमा
पुरुषोत्तम दाहालले रेडियो सेवामा प्रवेश गराएर लगाउनु भएको गुन स्मरण त छँदैछ, त्यसैबेला २०५५ तिर श्री ५ को सरकारका तत्कालीन उप-सचिव मुकुन्द आचार्य जो रेडियो नेपालको कार्यकारी निर्देशक हुनुहुन्थ्यो वहाँले मलाई रेडियो नेपालमा कार्यक्रम सञ्चालकका अलावा निर्माता र निर्देशकका रुपमा पनि लगेर कहिल्यै विर्सन नसक्ने गुन लगाउनु भयो । वहाँले २०५५/०५६ र ०५६/०५७ मा कार्यक्रम 'नेपालको सेरोफेरो' को जिम्मा लगाउनु भयो । मलाई रेडियोमा त्यो रुपमा रहिराख्न तत्कालीन सूचना तथा सञ्चार सचिव श्रीराम पौडेल ज्यूको पनि विशेष हात छ । त्यसका अलावा आदरणीय नेता वामदेव गौतम र देवी प्रसाद ओझाले पनि मलाई संरक्षण गर्ने कार्यमा कहिल्यै पछि पर्नु भएन । वहाँहरु सबै प्रति म सदा सदा आभारी छु ।

नेपाल टेलिभिजनमा प्रवेश
नेपाल टेलिभिजनको पर्दामा पहिलो पटक 'एक-आपस' कार्यक्रममा सहभागी बनाएर केदार खड्काजीले उतार्नु भएको थियो भने आदरणीय अग्रज कलाकार सन्तोष पन्तले मलाई ३६/३७ भागसम्म आफ्नो 'हिजो आजका कुरा' नामक ऐतिहासिक र अत्यन्त लोकप्रिय कार्यक्रममा विभिन्न रुपमा स्थान दिएर अभिनयको क्षेत्रमा अगाडी ल्याउनु भयो । कलाकारिता क्षेत्रमा पर्दामा उतार्ने गुरुको रुपमा आदरणीय सन्तोष दाइलाई म सधै संझन्छु र संझिरहने छु ।
कार्यक्रम निर्माता, निर्देशक, सञ्चालकका रुपमा नेपाल टेलिभिजनमा मलाई स्थापित गर्ने गुरु हुनुहुन्छ अग्रज दर्ुगानाथ शर्मा ज्यू । जसका कारणले छापा पत्रकारिता र रेडियो पत्रकारितामा स्थापित भएको रामप्रसाद खनाललाई पर्दामा पनि स्थापित गरायो ।
नेपाल टि.भी.मा २०५६ देखि कार्यक्रम 'नेपालको सेरोफेरो', २०५७ देखि कार्यक्रम 'विद्युत' र २०५८ देखि कार्यक्रम 'लोकदोहोरी'को कार्यक्रम निर्माता, निर्देशक, सञ्चालक भएर काम गर्न थालें । टेलिभिजनमा कार्यक्रम सञ्चालक बनाई राख्नमा तत्कालीन सञ्चार सचिव श्रीराम पौडेलज्यूको विशेष योगदान छ ।

कार्यक्रम ँलोक दोहोरी’को सर्न्दर्भमा

कार्यक्रम 'लोक दोहोरी' को प्रस्ताव लिएर म जतिखेर दर्ुगानाथ शर्मा ज्यूसँग गएँ त्यतिखेर तुरुन्तै श्री शर्मा ज्यू, तत्कालीन ना.म.प्र. विश्वप्रकाश मास्के, निर्देशक गोकुल सिंह खत्री र प्रमुख निर्माता प्रकाशजङ्ग कार्कीले मेरो प्रस्ताव स्वीकृत गरी कार्यक्रम सञ्चालन गर्न दिएर ठूलो गुन लगाउनु भएको थियो । अझ त्यो कार्यक्रम सञ्चालन गर्न मलाई अभ्रि्रेरित गर्ने तत्कालीन आदरणीय सूचना तथा सञ्चार सचिव श्रीराम पौडेल ज्यू जसले टेलिभिजनको व्यवस्थापनलाई समेत उक्त कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएर मैले जिन्दगीभर कहिल्यै भुल्न नसक्ने गरी ठूलो गुन लगाउनु भएको छ ।
कार्यक्रम 'लोक दोहोरी' मैले सञ्चालन गर्दा राजधानीमा एउटा मात्र दोहोरी रेष्टुरेण्ट थियो तै पनि धुकुर धुुकुर स्वास फर्ेर्दै 'अव चलेन बन्द गर्नु पर्छ कि' भन्दै थिए तीनका सञ्चालकहरु । पछि जब टेलिभिजनबाट कार्यक्रम लोक दोहोरी मैले सञ्चालन गर्न थालें दोहोरीको क्षेत्रमा तहल्का नै मच्चियो । राजधानीका र राजधानी बाहिरका विभिन्न शहरका डान्स रष्टुरेण्ट, गजल सवै धमाधम बन्द हुन थाले र दोहोरी साँझ खुल्ने क्रममा तीब्रता आयो । अहिले राजधानीमा करिब १०० वटा र राजधानी बाहिर पनि दर्जनौं 'दोहोरी साँझ' हरु खुलेका छन् । छाडा गीत/संगीत, पप र र्‍यापहरुलाई ओझेलमा पारिदिएर 'लोक दोहोरी'ले नयाँ रर्ेकर्ड कायम गर्‍यो र नेपाल टेलिभिजनको र्सवाधिक लोकप्रिय कार्यक्रम हुनपुग्यो ।
उक्त कार्यक्रमको लोकप्रियता देखेर आत्तिने, बार्गेनिङ्ग गर्ने र रामप्रसाद खनाललाई नेपाल टेलिभिजनबाट विस्थापित गर्न नेपाल टेलिभिजन भित्रै र बाहिरका केही भिलेनहरु कम्मर कसेर लागे तर ती सवले हावा खाए किनकि कार्यक्रमको लोकप्रियता र प्रायोजकको आगमनले भुक्ने कुकुरको भुकाई धेरै हदसम्म कम पनि गर्‍यो । २०६३ असारमा म क्यानाडा हुँदै अमेरिकाका लागि ७/८ महिना बस्ने गरि प्रस्थान गरें, त्यतिखेर देखी मेरो 'लोक दोहोरी' कार्यक्रम बन्द छ । मेरो कार्यक्रमको नक्कल गरेर अरु कार्यक्रमहरु सञ्चालन त भएका छन् तर ती कार्यक्रमको स्तर कस्तो छ साह्रा दर्शकमाझ र्छलङ्ग छ मैले भन्नु पर्ने छैन र बन्द पनि भैसकेका छन् ।

ँलोक दोहोरी’ र संस्कृतिको कुरा
कार्यक्रम 'लोक दोहोरी'को आगमन पछि के गाउँ, के शहर जताततै वातावरण दोहोरीमय भयो । लोप हुन लागेको दोहोरी गीत फेरि जुरुक्क उठ्यो । आज जहाँ पनि दोहोरीको माग छ । म गीत/संगीत क्षेत्रको एक विद्यार्थी र यस क्षेत्रको लागि केही गरौं भन्ने भावना भएको व्यक्तिको नाताले भन्दा मलाई आफ्नो लोक संस्कृतिको जगर्ेना गर्ने क्रममा मिलेको यो सफलताले निकै उत्साहित बनाएको छ र, आफू गौरवान्वित भएको पनि छु । आज म सँग सिकेका भाइहरु कार्यक्रम सञ्चालन गर्दैछन, मैले नै गाईड गरेका हजारौं भाइबहिनीहरु राम्रा गायक/गायिका भएर निस्केका छन्, यस कारण मेरो पसिनाको मूल्यको कदर भएको छ भन्ने लाग्छ । हजारौं कलाकारहरु तयार हुनु, जुन टि.भी. हेरे पनि लोकदोहोरी आउनु, जुन रेडियो सुने पनि लोक दोहोरी सुनिनु मेरा लागि सबभन्दा सुखद पक्ष हुन । जहाँ जे कार्यक्रम आयोजना भए पनि, महोत्सव होउन वा जुन सुकै अवसर होउन त्यहाँ लोकगीत र दोहोरी गीत घन्किएको देख्न र सुन्न पाउनु मेरो अहोभाग्य हो । मैले शुरु गरेको लोक दोहोरी अभियानको सफलता देख्दा म जत्ति खुसी छु त्यत्तिकै मलाई चिन्ता पनि छ, त्यो के भने अब लोक दोहोरी सधै बाँचिरहनु पर्छ, बाँच्न सक्छ वा सक्दैन - भन्ने । त्यसका लागि अब नयाँ पिंढी बढी संवेदनशील हुनर्ुपर्छ मेरो आग्रह छ ।

श्रीराम पौडेलज्यूको संरक्षण

श्री ५ को सरकारको सचिवबाट केही समय अघि सेवा निवृत्त हुनु भएका श्रीराम पौडेलज्यू जसले मलाई आफ्नै बाबुले छोरालाई दिने जस्तै माया दिएर जुन संरक्षण प्रदान गर्नु भयो, त्यसले गर्दा म रेडियो नेपालमा बस्दा होस् वा नेपाल टेलिभिजनमा बस्दा होस्, कहिल्यै पनि आफूलाई टुहुरो महशुस गर्नु परेन । मलाई श्रीराम पौडेलको ज्वाईं हो भनेर शंका/उपशंका पनि गर्दा रहेछन् तर श्रीराम पौडेलज्यूसँग मेरो कुनै नाता सम्बन्ध छैन, थिएन । खै..... किन हो वहाँले मलाई आफ्नै छोरा सन्तोषजीलाई जत्तिकै माया प्रदान गरेर जीवनभर आभारी बनाउनु भएको छ, वहाँको नाम लिँदा मेरो शीर गौरबले ठाडो हुन्छ । संयोग भनौं, वहाँ अहिले सचिवबाट निवृत्त भएपछि मेरो निष्पक्ष साप्ताहिकमै आवद्ध पनि हुनुभयो । अहिले त झनै हाम्रो सानिध्यता अरु बढेको छ ।

वी.वी.सी. नेपाली सेवालाई सहयोग गर्ने अवसर
मैले रेडियो नेपालको 'घटना र विचार'मा काम गर्दाखेरिको मेरो परफरमेन्स हेरेर आकषिर्त हुनु भएछ आदरणीय पत्रकार अग्रज मणी राणा -जो वी.वी.सी. नेपाली सेवाको तत्कालीन सञ्चालक हुनुहुन्थ्यो) र केदारमान सिंह -जो वी.वी.सी.को तत्कालीन नेपाल प्रतिनिधि हुनुहुन्थ्यो र हाल ए.एफ.पी.को नेपालब्यूरो चिफ हुनुहुन्छ) । वहाँहरुको आग्रहमा मैले राजधानी बाहिरको रिपोर्टिङ्ग गर्न थालें । त्यतिबेला वी.वी.सी.ले मलाई घटीमा एउटा समाचारको ३५ पाउण्ड र बढीमा ६५ पाउण्डसम्म भुक्तानी दिन्थ्यो । करिब ४ वर्षमैले वी.वी.सी.लाई त्यसरी रिपोर्टिङ्ग गरी सहयोग गर्ने अवसर प्राप्त गरेको थिएँ । वास्तवमा वी.वी.सी. नेपाली सेवामा काम गर्दाको इज्जत र प्रतिष्ठा निकै उचो भएको अहिले पनि मलाई अनुभव छ ।

पत्रकारितामा मैले भुल्न नसक्ने नामहरु
मलाई छापा पत्रकारितामा ल्याउने बालकृष्ण चापागाई, त्यस्तै पत्रकार अग्रज राजन कार्की, बसन्तध्वज जोशी, विनयकुमार कसजु, अर्जुन ज्ञवाली, हरिहर विरही, स्व. गोपालदास श्रेष्ठ, होमनाथ दाहाल, गोविन्द वियोगी, पुरुषोत्तम दाहाल, दर्ुगानाथ शर्मा, मुकुन्दप्रसाद आचार्य, मणि राणा, केदारमान सिंह आदिका नामहरु मेरो मानसपटलमा सधै ताजै रहिरहने छन् जसले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा मलाई सधै संरक्षण प्रदान गर्नुभयो । बालकृष्णजीले छापा पत्रकारितामा त ल्याउनु भयो तर अभिभावकत्व निर्वाह गर्न सक्नु भएन । वहाँको अडानहिन र हलुको प्रस्तुति अहिले पनि मेरो घाँटीको हड्डी बनेर अड्किरहेका छन् ।

रेडियो नेपालको नायव कार्यकारी निर्देशकमा नियुक्तिको कुरा
जतिखेर नेकपा एमाले विभाजन भयो त्यसपछि नेपाली कांग्रेस र नेकपा मालेको संयुक्त सरकार बन्यो । उक्त सरकारको पालामा राजनीतिक नियुक्ति दिने सर्न्दर्भमा नेकपा मालेले मलाई रेडियो नेपालको रिक्त प्रशासन र संगीत तर्फो नायव कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्ण्र्ाागरेछ । रेडियो नेपालको कार्यकारी निर्देशक मन्त्रालयको सह-सचिव नियुक्त हुने प्रावधान भए पनि दोश्रो ठूलो पोष्ट नायव कार्यकारी निर्देशकमा भने बाहिरबाट नियुक्त गर्न मिल्ने भएकाले पार्टर्ीी सो निर्ण्र्ाागरेछ । अध्यक्ष सहाना प्रधानले मलाई हस्ताक्षर गरेर नियुक्ति दिने निर्ण्र्ााभएको पत्र थमाउनु भयो । जब त्यो निर्ण्र्ााभएको थाहा भयो तब माले निकट पत्रकारहरुबीच हङ्गामा मच्चियो । तत्कालीन सञ्चार सल्लाहकार किशोर श्रेष्ठले त मेरो नियुक्ति तुहाउन निकै कसरत पनि गर्नु भएछ । वहाँलाई साथ दिने गुल्मीकै तत्कालीन राष्ट्रिय सभा सांसद सिद्धिनाथ ज्ञवाली, आफूलाई विद्यार्थी नेता भनाउने वेदराज ज्ञवाली र गङ्गा ज्ञवाली लगायतका मानिसहरु हात धोएर पछि परेको कुरा स्वयं सञ्चार मन्त्री आर.के. मैनालीले बताउनुभयो । आर.के. मैनालीले पनि नियुक्ति दिन आलटाल गर्न थाल्नुभयो । वामदेव गौतम, सहाना प्रधान लगायतका नेताहरुले ताकेता गर्दा पनि आर.के.ले विलम्ब गर्नुभयो पछि त माले सरकारबाटै हट्यो मेरो नियुक्तिको कुरा अघि बढ्न सकेन ।
मलाई आर्श्चर्य लाग्छ न त मैले किशोर श्रेष्ठको केही विगारिदिएको थिएँ नत सिद्धिनाथ, वेदराजहरुको नै, न त आर.के. मैनालीको नै । वहाँहरुले मलाई रेडियो नेपाल पुर्‍याउँदा वहाँहरुको के नै जान्थ्यो र ! तर दर्ुभाग्य वहाँहरुलाई त्यो पचेन विगारेरै छोड्नु भयो । यो सम्झदा मलाई भन्न मन लाग्छ 'बाँदरहरु न आफ्नो घर बनाउँछन् न त अर्काको घर देख्न सक्छन ।'


आफ्नै पत्रकार साथीहरु पर्राई भईदिँदा
 म गौरबका साथ भन्छु आजसम्म कसैको चित्त दुखाएर, अरुको भाग खोसेर अर्काको चरित्र हत्या गरेर, केही गरेको खाएको छैन । दुःख कष्ट जे गरेर हुन्छ म आफ्नो जोहो चलाईरहेको मान्छे । बुटवलमा जुन पत्रिकालाई मैले खुन र पसिना सिंचे त्यही पत्रिका पर्राई भैदिएर मेरो चरित्र हत्या गर्न उद्धृत भयो -अर्थात दैनिक जनसंर्घष्ा, अरु पत्रिकासँगै मिलेर), दृष्टि साप्ताहिकले म रेडियो नेपालमा कार्यक्रम सञ्चालक हुँदा 'महिनाको १० हजार लुटाएर रेडियो नेपालले रामप्रसाद खनाल नामका पत्रकारलाई सरकारी धन लुटाएको छ' भनेर खेदो खन्यो ।
समदृष्टि साप्ताहिक जसमा मैले नै उत्पादन गरेका पत्रकार निरोज जोशी -जसले पत्रकारिताको शुरुवात मेरै निष्पक्ष साप्ताहिकबाट शुरु गरेका थिए) ले 'नेताहरुलाई गुमराहमा पारेर' भन्ने शिर्षमा रेडियो नेपालको नायव कार्यकारी निर्देशकमा नियुक्तिको विषयलाई लिएर चरित्र हत्या गरेर समाचार सम्प्रेषण गर्‍यो, विष वमन गर्‍यो ।
गुल्मीको तम्घासका भारतमा लाहुरे हुन गएका एक जना विचरा लाहुरेकी श्रीमती छोराछोरी सहित भगाएर बुटवल झरेका महेन्द्र थापा भन्ने एक जना गुल्मेली पत्रकारले एउटा लेख लेखेछन् 'पत्रकारितामा शक्तिको दुरुपयोग गरेमा करोडपति बन्न सकिन्छ भन्ने उदाहरणको रुपमा रामप्रसाद खनाललाई लिन सकिन्छ । उनका अहिले काठमाडौंमा ३ वटा घर छन् आदि आदि.......।'
त्यस्तै उनले त्यही लेखमा लेखेका रहेछन्- एकजना जाँड रक्सीको खत्तमै भएका र सवैले बोत्तले पण्डित भनेर चिनिने पं. बाबुराम भट्टर्राईलाई उध्रित गरेर, त्यो के भने 'उनले २०४९ देखि निष्पक्ष साप्ताहिक चलाउन शुरु गरेका हुन् । २०४९ सालतिरै जनसंर्घष्ामा उनलाई हामीले हकरमा नियुक्त गरेका थियौं ।' त्यो लेखमा लेखक महेन्द्र थापाले अन्त्यमा भनेका छन् 'तर जेसुकै होस् रामप्रसाद खनालको मेहनत र परिश्रमको भने प्रशंशा गर्नै पर्छ ।'
त्यो लेख हर्ेदा हाँसो लाग्यो मलाई, र अरु साथीहरुले पनि हाँस्दै 'होईन के लेखेको -' भन्दै सोध्न थाले मलाई । म २०४७ सालको शुरुमा वर्ष१ अंक २ मा जनसंर्घष्ामा आबद्ध पत्रकार, २०४९ को शुरुदेखिनै निष्पक्ष साप्ताहिकको सम्पादक/प्रकाशक भई काम गरेको मान्छे । ती बोत्तले पण्डित बाबुराम भट्टर्राई मैले जनसंर्घष्ामा काम गर्दा उनी जनसंर्घष्ामा आएकै थिएनन् कसरी मलाई उनले हकरमा नियुक्त गरे । प्रतिक्रिया दिने बोत्तले पण्डित र लाहुरेकी स्वास्नी भगाई बुटवल झरेका महेन्द्र थापा नामका पत्रकार बन्धुको लेखको भाषा सवै हर्ेदा पनि आर्श्चर्य मान्ने ठाउँ शिवाय केही भेट्टाइन मैले । अरुले पनि यसै भनी प्रतिक्रिया दिए मलाई । मेरो एउटा दर्ुभाग्य छ- जसलाई म आफ्नो भन्छु उही पर्राई बनेर बाँदरको भूमीका निर्वाह गर्दछ । मलाई केही पत्रकार साथीहरुको म प्रतिको इष्र्या, डाहा, जलन देखेर आर्श्चर्य लाग्दछ, उनीहरु मेरो पछाडि कुरा काट्छन् तर किन कुरा काट्छन् उनीहरुलाई नै थाहा छैन ।
पत्रकार हुँदैमा बाक्ला चप्पल लगाउनै पर्ने, जाँड रक्सीले मातेर पं. बाबुराम हुनैपर्ने, गाडी चढ्नै नहुने, मोबाईल बोक्नै नहुने, काठमाडौं झर्नै नहुने, घर बनाउनै नहुने त पक्कै अनिवार्य छैन होला । खुन र पसिना चुहाएर रामप्रसाद खनाल अगाडि बढेको देख्दा देख्दै पछाडि कुरा काट्नेहरुले रामप्रसाद खनालले जत्तिकै मेहनत, परिश्रम गरुन्, खुवी देखाउन्, उनीहरु खनालभन्दा अझ अगाडी बढ्न नसक्ने भन्ने केही छ र -! तर हिम्मतहारा भुक्नेहरु...........सधै भुकिरहन्छन्, पौराणिक उखान 'कुकुर भुक्दै गर्छ हात्ती अगाडी बढ्दै गर्छ' भन्ने उखानलाई सम्झेर म चित्त बुझाउँछु ।
कुनै एक पत्रकारको विरुद्ध अर्को पत्रकारले समाचार लेख्न नपाईने आचार संहिताको उल्लंघन गर्नेहरु गर्दै जाउन् म कसैप्रति पर्ूवाग्रही छैन । 'जे भयो राम्रै भयो, जे हुन्छ राम्रै हुन्छ' भन्ने गीतासारको एक पंक्ति मेरो स्मरणमा छ, यसैमा विश्वास गर्छर्ुु म उनीहरु जस्तो हिम्मतहारा होइन ।

चुनौती
म छातिमा हात राखेर चुनौतीका साथ भन्छु पत्रकारिताका दौरानमा अरु पत्रिकामा काम गर्दा होस् वा आफ्नै पत्रिका चलाउँदा होस् अथवा भनौं वी.वी.सी.लाई रिपोर्टिङ्ग गर्दा होस् वा रेडियो नेपाल र नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता, निर्देशक, सञ्चालक भएर काम गर्दाका दौरानमा होस् आजसम्म मैले कसैलाई ब्ल्याकमेल गरेर, बार्गेनिङ्ग गरेर कुनै अनुचित लाभ लिएको कसैले प्रमाणित गरिदियोस् म पत्रकारिता क्षेत्रबाटै सन्यास मात्र त के कुरा सारा मेरो धन सम्पत्ति उसैलाई हस्तान्तरण गरेर प्रमाणित कर्ताको जुनसुकै शर्त म मान्न तैयार हुने छु । यो मेरो र्सार्वजनिक चुनौति हो ब्याक वाइटिङ्ग गर्नेहरुलाई ।

सामाजिक सेवा गर्दा उल्टै अपजश

मैले गरेर हुन्छ भने कसैलाई पनि सहयोग गर्छर्ुु तन, मन र धनले सहयोग गर्ने बानी छ । आर्थिक सहयोग माग्छन् सहयोग दियो कुरा काट्छन्, सापटी दियो फिर्ता गर्दैनन् कुरा काट्छन्, जागीर लगाइदियो, विदेश पठाइदियो दलाल संझिन्छन्, गाडी हाँक्ने लाइसेन्स बनाइदिन होस् वा अरु केही काममा भनसुन गरिदियो कमिशनमा काम गर्ने दलाल संझिन्छन्, नगरौं- ल फलानाले त केही गर्दैन, ठूलो हुन्छ भन्छन् ।
२०४७ सालयता मैले साथी भाइलाई सापटी दिएको करिब २० लाख भन्दा बढी रकम डुब्यो, फिर्ता भएको छैन र हुँदैन मलाई थाहा छ । करिब ७० जनालाई चिनजानका नाताले लाइसेन्स -सवारी चालक प्रमाण पत्र) बनाइदिन भनसुन गरि सहयोग गरें, त्यो पनि राजश्व आफ्नै खल्तीबाट हालेर, फलस्वरुप उल्टै नराम्रो बन्न परिरहेको छ । कैयौंलाई आफैले खल्तीबाट रकम हालेर विदेश पठाइयो, जागीर लगाइदिइयो-पैसा माग्दा नानाथरी सुन्नर्ुपर्छ । जे जतिसुकै राम्रो गरे पनि अरुलाई कहिलै आफ्नो बनाउन नसक्ने म जस्तो व्यक्ति सायद कमै होलान् ।
हुन त कुरा काट्ने मान्छेको कमी भयो भने व्यक्तित्व विकासमा विलम्ब हुन्छ, कुरा काट्ने जसका पनि हुन्छन् । नेपालीहरुको विशेषता नै के हो भन्ने आफूलाई कहिल्यै नचिन्ने, अर्काको खुट्टा तान्ने, बाँदर जस्तो । बाँदर न त कहिल्यै आफ्नो घर बनाउँछ न त अरुले घर बनाएको देख्न सक्दछ । त्यो रोग हामी नेपालीहरुमा व्याप्त भएकोले र सकारात्मक सोंचाई नभएकाले पनि नेपाली पछि परेका हुन् जस्तो लाग्छ मलाई ।

मासिक अर्ढाई लाखसम्म तलब खाँदा
रेडियो नेपालमा काम गर्दा 'रेडियो नेपालमा सवै भन्दा बढी १० हजार पारिश्रमिक पाउने रामप्रसाद खनाल' भनेर दृष्टि साप्ताहिकनै पछि लागेको थियो ।
जब म नेपाल टेलिभिजन पुगें, नेपालको सेरोफेरो सञ्चालन गरे वापत मैले प्रति महिना १६ देखि २० हजारसम्म पाउँथे, कार्यक्रम 'विद्युत' चलाए वापत नेपाल विद्युत प्राधिकरणले मलाई प्रति एक कार्यक्रम ८३,५००/- भुक्तानी दिन्थ्यो । विद्युत कार्यक्रम महिनामा २ पटक देखाउने भनिए पनि बाहिर गएर बनाएका वृत्तचित्रहरु अतिरिक्त प्रसारण हुन्थे, त्यसको अलग्गै पारिश्रमिक पाउँथे । विद्युत कार्यक्रमबाट घटीमा महिनाको ८३,५०० ह २ वटा कार्यक्रम १६७,०००/- तलब हुन्थ्यो मेरो ।
त्यस्तै कार्यक्रम लोक दोहोरी चलाउँदा प्रति महिना ५० देखि ६० हजारसम्म पारिश्रमिक हुन्थ्यो मेरो । मैले माथि नै उल्लेख गरिसकें वी.वी.सी. नेपाली सेवालाई एउटा समाचार वा अन्तर्वार्ता दिँदा उसले ३५ देखि ६५ पाउण्डसम्म भुक्तानी गर्दथ्यो । यसरी मैले लामो समयसम्म काम गरें । -सवैका नियुक्ति पत्र र पारिश्रमिक खुलेका पत्र पछाडि संलग्न छन् ।)
यस बाहेक म पश्चिम नेपाल बस व्यवसायी संघको प्रेस सल्लाहकार भए वापत मासिक ५ हजार भत्ता, त्यस्तै गीति क्यासेट, स्टेज कार्यक्रमहरु -स्वदेश भित्र र बाहिर) तथा पत्रकारिता सम्बन्धी सेमीनारहरुमा अन्तर्रर्ााट्रय स्तरमा भाग लिँदा पनि अतिरिक्त आम्दानी हुनु स्वाभाविक हो ।
मैले १५ वर्षयता चलाउँदै आएको निष्पक्ष साप्ताहिक मेरा शुभचिन्तक, विज्ञापनदाताहरुको माया र स्नेहले कहिल्यै घाटामा गएको छैन । विज्ञापन कति छापिएको छ सवैका अगाडी छ, विज्ञापन नै पत्रिकाको आम्दानी भएकोले त्यसबाट आम्दानी राम्रै हुनु स्वभाविकै हो ।
यी सवै कुराले गर्दा मेरो आर्थिक अवस्था जोहो गर्न सक्ने भएकोले पनि मेरा केही मित्रहरु ब्याक वाइटिङ्ग गर्दछन् उनीहरु काम गरेको देख्दैनन् । आइडिया बेचेर खाएको देख्दैनन्, खुन र पसिना सिंचेको देख्दैनन् अनि भन्छन्- 'पत्रकारिता गरेर पनि कमाइन्छ र -!' - ए बाबा म भन्छु पत्रकारिता गरेर सधै झोलेनै हुनर्ुपर्छ, बाक्ला चप्पल लगाएर मात्रै हिँड्नु पर्छ भन्ने छ र !-
व्यापार गरेर अरवपति हुने पनि छन्, डुब्ने पनि छन् । हरेक व्यवसायमा सफल र विफल हुन्छन्, पत्रकारिता गरेर कान्तिपुर हुने पनि छन्, डुब्ने पनि छन्, त्यो कुरा सवैले बुझ्नु जरुरी छ ।
केही पत्रकार मित्रहरु एउटा कार्यालय खोलेर कर्ुर्सर्ीी बसेर टेवुलमाथि खुट्टा राखेर फोनमा अरुलाई धम्काउने गर्छन् । विज्ञापन खोज्ने, मार्केटिङ्ग गर्ने, केही आवश्यक ठान्दैनन् उनीहरु । अनी कहाँ-कहाँ भोज छ जाने, दारु खाएर त्यहीँ ढल्ने र छादेर हिड्ने गर्दछन् अनी उनीहरु नै अरुको व्याक वाइटिङ्ग गर्न अघि र्सछन् गजब छ नेपालमा तिनैले गरी खाने हामीहरु जस्ताको व्याक वाइटिङ्ग गर्दछन् ।


मेरा कमजोरीहरु

साह्रै छिटो अर्कालाई विश्वास गरिहाल्ने, परे ज्यानै दिन तयार हुने, गलत कुराहरुमा कम्प्रोमाईज नगर्ने, जाँडरक्सी नखाने, जुवा तासको नामै नलिने, सपनाको संसार कुँदेर अर्कालाई जालमा पार्न र आफ्नो स्वार्थ सिद्ध गर्न नसक्ने मेरा यी कमजोरी छन् । आजकल म जस्ता मान्छेलाई हर ठाउँमा समस्या हुन्छ, यद्यपि म गौरव गर्छर्ुुाफु प्रति, यी कमजोरी हुने मान्छे बल्ल सफल हुन सक्छ भनेर ।

बुटवल छोडेर काठमाडौं जान उक्साउनेहरु
मलाई बुटवल छोडेर काठमाडौं जान र काठमाडौं गए प्रगति गर्न सकिन्छ भनेर प्रोत्साहन गर्ने आदरणीय पत्रकार अग्रजहरु अर्जुन ज्ञवाली, बसन्तध्वज जोशी, राजन कार्की प्रमुख हुनुहुन्छ भने शशी पौडेल लगायतका केही अन्य शुभचिन्तकहरु हुनुहुन्छ । प्रायः मेरा आफन्त, मित्रहरुले, शुभचिन्तकहरुले पनि 'काठमाडौं ठूलो ठाउँ छ हराइएला नि भन्दै त्यो त महासागर हो, हरेक काममा प्रतिस्पर्धा छ' भनेर भन्नुभयो । मेरा केही विरोधीहरुले त रामप्रसाद खनाल काठमाडौं गयो अब भएको धन सम्पत्ति पनि स्वाहा पार्छ, आफू पनि बिलाउँछ भनेर भन्थे तर म भने 'जिन्दगी भन्नु नै संर्घष्ा हो, केही त गर्नै पर्छ, डराएर भागेर हुँदैन' भनेर हिम्मत र आँट गरेर काठमाडौं झरेको हुँ २०५४ साल वैशाख १ गते ।
जे होस् काठमाडौं आएपछि मेरा धेरै सपनाहरु साकार भए, काम गरेर देखाउने, चुनौतीसँग मुकाविला गर्ने अवसरहरु प्राप्त भए, खुशीको अनुभूति हुन्छ ।

जाँड रक्सी, जुवातास, परस्त्रीबाट टाढा रहँदा
मैले आजसम्म जाँडरक्सी खाएको छैन, जुवातासका नाममा 'जुटपत्ति' बाहेक अरु खेल्न जानेको छैन, परस्त्रीसँगको सम्बन्धबाट टाढा रहेको छु, यो कुरामा म आफैले आफैलाई गौरबशाली ठान्छु । आजकलको युगमा यी तिनै कुराहरुबाट अलग मान्छे हरेक ठाउँमा, हरेक कुरामा एक्लिनु पर्छ, एक्लिन्छु तर पनि मैले यी तिनै कुरामा हालसम्म कसैसँग कम्प्रोमाइज गरेको छैन । बरु चिसो कोक बढी पिउने भएकोले होला टन्सीलको समस्या छ, चिया पनि अत्यन्तै कम पिउँछु त्यो पनि राजीखुशीले होईन बाध्यतामा । पान खाँदिनँ, सुपारी अरुको लहलहैमा कहिलेकाहीँ टोक्छु त्यो पनि आदत बसेर होईन ।
यसैकारण मेरा सहपाठी देखि, सहक्रमीहरुदेखि लिएर अन्य मित्रहरुले अरु कुरामा मलाई नबिर्सर्ेेनि पिकनिक, पार्टर्ीीभोजहरुमा त्यति महत्व दिँदैनन् ।

हालसम्म प्रकाशित पुस्तक, गीति क्यासेट, सी.डी.हरु
मैले हालसम्म करिब 12 सय  जति लोकगीत, आधुनिक गीत, राष्ट्रिय गीत, दोहोरी गीत लेखि सम्पादन/संकलन गरेको छु भने ३८ वटा गीति क्यासेट सी.डी., भी.सी.डी. हरु र 14 वटा गीति पुस्तकहरु प्रकाशन गरिसकेको छु ती सवै बजारमा आइसकेका छन् । मेरा गीतहरु नेपाल टेलिभिजन, रेडियो नेपाल, एफ.एम.रेडियो स्टेशनबाट बज्ने गरेका छन् । यी कृतिहरु प्रकाशनमा नारायण रायमाझी, शम्भु र्राई, श्रीकृष्ण भट्टर्राई, म्यूजिक नेपाल लगायतका व्यक्तित्वहरु/स्टुडियोहरुको ठूलो लगानी रहेको छ ।


नेपाल टेलिभिजनमा अध्यक्ष तथा महाप्रबन्धक भएर काम गर्ने प्रस्ताव
 २०६२ सालको कुरा हो । सूचना तथा सञ्चार मन्त्रीमा टंक ढकाल हुनुहुन्थ्यो । वहाँले मलाई नेपाल टि.भी.को अध्यक्ष तथा महाप्रबन्धक भएर कार्य गरी सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । मलाई तत्कालीन मन्त्रिपरिषद अध्यक्ष श्री ५ ज्ञानेन्द्रबाट समेत दर्शनभेटका क्रममा उक्त आग्रह सो अघिनै भईसकेको परिस्थितिमा सञ्चारमन्त्री ढकालजीले क्याबिनेटमा प्रस्ताव लैजानु भएछ, विडम्बना मेरा पर्ूव नेता आर.के. मैनाली जो त्यतिखेर शिक्षा तथा खेलकूद मन्त्री हुनुहुन्थ्यो वहाँले क्याबिनेटमै बखेडा गरिदिएकाले त्यो क्याबिनेट बैठकमा मुख्य सचिव डा. विमल कोईरालाले माइन्यूट गरिदिनु भएनछ, केही समयमै क्याबिनेट परिवर्तन भयो । क्याबिनेटमा सञ्चार राज्यमन्त्रीको रुपमा आउनु भएका आफुलाई वरिष्ठ पत्रकार भनाउने श्रीष शम्शेर राणा -जो हालसम्मकै सबभन्दा असफल सञ्चार राज्यमन्त्री हुनुहुन्छ भन्छन सबैले) ले क्याबिनेटमा ठाडो प्रस्ताव लगि अर्कैलाई उक्त पद सुम्पिनु भयो । वहाँले यति पेलेर निर्ण्र्ाागराउनु भएछ कि त्यो कुरा क्याबिनेटमा सहभागी अन्य मन्त्रीहरुबाट सुन्दा म आफै दङ्ग परेँ । श्रीष शम्शेर राणासँग न त म सँगै बसेर कुनै दिन रक्सीको चुस्की लिएँ न त पप्लु खेंले न त वहाँको अरु कुनै डिमाण्ड पुरा गर्न सकेँ त्यस कारण म वहाँको सिफारिसमा वहाँको मन्त्रालय अन्तरगत नियुक्ति हुने कुरा परै थियो । राजा बोलेको कुरा पनि पुरा भएन, राजाको बोली समेत लत्याइदिन सक्ने महान बुज्रुक श्रीष शम्शेर राणालाई साधुवाद दिनै पर्छ ।
जेहोस, अध्यक्ष, महाप्रबन्धक बन्न श्रीष शम्शेर र आर.के.का कारण नपाए पनि म बोर्ड डाइरेक्टर भएर नेपाल टेलिभिजनको जिम्मेवारी सम्हाले, म जुन दिनसम्म पदमा रहेँ नेपाल टि.भी. को हितमा काम गरेँ, नेपाल टि.भी.का चारसय भन्दा बढी कर्मचारी त्यसका साक्षी छन् । राजाको म प्रतिको विश्वास, सञ्चारमन्त्री टंक ढकालको म प्रतिको शुभेच्छा मेरो सधै स्मरणमा रहिरहनेछ ।

सूचना तथा सञ्चार सहायक मन्त्रीको प्रस्ताव
म आफु सधै आफ्नो हैसियत प्रति सचेत छु । म गुल्मीको गाउँबाट मध्यम वर्गीय परिवारबाट उठेर आएको मान्छे, तर एकाएक सूचना तथा सञ्चार सहायकमन्त्रीमा राजाका एकजना प्रमुख सल्लाहकारले प्रस्ताव गर्नु भयो । माघ १९ पछि दोस्रो पटक मन्त्रिपरिषद पर्ुनगठनको बेलाको कुरा हो यो । त्यतिखेर ती सल्लाहकारले भन्नुभयो-"खनालजी सञ्चार बुझेको मान्छे हुनुहुन्छ तपाईँ, रेडियो नेपाल, नेपाल टि.भी.मा तपाई आफै संलग्न भएर जिम्मेवारी सम्हाल्नु भएको र १८/२० वर्षो छापा पत्रकारिताको तपाईको अनुभव पनि छ, तपाईं सञ्चार सहायक मन्त्री भएर काम गर्नु पर्‍र्यो, महाराजाधिराज सरकारको पनि त्यही सदिच्छा छ । प्रभुले ठिक छ भनिबक्सेको छ, प्रभुले रामप्रसादलाई सोध, हुन्छ भन्छन भने ठिक छ भनेर हुकुम भएको छ, तपाईं के भन्नुहुन्छ -"
मैले वहाँलाई भने "धन्यवाद छ, आभारी छु, तँपाई प्रति अनि महाराजाधिराज प्रति पनि । तर म उमेर देखि हर कुराले मन्त्री बन्ने बेला भएको छैन, बरु म भन्दा पुराना अग्रजहरुलाई यो जिम्मेवारी दिउँ, म तलै बसेर राष्ट्र र जनताको सेवा गर्न तत्पर छु । मलाई विस्तारै विस्तारै एक -एक गरि खुट्किला चढ्नु छ, एकै चोटी मन्त्री बनेर सकिनु छैन, मन्त्रीबाट खुस्किदाको दिन म के गर्ने - रिटायर्ड लाइफ बिताउने बेला भएको छैन, माफ गर्नु होला ।"
त्यतिबेला साथीभाई देखि मन्त्रालयका सचिवहरुसम्म र तत्कालीन मन्त्रीहरुले समेत यो चर्चा सुनेपछि मलाई अग्रीम शुभेच्छा राख्दै अग्रीम बधाई भन्थे तर मैले जवाफ फर्काउँदै भन्थे - 'म मन्त्री बन्ने छैन, मलाई तलै ठिक छ, म मन्त्री हुन्न तर तपाईंहरुको शुभेच्छाका लागि धन्यवाद ।'
मन्त्री नभएकै राम्रो भएछ, मैले ठिक निर्ण्र्ाागरेंछु जस्तो लाग्छ अहिले, यदि मैले त्यो प्रस्ताव स्वीकार गरेको भए म अहिले धेरै पछुताउनु पर्ने हुन सक्दथ्यो । धन्यवाद भगवान सदबुद्धिका लागि ।

मैले देखे बुझेका राजा ज्ञानेन्द्र

१२ वर्षो कुशासन, भ्रष्टाचार, अन्याय, अत्याचार लगायतका विविध कुराले गर्दा २०५९ असोज १८ र २०६१ माघ १९ आएको तथ्य सबैलाई विदितै छ यद्यपि माघ १९ पछि पनि जनताले जे चाहेका थिए त्यो व्यवहारमा देख्न नपाइएको कुरा पनि कसैबाट छिपेको छैन ।
माघ १९ पछि श्री ५ ज्ञानेन्द्रबाट मन्त्रिपरिषद्को अध्यक्षता आफैले ग्रहण गरिबक्सनु, डा. तुल्सी गिरी, कर्ीर्तिनिधि विष्ट जस्ता पुराना र आउट डेटेडहरु देखि जगत गौचन, श्रीष शम्शेर राणा आदि जस्ता व्यक्तिहरु मन्त्रिपरिषदमा आउनु, सिंगो राज्यशक्ति, अन्तर्रर्ााट्रय जगत, साह्रा पार्टर्ीीमलेर थान्को लगाउन नसकेका माओवादीहरु देखि पार्टर्ीीसम्म कसैलाई पनि हात लिन नसक्नु, दरबारका अन्धा बहिरा सरहका सचिवहरुको विश्वासमा पर्नु, सल्लाहकारहरु गलत हुनु, जन आकांक्षा नबुझिनुको कारण अहिले यो हविगत भएको हो । तर राजा ज्ञानेन्द्रसँग मैले बारम्बारको दर्शनभेटका क्रममा बुझेको कुरा के हो भने राष्ट्र र जनता प्रति असाध्यै लगाव, राष्ट्रियता प्रेमी, राष्ट्र र जनताको लागि जे पनि गर्न सक्ने इच्छा शक्ति राजामा थियो तर सारथिहरु गलत भइदिंदा राजाको सदिच्छा कार्यान्वयन हुन पाएन ।
दलहरु प्रति सकारात्मक, माओवादीलाई पनि शान्तिपर्ूण्ा ढंगबाट मूलधारमा ल्याउने सोंच, प्रजातन्त्र प्रति प्रतिबद्ध राजा ज्ञानेन्द्रलाई असफल बनाउने दरबारिया सचिव देखि सल्लाहकारहरु नै हुन अरु कोही होइन । राजा ज्ञानेन्द्र गलत सारथिहरुकै कारण अप्ठ्यारोमा फसेको कुरा तितो सत्य हो । तर राजाको कुनै गलत मनसाय रहेको मैले कहिल्यै महशुस गरिन् ।

मैले बुझेको नेपालको राजनीति
मैले करिब १६/१७ वर्षो सक्रिय राजनीति र दर्ुइ दशकको पत्रकारिताको अनुभवमा के बुझे भने नेपालको राजनीति भनेकै "भारतीय इशारा" रहेछ । भारतले जे भन्छ त्यो गर्न नेपालका राजा देखि गिरिजासम्म मात्रै होइन प्रचण्डको पनि बाध्यता रहेछ, प्रचण्डको मात्रै होइन माधवकुमार नेपालको एमालेको पनि बाध्यता रहेछ, अरुको त के कुरा भो र ! यो कुरा समय, परिस्थिति, घटनाक्रम, इतिहास सबैले पुष्टि गरिसकेको छ । कसैले मानोस नमानोस ।
राजा देखि गिरिजा, माधव, प्रचण्डसम्म, दक्षिणपन्थी र्सर्ूय बहादुर सम्म सबैलाई उछाल्ने, पछार्ने, अगाडी ल्याउने, पछाडी धकेल्ने भारतीय शक्तिनै रहेछ । राजालाई कसले उछाल्यो, कसले पछार्यो - मधेशमा आगो कसले लगायो - माओवादीलाई संरक्षण, तालीम, शिविर, हात हतियार कसले दियो - नयाँ दिल्लीमा ७ दल र माओवादीबीच बैठक देखि समझदारीसम्म कसले गरायो - यी र यस्ता साह्रा प्रश्नहरुको खात लगाउँदै जानोस उत्तर आउँछ-भारत । भारतले नेपाली नेपालीलाई लडाएर, कमजोर बनाएर आफ्नो प्रभुत्व कायम गर्न, स्वार्थ सिद्ध गर्न खोजिरहेको स्वार्थ सिद्ध गरिरहेको हरेक घटनाक्रमले पुष्टि गर्दछ । भारत असल छिमेकी हामीले भन्ने गरे पनि उ असल छिमेकी हुँदै होइन । त्यही भारतीय इशाराले नेपालको राजनीतिलाई सधै डामाडोल बनाईरहेको छ । र नेपाललाई सबल राष्ट्र हुन भारतले दिने छाँटकाँट पनि देखिदैन । अमेरिका, बेलायत, युरोपियन युनियन भनाई मात्र हुन हरेक कुरामा नेपालमा भारतको दादागिरी चलिरहेको छ ।

कवितामा मैले बुझेको नेपाल

केही गर्न खोज्नु अपराध हुन्छ यहाँ !
त्यसो भनेर पो जाने हो कहाँ -
इष्र्या, डाह, खुट्टा तान्दा ठिक्कछ
म मात्रै होइन हरेक नेपाली दिक्कछ
पढ्ने देखि पढाउने सम्म
गर्ने देखि गराउने सम्म
राजा देखि नेता सम्म
माओवादी देखि फोरम सम्म
जताततै लथालिङ्गैछ
एकता होइन, हरेक नेपाली भिन्नछ
कुशासन र भ्रष्टाचार जो आए पनि त्यस्तै
जनतालाई पिरलो सधै भरी यस्तै
विदेशीहरु आफ्नो स्वार्थ पूरा गर्छन
हाम्रा महान नेता तिनकै पछाडी मर्छन
देश कसैलाई दुख्या छैन
जनता कोही सुख्या छैन
सबैको छ दर्ुइ जीब्रे बोली
निकै सस्तो भा'छ बन्दुक र गोली
सबैले सबैलाई सिध्याउन लाका छन्
दण्डहिनता, छाडा कुन्नी के के भाका छन
र्छलङ्ग आँखा कसैले देख्दैनन्
राम्रो कुरा कसैले सुन्दैनन्
बगलीमा छुरा, मुखमा राम राम
ढाँट्या भए मरिजाम
यस्तै रही रहे के हुने हो थाहा छैन
अब नेपालीले नबुझी भा छैन ।।


नेपाल सोमालिया नबनाइयोस 

"जननी जन्मभूमिश्च, स्वर्गादपी गरियसी"
हामी जहाँ सुकै रहौ जे सुकै गरौं, आफ्नो मातृभूमि सबैलाई प्यारो हुन्छ, प्यारो लाग्नु पर्छ । मैले संसारका २४/२५ देश घुम्ने क्रममा जहाँ जहाँ पुगेँ, नेपालीहरुलाई भेटे, एकादर्ुइ प्रतिशत छाडेर प्रायः राष्ट्रप्रति चिन्तित रहेको पाएँ । अमेरिका होस, स्वीजरल्याण्ड होस वा संसारको जुनसुकै आकर्ष देशमा रहेका भए पनि नेपालीलाई नेपालको माया हुन्छ । अमेरिकाको कुरा गर्दा मलाई यत्ति भन्न मन लाग्छ यदि र्स्वर्ग भन्ने छ भने अमेरिका र्स्वर्ग हो, त्यहाँको हरियाली, वातावरण, विकास त्यहाँका मान्छे हर क्षेत्रको वैज्ञानिक सिष्टम, सर-सफाई लगायत जुन कुरा हेरे पनि हाम्रा धार्मिक पुराणमा व्याख्या गरिएको र्स्वर्ग मैले त्यहाँ देख्छु तर त्यो र्स्वर्ग भन्दा पनि हामी जन्मेका नेपाल जत्तिसुकै अस्तव्यस्त भए पनि, हर क्षेत्रमा सिष्टम कोल्याप्स भए पनि, फोहोरका डङ्गुर देखि मान्छेका दिमाग पनि फोहोरका डङ्गुर भन्दा बढी देखिए पनि हामीलाई हाम्रै मातृभूमि मन पर्छ, प्यारो लाग्छ ।
बन्द र हड्ताल, स्वास्नी पोईल गए पनि चक्काजाम, दिनहुँ नानाथरीका नारा जुलुस, तोडफोड, उद्योग व्यापार टाट उल्टिएको अवस्था, अपहरण, चन्दा, हत्या, असुरक्षाको कहाली लाग्दो अवस्था दण्डहिनताले अपराधीहरु नै न्यायाधीश बन्न खोज्ने परिस्थिति, जसलाई जे मन लाग्यो त्यही गरिएको अवस्था, राजा देखि नेताहरुसम्म पर्ूण्ातया देश सञ्चालनमा असफल रहेको अवस्था, जनता निरीह बनेको र तिनै जनताका नाममा मनपरी तन्त्र, संसारमा कहीं कतै नभएको राजनीतिक हाँडी जात्रा भैरहेको दृश्य, प्रजातन्त्रका नाममा त्यसको दुरुपयोग गर्दै राष्ट्र विखण्डनको आँगनमा पुगेको अवस्था यी सबै देख्दा हामीलाई हाम्रो मातृभूमि प्रति जतिसुकै माया भए पनि अब यसलाई असफल राष्ट्र हुन, हाईटी, कङ्गो, बुरुण्डी, सियरालियोन हुँदै अन्त्यमा सोमालिया हुनबाट कसले पो बचाउन सक्छ र ! जस्तो आभाष हुन थालेको छ । राष्ट्रका हर्ताकर्ता राजा देखि नेतासम्म सबैको क्षमता हेरेपछि मलाई यस्तो आभाष हुन थालेको हो यदि मेरो बुझाई गलत छैन भने ।
एउटा तानाशाहीको अन्त्य भयो भन्दै अर्को तानाशाही लाद्दै जनताको अधिकार नेताहरु आफैले अपहरण गरिरहेका दिनहुँका दृष्य देख्दा मैले आशा राख्ने ठाउँ देखिन । असफल राष्ट्रहरुको इतिहास देखि वर्तमानसम्म अध्ययन गरें, केही असफल राष्ट्रको भ्रमण समेत गरें, वस्तुगत अवस्था बुझें, त्यसपछि त झन मलाई आफ्नो प्यारो मातृभूमि झन पछि झन असफल बन्दै गइरहेको र अझ विकराल रुप आउने लक्षणहरु मेरो मानसपटलमा झल्झल्ती आइरहन थालेका छन् । नेपाल पनि सोमालिया हुने खतरनाक दृष्य देख्न थालेको छु मैले । किनकी पहिलो कुरा अभिभावकत्व । भनिन्छ देश रहनका लागि, सफल ढङ्गले सञ्चालन हुनका लागि राम्रो अभिभावकत्व चाहिन्छ, हाम्रो देश अभिभावक विहिन छ, यी वर्तमान अभिभावकहरु असफल, स्वार्थी, देश र जनताको हित विपरीतका अभिभावक सावित भए ।
दोश्रो कुरा, धर्म । विश्वमा एउटा हिन्दु राष्ट्र थियो, त्यो पनि सकियो, हिन्दु धर्मले कसैको केही बिगार गरिदिएको थियो जस्तो मलाई लाग्दैन, केही त्यसमा कमी कमजोरी थिए भने सच्याउँदै लैजान सकिन्थ्यो अब त्यो जरैबाट उखेलियो । तेश्रो कुरा, हाम्रो नेपाली संस्कृति र परम्परा । अहिले पश्चिमा छाडा संस्कृतिले हाम्रो नेपाली संस्कृति र परम्पराको धज्जी उडाउँदै, बलात्कार गर्दै गर्दा हामी दङ्ग छौ । हरेक राष्ट्रको आफ्नै मौलिकता हुन्छ, संस्कृति र परम्परा हुन्छ अब त्यसको पनि चिरहरण भैसकेको आभाष हुन्छ ।
चौथो कुरा, वैदेशिक चलखेल र हस्तक्षेप । अहिले हेर्नोस नेपालको हर क्षेत्रमा वैदेशिक निकृष्ट चलखेल र हस्तक्षेप छ । हाम्रा राजा, प्रधानमन्त्री, मन्त्री, दलका नेता सबैको घुमाउने घुम्ने साँचो विदेशीहरुको हातमा छ । विदेशीले लेफ्ट र्राईट गराउँदा लेफ्ट राइट गर्छन हाम्रा महाशयहरु ।
पाँचौ कुरा, फोहोरी राजनीतिक खेल । अहिले सबै दलको राजनीति हेरौं, कसैलाई राष्ट्र र जनता प्रति माया भए जस्तो देखिदैन । लोकतन्त्र, प्रजातन्त्रका नाममा जनताका अधिकारहरु चिरहरण गर्दै आफुखुसी गर्ने अधिनायकवादी चरित्र भएका नेताहरु आफ्नो पार्टर्ीी, व्यक्तिगत स्वार्थ, कर्ुर्सर्ीीे खेलमा मात्र मग्न देखिन्छन ।
यी र यस्ता कुरा हर्ेदा, विश्लेषण गर्दा राष्ट्र नराम्ररी बिरामी परेको देखिन्छ । तर कुशल डाक्टर र औषधीको अहिलेसम्म मैले कुनै अत्तोपत्तो देखेको छैन । आशा शिवाय हामी गर्न के नै सक्छौं र ! आशा गरौ निस्वार्थी नेता जन्मियोस, राष्ट्र र जनताको चित्कार सुन्ने अवस्था सिर्जना होस । राष्ट्रले प्राण पाओस ।

विदेश घुम्दा देखेका नेपाली र यथार्थता
अमेरिका, बेलायत, क्यानाडा, जापान देखि संसारका 32 राष्ट्र घुम्दा म जहाँ जहाँ पुगेँ, नेपाली भेट्दा देख्दा लाग्यो नेपालको दक्ष जनशक्ति, प्रतिभा, राम्रा राम्रा व्यक्तित्व सबै देशको हालत चौपट देखेर पलायन भई विदेशिएका छन र यो क्रम अझ बढ्दो छ, गायक देखि कलाकारसम्म मात्र होइन हर क्षेत्रका प्रतिभाहरु नेपालमा भन्दा बाहिर बढी छन् । जो जहाँ भए पनि नेपालप्रति सबैको माया छ तर देश बनाउने ठेक्का लिने राजनीतिक हस्तीहरु भने सत्तामोह, व्यक्तिगत स्वार्थमा चर्ुर्लुम्म डुबेका छन्, देश दिन प्रतिदिन अरु कमजोर बन्दै गइरहेको छ ।
मैले हाइटी, कंगो र बुरुण्डी जस्ता असफल राष्ट्रहरुको भ्रमण गरेको थिएँ संयुक्त राष्ट्रसंघको निमन्त्रणा र सहयोगमा । मैले त्यहाँ भ्रमण गर्दा झल्झल्ती नेपाल देखिरहें, कतै मेरो प्यारो देश, मातृभूमी नेपाल यस्तै हुने त होइन भनेर । ती देशहरुको सबै इतिहास देखि वर्तमानसम्म अध्ययन गर्दा नेपाल पनि असफल राष्ट्रको सूचीमा पर्ने क्रममा भएको आभास भयो, स्तब्ध पनि भएँ ।
अर्को कुरा जहाँ पुगे पनि जे भए पनि जति प्रगति गरे पनि नेपालीहरुको ठूलो कमजोरी के पाएँ भने, 'एकले अर्को नेपालीको इष्र्या डाहा गर्ने, चरित्र हत्या गर्ने, खुट्टा तान्ने, असफल बनाउन लाग्ने, सकारात्मक आँखाले कहिल्यै नहर्ेर्ने ।' "जातै जमदार" भन्या जस्तो नेपालीहरुको यो महारोगको निवारण कहिले कसरी हुने हो म घोत्लिईरहन्छु ।

राजा ज्ञानेन्द्र देखि अमेरिकी राष्ट्रपति बुस सम्मलाई भेट्दा 

नेपालको गुल्मी जिल्लाको धरंमपानी मैनडाँडा जस्तो एउटा विकट गाउँमा जन्मेको म र्सवसाधारणको छोरो नेपालका राजा ज्ञानेन्द्र देखि अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुस, पर्ूव राष्ट्रपति विल क्लिन्टनसम्म पुग्न, भेट्न, कुराकानी गर्न पाउनु पक्कै पनि मेरो लागि सबै भन्दा गौरबको कुरा हो ।
बारम्बारका विदेश भ्रमणका क्रममा सफल राष्ट्रका राजनेता देखि असफल राष्ट्र हाईटी, कङ्गो, बुरुण्डीसम्म पुगेर त्यहाँको वस्तुस्थिती बुझ्न पाउनु, त्यसैमा पनि ग्लष्तभम ल्बतष्यल -संयुक्त राष्ट्रसंघ) का कार्यक्रममा भाग लिन पाउनु पक्कै पनि अविस्मरणीय क्षण हुन । त्यस कारण म आफुलाई अलिकति भाग्यमानी ठान्छु । यसबाहेक मैले नेपालको राष्ट्रिय कलाकार एवं पत्रकारका हैसियतले नेपालको प्रतिनिधित्व गरेर विदेशमा पनि आफ्नो जिम्मेवारी निभाएँ ।

गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्टदेखि
वर्षपुरुष सम्मान सम्म ग्रहण गर्दा

लोकगीत, दोहोरीगीत र समग्रमा गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान दिए वापत नेपालको सबैभन्दा ठूलो र राष्ट्र प्रमुखले दिने पुरस्कार "प्रवल गोरखा दक्षिण बाहु" बाट, यसैगरी पत्रकारिताका क्षेत्रमा दर्ुइ दशकसम्म उल्लेखनीय योगदान पुर्‍याए वापत "प्रख्यात त्रिशक्तिपट्ट" नामक नेपालको राष्ट्रिय पुरस्कार राष्ट्रप्रमुख -राजा) बाटै प्राप्त गर्ने अवसर पाएँ ।
त्यसैगरी पत्रकारिता, कलाकारिता, गीत संगीत र विशेष गरि लोकगीत र दोहोरी गीतको क्षेत्रमा विश्वलाई नै उदाहरण हुने गरि योगदान पुर्‍याएको भन्दै अमेरिका स्थित ब्द्यक्ष् नामक संस्ारका ७५ देशमा सञ्जाल भएको अन्तर्रर्ााट्रय संस्थाबाट Men of the Year 2004 -वर्षपुरुष-2004) नामक अन्तर्रर्ााट्रय पुरस्कार एवं सम्मान पाएँ । उक्त संस्थाले द्दण्ण्द्ध मा संसार भरबाट विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुको सूचिमा नेपालका तर्फाट मलाई छानी WHO IS WHO PROFESSIONAL ग्रन्थमा मेरो विस्तृत विवरण प्रकाशन गरिदिनु, उक्त ग्रन्थ विश्वभरका पुस्तकालयमा राखिनु मेरा लागि अझ खुसी र हौसलाका कुरा हुन । यस बाहेक नेपालको राष्ट्रिय स्तरका कैयौं पुरस्कार र सम्मानबाट पनि सम्मानित, पुरस्कृत हुँदा खुसी नहुने कुरै भएन ।

प्रतिभा भएर पनि नचिन्ने नेपाल र कदर गर्ने अमेरिकालाई हर्ेदा: 
नेपालमा कलाकार, पत्रकार वा जुनसुकै क्षेत्रका प्रतिभाको उचित कदर र सम्मान हुँदैन त्यो सबलाई थाहा छ । तर अमेरिकाले जुनसुकै क्षेत्रका प्रतिभाको कदर गरेको देखेर म दङ्ग परें । संसारकै नं. १ र शक्तिशाली अमेरिकाको ग्रीन कार्ड पाउन कसले के पो कसर बाँकी राख्लान र ! पछिल्लो पटक म आफु अमेरिका पुगेर ग्रीनकार्डका लागि निवेदन दिएँ । १० वटा मापदण्ड मध्ये कुनै ३ पुरा गर्ने जुनसुकै देशको, जुन सुकै क्षेत्रको अन्तराष्ट्रिय स्तरको व्यक्तिलाई प्रदान गरिने Extraordinary ability EB-1 अन्तरगतको विशेष ग्रीन कार्ड Permanent Resident card मलाई अमेरिकाले दिन राजी भयो त्यो पनि स-परिवार । १० वटा मध्ये जम्मा ३ वटा मापदण्ड पुरा गर्नु पर्नेमा १० वटा पुरै शर्त पुरा भएछन मेरो हकमा । नेपालका सरकारहरुको वेवास्ता भोगेको म अमेरिकी विश्वास, प्रतिभा चिन्ने क्षमता र अमेरिकी आइडियाको प्रशंसक भएको छु । हाम्रा नेपाली शासकहरुले यसरी प्रतिभा चिन्ने, कदर गर्ने कार्य अमेरिकाबाट अलिकति पनि सिके कति उत्तम हुन्थ्यो होला हगी !

अमेरिकी ग्रीन कार्ड प्राप्त भए पछिको क्षण 

अमेरिका जस्तो विश्वको एक नम्बरमा पर्ने देशले गरीब देशमा जन्मिएको, सानो र अभावै अभावले खड्किएको देश नेपालमा जन्मिएको म जस्तो एउटा कलाकार/पत्रकारलाई उचो मूल्यांकन गरेर Extraordinary ability EB-1 अर्थात संसारका अतिरिक्त प्रतिभावान/क्षमतावान व्यक्तिको दर्जामा राखेर यसरी स-सम्मान, सपरिवार ग्रीन कार्ड Permanent Resident card दिनु एकातिर असाध्यै मेरा लागि खुसी र गौरवको कुरा हो भने अर्को पाटोबाट हर्ेदा मेरो सुन्दर, र्स्वर्गरुपी देशबाट म अलग बसेर कार्य गर्नुपर्ने भयो, म जस्ता केही खुबी हुने, गरिखान सक्नेहरु यसरी विदेशतिर आकर्षा हुनु पर्ने अवस्था आयो भने पछि मेरो मातृभूमिको यथार्थता के रहेछ - कस्तो देश कस्तो भएछ - यसै गरेर क्षमता भएका व्यक्तिहरु विदेशतिर बस्न थाले भने देश कतातिर जाला - यी र यस्ता प्रश्न र तिनका संभावित उत्तरहरुले म दुखी पनि छु ।
अमेरिकी डि.भी. चिठ्ठा परेर जाने दाजु भाई दिदी बहिनीहरु मात्र सजिलोसँग त्यहाँ पुग्छन, तर अरु मापदण्ड पूरा गरेर अमेरिकी ग्रीनकार्ड पाउनु त्यहाँ निकै अप्ठ्यारो छ, मान्छेहरु ग्रीनकार्ड प्राप्त गर्नका लागि आमाबाबु, श्रीमती, श्रीमान, छोरा छोरी सबथोक त्योगर १५/२० वर्षदेखि लाखौं लाख खर्चेर लागि परिरहेका देखिन्छन तर सफल कम मात्रै हुन्छन् ।
त्यसमा पनि मैले ग्रीनकार्ड प्राप्त गरेको दर्जा अर्न्तर्गत ग्रीनकार्ड पाउने नेपालीहरु त अत्यन्त नगण्य औलामा गन्न सकिने मात्र छन् । मलाई जानकारी भएसम्म, मैले पाएको जानकारी सूचना गलत छैन भने लोक गायक प्रेमराजा महत पहिलो नेपाली कलाकार हुन, जसले भ्द्य-ज्ञ अर्न्तर्गत ग्रीन कार्ड प्राप्त गरे । त्यसपछि नायक सरोज खनाल, नायिकाहरु करिश्मा मानन्धर, पूजा चन्द, कृष्टि मैनाली, सारङ्गा श्रेष्ठ हुँदै म आफु सम्म छु । मलाई प्राप्त जानकारी अनुसार हालसम्म हामी कलाकारहरु/गायक/गायिका गरेर १७ जनाले यो उच्च दर्जामा ग्रीन कार्ड प्राप्त गरेका छौ र अझ केही कलाकारहरु प्रोसेसमा छन् ।
देश शान्त हुन्छ भने, देशमा सुरक्षा हुन्छ भने, केही गरेर खाने पौरखी हातहरु बाँधिदैनन् भने, हत्या, आतंक, अपहरण, चन्दा, लुटपाटको अन्त्य हुन्छ भने म मात्रै होइन । मेरा सहकर्मी सबै कलाकार होउन वा पत्रकार जो केाही पनि नेपाल फर्किने मनस्थितीमा रहेको मैले बुझेको छु तर देश झन पछि झन अस्थिर हुँदै गइरहेको अवस्थामा विकल्प खोज्नै पर्नेरहेछ, यो बाध्यता हो जस्तो लाग्छ मलाई । म त दोहोर्‍याएरै भन्छु- देशको तरल राजनीतिक अवस्था स्थिर होस, अपराधीहरुको राज नहोस, म तुरुन्त देश फर्किन र देशमा केही गर्न आत्तुर छु ।

सत्तामा रहेका र पुग्नेहरु सँग 

जो सत्तामा छन, वा भोलि पुग्छन सबैसँग मेरो आग्रह छ नेपाल रहेन भने हामी नेपाली रहने छैनौं, राष्ट्र र राष्ट्रियताले सबैलाई छुवोस, पृथ्वीनारायण शाहले एकिकरण गरेको सानो भए पनि नेपालको जुन नक्सा छ यो नक्सा अब फेरि कहिल्यै नमेटिओस, बाइसे चौबिसे राज्यतर्फफेरि मुलुक नफर्कियोस, नेपालको झण्डा र पासपोर्ट बोकेर विश्व भर चिनिन, जान, राष्ट्रको प्रतिनिधित्व गर्न पाइरहियोस, यसका लागि सबैको चेतना जागृत होस